Friday 18 Bhadra, 2072 |
Menu

राजनीति

republica-header

ist-cc

अफगानिस्तानका राष्ट्रपतिले नेपालीको २० वर्ष कैद सजाय माफी दिए

(0 votes)

काठमाडौं — अफगानिस्तानी अदालतले एक नेपालीविरुद्ध सुनाएको २० वर्ष कैद सजायलाई त्यहाँका राष्ट्रपति हमिद करजाईंले माफी गरिदिएका छन्। राष्ट्रपति करजाईंले सजाय माफी दिएपछि बन्दिपुर-१ तनहूँका तिलकबहादुर थापा मगर कारागार मुक्त भएका छन्।

मानवीय आधारमा थापाको सजाय माफीका लागि तत्कालन प्रधानमन्त्री बाबुराम भट्टराईले अफगान राष्ट्रपतिलाई औपचारिक पत्र लेखी आग्रह गरेका थिए। ४ मेइ २०१३ मा पाकिस्तानस्थि नेपाली राजदूतले राष्ट्रपति करजाईंलाई भेटगरी थापालाई क्षमादा दिन आग्रह गर्दै भट्टराईको पत्र बुझाएका थिए।

'नेपाल सरकार प्रमुख तहबाट भएको अनुरोध र यस नियोगको निरन्तर पहल तथा कुटनीतिक पहलपछि श्री थापा मगरलाई बाँकी कैद माफी मिनाहा गरी कैदमुक्त गर्न सफलता प्राप्त भएको हो', पाकिस्तान स्थित नेपाली दूताबासले विज्ञप्ति जारी गर्दै भनेको छ।

प्रतिक्रिया

थारु आन्दोलनकारीले शुक्रबारदेखि नगरबस चल्ने दिने

कोहलपुर– चाडपर्व मध्यनजर गर्दै थारुहट संयुक्त संघर्ष समितिले बाँकेमा नगर गाडी सञ्चालन गर्न दिने प्रतिबद्धता जनाएको छ ।

मेडिकल कलेजका मुद्दामा आर्थिक चलखेलकाे विषयमा छानविन गर्न वारकाे माग

काठमाडौं–नेपाल वार एशोसियसनले मेडिकल कलेजका मुद्दामा आर्थिक चलखेल भइरहेको भनी सञ्चार माध्यममा आइरहेको समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ।

कैलालीमा मारिएका प्रहरीका परिवारलाई १० लाख

काठमाडौं–कैलालीको टिकापुरमा प्रर्दशनकारीबाट मारिएका ६ जना कर्मचारीलाई नेपाल प्रहरीले १० लाखको दरले राहत दिने निर्णय गरेको छ। प्रहरीको नीति समन्वय समितिको बैठकको सिफारिसको आधारमा प्रहरी कल्याण कोषले राहत रकमबारे निर्णय...

एमाओवादीका मधेसी नेताको कार्यक्रममा मधेसी युवाकाे अवराेध

महोत्तरी–एमाओवादीको भातृ संगठन राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी)को मधेसी जनआन्दोलन परिचालन समितिले जलेश्वरमा आयोजना गरेको कोणसभा स्थानीय मधेसी युवाले विथोलेका छन्।

दंगाग्रस्त क्षेत्र खारेजीको माग गर्दै प्रर्दशन गर्दा चार पक्राउ

रौतहट–स्थानीय प्रशासनले घोषणा गरेको दंगाग्रस्त क्षेत्र खारेजीको माग गर्दै निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा एकीकृत नेकपा माओवादीको भातृ संगठन मधेसी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीका चारजना कार्यकर्ता पक्राउ परेका छन्।

तराईका न्यायाधीश काठमाडौं विस्थापित

काठमाडौं— नयाँ संविधान र सिमांकनको विरोधमा भइरहेको आन्दोलनमा न्याय सम्पादन गर्न नसक्ने निष्कर्ष सहित तराई मधेशका जिल्लामा कार्यरत न्यायाधीशहरुले सर्वोच्च अदालतमा निवेदन दिने थालेका छन्।

संसदीय छानविन समिति गठन गर्न माग

कठमाडौं–राप्रपा नेपालले मेडिकल शिक्षामा माफियातन्त्रको छानविन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ।

सप्तरीमा प्रदर्शन उग्र, शिक्षा र भू–संरक्षणमा आगजनी

राजविराज–बन्दकर्ताहरुको एक समुहले बिहीबार सप्तरीका दुई कार्यालयमा आगजनी गरेका छन्। सदरमुकाम राजविराजस्थित जिल्ला शिक्षा कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयमा बन्दकर्ताहरुले आगजनी गरेका हुन्।