Wednesday 10 Baishak, 2071 |
Menu

राजनीति

७० जना पूर्व लडाकूलाई उपसेनानीको दर्ज्यानी (साथमा फोटो फिचर)

(0 votes)
७० जना पूर्व लडाकूलाई उपसेनानीको दर्ज्यानी (साथमा फोटो फिचर)
भक्तपुर— समायोजन रोजेका माओवादीका ७० पूर्व लडाकूलाई नेपाली सेनाको उपसेनानी दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। ९ महिना अधिकृत तहको तालिम पूरा गरेपछि उनीहरुलाई उपसेनानी दर्ज्यानी दिइएको हो।

सोमबार भक्तपुर खरिपाटी स्थित सैनिक प्रतिष्ठानमा आयोजित एक समारोहमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र प्रधानसेनापति गौरवसम्शेर जबराले उनीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिए।

अधिकृतको आधारभूत तालिम सकेपछि उपसेनानी भन्दा माथि महासेनानीसम्मको दर्जा पाएका पूर्व लडाकूहरुले ६ हप्ताको तालिम पूरा गर्नुपर्नेछत्यसपछि उनीहरुलाई आ-आफ्नो जिम्मेवारी सम्हाल्ने नेपाली सेनाले जनाएको छ। यसअघि १३ सय जना पूर्व लडाकूले पदिक तथा अन्य दर्जाको तालिम पूरा गरेका थिए। संयुक्त राष्ट्रसंघिय मिसनले प्रमाणित गरेका करिब १९ हजार पूर्व लडाकूमध्ये समायोजन रोजेर छनौट परिक्षा उर्तिण गरी करिव १५ सय जना सेनामा भर्ना भएका छन्।

सबै तस्बिरहरु : सुरेन्द्र पौडेल

प्रहरीमा नयाँ नियमावली,अधिकार बढाए गृहमन्त्रीले

काठमाडौं-नेपाल प्रहरीसम्बन्धी नयाँ नियमावलीले डिआइजी सरुवाको अधिकार मन्त्रिपरिषदबाट गृहमन्त्रीमा सारेको छ। सोमबार पारित ‘नेपाल प्रहरीको नियमावली– २०७१' ले मन्त्रिपरिषदमा रहेको डिआइजी सरुवाको अधिकार मन्त्रीमा तानेको हो।

विधेयक दर्ता नभए संसद अधिवेशन अन्त्य

काठमाडौं-सरकारले दुई दिनभित्र कुनै विधेयक संसदमा दर्ता नगरे अधिवेशन अन्त्य हुने भएको छ। संसद सचिवालय स्रोतअनुसार कुनै विधेयक दर्ता नभए बेपत्ता भएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग व्यवस्था गर्न...

सभासदलाई ६० करोड बाँड्ने तयारी

काठमाडौं-सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रम (संसद विकास कोष) का नाममा संविधानसभा सदस्यलाई राज्यकोषको झन्डै ६० करोड रुपैयाँ बाँड्ने तयारी गरेको छ।

उपनिर्वाचनमा विद्युतीय मतदान

चितवन– जिल्ला निर्वाचन कार्यालयले आसन्न संविधानसभा उपनिर्वाचनमा विद्युतीय मेसिनबाट मतदान गराउनका लागि तयारी गरिरहेको छ।

स्थानीय तहमा ५० प्रतिशत महिला सहभागितामा जोड

काठमाडौं– स्थानीय निर्वाचनमा महिलाको ५० प्रतिशत सिट सुनिश्चित गर्न सरोकारवाला निकाय प्रतिबद्ध हुनुपर्नेमा महिला आयोगले जोड दिएको छ।

सर्वोच्चमा आठ स्थायी न्यायाधीश सिफारिस

काठमाडौं-न्यायपरिषदले सर्वोच्च अदालतको स्थायी न्यायाधीश पदमा नियुक्तिका लागि आठजनाको नाम सिफारिस गरेको छ। सिफारिस भएकामा सर्वोच्चको अस्थायी न्यायाधीशबाट अवकाश पाएका र पुनरावेदन अदालतका मुख्य न्यायाधीश छन्।

बहुमतका नाममा तानशाहा: विदुक्छे

भक्तपुर-नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विदुक्छेले ठूला दलहरुले बहुमतको नाममा तानशाहा लाद्न खोजेको बताएका छन्। ‘न्यालयदेखि प्रहरी प्रशासनसम्म भागवण्डामा अल्झिनु दुर्भाग्यपूर्ण हो,’ उनले भने।

पत्‍नीसहित दाहाल नमोबुद्ध रिसोर्टमा

काभ्रेपलाञ्चोक- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पत्‍नी सीतासहित काभ्रेपलाञ्चोकको नमोबुद्ध रिसोर्ट पुगेका छन्। पार्टीको राष्ट्रिय सम्मेलनका लागि राजनीतिक दस्तावेज लेख्‍न भन्दै अध्यक्ष दाहाल नमोबुद्धको कानोडाँडामा अवस्थित रिसोर्टमा पुगेका हुन्। पार्टीका अन्य...

Our website is protected by DMC Firewall!