Sunday 17 Falgun, 2071 |
Menu

राजनीति

HUB

सिरियामा सेनानी पाँच घन्टा बन्धक

  • बिहीबार २ जेष्ठ, २०७०
  • सुरेन्द्र पौडेल
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - संयुक्त राष्ट्रसंघ (युएन)को शान्ति मिसनमा खटिएका नेपाली सेनाका सेनानी उज्ज्वल केसीलाई सिरियाको सरकारविरोधी एक समूहले पाँच घन्टा बन्धक बनाई मुक्त गरेको छ। केसीसँगै फिनल्यान्ड र न्युजिल्यान्डका एक/एक जना सैनिक अधिकृतलाई सिरियाको सरकारविरोधी 'फ्रि सिरियन आर्मी' नामक एक समूहले बुधबार एकसाथ बन्धक बनाएको थियो।
सेनानी केसीलाई बुधबार फ्रि सिरियन आर्मी समूहले बन्धक बनाई मुक्त गरेको नेपाली सेनाले पुष्टि गरेको छ। मुक्त भएका तीनै देशका सेना अहिले सुरक्षित स्थानमा रहेको सेनाले जनाएको छ। 
'नेपाली सेनाका सेनानी उज्ज्वल केसी लगायत तीन जना राष्ट्रसंघका पर्यवेक्षकलाई सिरियाली विद्रोही समूहले बन्धक बनाई मुक्त गरेको राष्ट्रसंघले जानकारी गराएको छ,' नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी सुरेश शर्माले भने, 'करिब पाँच घन्टा बन्धक बनाएपछि उनीहरुलाई मुक्त गरिएको सूचना हामीले पाएका छौं।' 
इजरेलको जेरुसेलममा मुख्यालय रहेको संयुक्त राष्ट्रसंघ युद्धविराम पर्यवेक्षण संगठन (युएनटिएसओ)मा पर्यवेक्षकका रुपमा रहेका सेनानी केसीलगायत तीन जनालाई बुधबार बिहान अपहरण गरी बन्धक बनाइएको थियो। 
प्रवक्ता शर्माका अनुसार इजरेल–सिरिया बोर्डर 'गोलान हाइट' स्थित पोस्टमा सुतिरहेका बेला उनीहरुलाई अपहरण गरिएको थियो। स्थानीय समयअनुसार बिहान २ बजे आफूहरुलाई फ्रि सिरियन आर्मी समूहको सेना बताउँदै केही व्यक्ति पोस्टमा छिरेका थिए। 
सिरिया सरकारविरोधी उक्त समूहले सेनानी केसीसहित तीन जनालाई अपहरण गरी पोस्टबाट करिब एक घन्टा पर लगेका थिए। उनीहरुले त्यहीँ करिब पाँच घन्टा बन्धक बनाएर राखेको शर्माले बताए। स्थानीय समयअनुसार बिहान साढे ६ बजेतिर मात्र उनीहरुलाई मुक्त गरिएको थियो। 
'मुक्त भएका सेनानी केसीसहित तीनै देशका सेना अहिले सुरक्षित स्थानमा पुगी आफ्नो जिम्मेवारी सम्हालिसकेको खबर पाएका छौं,' प्रवक्ता शर्माले भने। 
बन्धक बनाइएका तीनै देशका सेनाको साथमा रहेको ल्यापटप, राहदानी, क्यामरा, मोबाइल, घडीलगायत सम्पूर्ण व्यक्तिगत तथा संगठनका सामग्री फ्रि सिरियन आर्मी समूहले लुटेको थियो। राष्ट्रसंघको पर्यवेक्षक टोलीले हतियार लिएर अनुगमनमा निस्कन पाउँदैन।
इजरेल–सिरिया बोर्डरमा राष्ट्रसंघीय पर्यवेक्षक टोलीलाई अपहरणपछि बन्धक बनाइएको एकै सातामा यो दोस्रो घटना हो। आइतबार मात्र इजरेल–सिरिया बोर्डरमा चार जना राष्ट्रसंघका पर्यवेक्षकलाई बन्धक बनाई लुटिएको थियो। 
सन् १९४८ मा जेरुसेलममा स्थापना गरिएको संयुक्त राष्ट्रसंघ युद्ध वराम पर्यवेक्षण संगठन युएनको पहिलो मिसन हो। सुरुमा इजरेल–प्यालेस्टाइन युद्धविरामको अनुगमन गर्ने मात्र जिम्मेवारी संगठनले पाए पनि सन् १९४९ मा थप अरबका चार देश इजिप्ट, जोर्डन, लेबनन र सिरियाको अनुगमन गर्ने जिम्मा राष्ट्रसंघले दिएको थियो। 
जेरुसेलम मुख्यालय भएको संयुक्त राष्ट्रसंघ युद्धविराम पर्यवेक्षण संगठनमा अहिले अर्जेन्टिना, अस्ट्रेलिया, बेल्जियम, क्यानडा, चिली, चीन, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, आयरल्यान्ड, इटाली, माल्वी, नेपाल, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, नर्वे, रुस, सर्बिया, स्लोभाकिया, स्लोभेनिया, स्विडेन, स्जिट्जरल्यान्ड र अमेरिका गरी २४ देशका एक सय ५२ सैनिक पर्यवेक्षक छन्। नेपालका जम्मा तीन सैनिक पर्यवेक्षक त्यहाँ खटिएका छन्।
काठमाडौंमा 'धोती र्‍याली'

काठमाडौंमा 'धोती र्‍याली'

काठमाडौं— तीस दलीय विपक्षी मोर्चाले शनिबार राजधानीमा प्रदर्शन गरेको विरोध जुलुसमा सेतो धोती लगाएको एक हुल समूह देखियो। धेरैले उनीहरुलाई टक्क अडिएरै हेरे। मधेसबाट खुलामञ्चमको सभामा सहभागी हुन आएका उनीहरुले...

निषेधित क्षेत्र तोड्दा वानेश्वर घटना: गृह

काठमाडौं–सरकारले पटक पटक सम्झाउँदा पनि आन्दोलनकारीले नमानेका कारण अश्रुग्याँस प्रहार गर्नुपरेको जनाएको छ। गृहमन्त्रालयले शनिबार विज्ञप्ती जारी गरी ३० दलीय गठबन्धनले काठमाडौमा आयोजना गरेको विरोध कार्यक्रममा आन्दोकारीले निषेधित क्षेत्रमा प्रवेश...

लाठा मुंग्रा बोकेर संविधान आउँदैन: सिटौला

गुल्मी-नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले लाठा मुंग्रा बोक्दैमा संविधान नआउने बताएका छन्। उनले एकीकृत माओवादी लगायतका दललाई छलफलमा आउन आग्रह गरे। नेपाल शिक्षक संघको पश्चिमाञ्चल भेलाको घोषणा सभालाई शनिबार...

कांग्रेस र एमाले एउटै पार्टी: अध्यक्ष दाहाल

कांग्रेस र एमाले एउटै पार्टी: अध्यक्ष दाहाल

काठमाडौं- एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेलाई कांग्रेसमा विलिन हुन सुझाव दिएका छन्। ३० दलीय मोर्चाले खुलामञ्चमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै दाहालले कांग्रेस–एमाले दुईवटा पार्टी नभइ एउटै भएको...

वहुमतको दम्भ देखाए पञ्चको हालत: उपेन्द्र यादव

काठमाडौं-मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनभावनाको कदर गर्न नसक्दा विगतका संविधानको अस्तित्व सकिएको बताएका छन्। उनले अव बन्ने संविधानले त्यो गर्न नसके संविधान कागजको खोस्टा मात्र हुने टिप्पणी...

सत्ता पक्षलाई संख्याको घमण्ड नगर्न भट्टराईको चेतावनी

काठमडौं–एमाओवादी नेताका वरिष्ठ नेता बाबुराम भट्टराईले हात्ती दुब्लाए पनि हात्ती हात्ती नै हुने टिप्पणी गरेका छन्। एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले राजधानीमा आयोजना गरेको विरोधसभालाई सम्धोन गर्दै भट्टराईले आफूहरु हात्ती...

मोर्चाको आन्दोलनमा जनाधार छैन : मन्त्री साउद

नेपालगन्ज-सिँचाइमन्त्री नारायणप्रसादसाउदले ‘संविधान निर्माणमा बाधा पुर्याउने’ ३० दलीय मोर्चाको आन्दोलनमाजनाधार नभएको बताएका छन ।  नेपाल प्रेस युनियन बाँकेद्वारा शनिबार आयोजितपत्रकार भेटघाट कार्यक्रममा उनले भने, “एमाओवादीले नेतृत्व गरेको ३०दलीय मोर्चा...

बानेश्वरमा आन्दोलनकारी र प्रहरीबीच झडप

बानेश्वरमा आन्दोलनकारी र प्रहरीबीच झडप

काठमाडौं–एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेतृत्वको गरेको जुलुसले बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि तवान उत्पन्न भएको छ। तीनकुनेबाट श्रेष्ठले नेतृत्वको गरेको जुलुसले बानेश्वरमा आएपछि निषेधित क्षेत्र तोड्न खोजेको थियो। प्रहरीले निषेधित...