Tuesday 31 Bhadra, 2071 |
Menu

राजनीति

यसै साता राजदूत नियुक्त गर्ने सरकारको तयारी

  • आइतबार ३० असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं— सरकारले विभिन्न मुलुकमा रिक्त दूतावासमा राजदूत नियुक्तिलाई शीघ्र अघि बढाउने तयारी गरेको छ। राजदूत नियुक्त गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनबहादुर थापाको संयोजकत्वमा गठित कार्यदलले प्रारम्भिक मस्यौदा सरकारसमक्ष प्रस्तुत गरिसकेको छ भने त्यसलाई चाँडै अनुमोदन गरेर नयाँ नियुक्ति गरिने भएको छ।
वर्णानुक्रमअनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) महासचिवमा नेपालको पालो आएकाले आगामी फागुन १६ गतेपछि महासचिवको कार्यभार नेपालले नै सम्हाल्नु पर्नेछ। रिक्त हुने उक्त पदमा छ महिना अगावै नियुक्ति गर्नुपर्ने अन्तर्राष्ट्रिय प्रचलन छ।

संयुक्त राष्ट्रसङ्घका लागि न्यूयोर्कस्थित नियोग एक वर्षदेखि स्थायी प्रतिनिधिविहीन भएको छ भने झण्डै तीनवर्ष यता भारतका लागि नेपाली राजदूत नियुक्त गर्न सरकारले सकेको छैन। नयाँदिल्लीमा राजदूत नहुँदा सबैभन्दा बढी कठिनाइ त्यहाँ कार्यरत लाखौँ नेपालीले झेल्नुपरेको छ भने सबैभन्दा नजिकको छिमेकीसँगको सम्बन्धले अपेक्षित नयाँ उचाइ लिन सकेको छैन।

थाइल्यान्ड, इजिप्ट, मलेसिया र जर्मनीमा पनि नयाँ राजदूत पठाउनुपर्ने भएको छ। लामो समयदेखि ती दूतावासमा पनि राजदूत छैनन्। केही महिनापछि श्रीलङ्का पनि नेपाली राजदूतविहीन हुँदैछ। मुलुकको राष्ट्रिय हित प्रवद्र्धनमा हरपल जुट्नुपर्ने राजदूतावासले राजदूतविहीन अवस्थामा कसरी कार्यसम्पादन गर्नसक्छ भन्ने राससको जिज्ञासामा परराष्ट्र मन्त्रालयका प्रवक्तासमेत रहेका थापा सरकारले चाँडै निर्णय गर्ने बताउँछन्।

र्को सातादेखि निर्वाचन आचारसंहिता आकर्षित हुने जिज्ञासामा निर्वाचन आयोगको सहमतिमा राजदूत नियुक्ति गर्न सकिने तर्क उनको छ। 'निर्वाचन आचारसंहिता लागू हुनु अगावै पनि नियुक्ति हुनसक्छ' — उनले भने। सरकारले परराष्ट्र सेवाका ५० प्रतिशत र बाँकी राजनीतिक दलहरूको सिफारिसमा राजदूत नियुक्त गर्दै आएको छ । सहसचिव थापा कार्यदलले ७० प्रतिशत राजदूत परराष्ट्र सेवाका कर्मचारीबाट हुनुपर्ने सिफारिस गरेको कार्यदलका एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा बताए।

दक्षिण एसियाली मुलुक बङ्गलादेशले पनि ७० प्रतिशत राजदूत परराष्ट्र सेवाका कर्मचारीबाटै नियुक्त गर्दै आएको दृष्टान्त प्रस्तुत गर्दै उनले नेपालमा पनि त्यस्तो अभ्यास हुनुपर्नेमा जोड दिए।

राप्रपा नेपालले राजनीतिक सम्मेलन बहिस्कार गर्ने

काठमाडौं— पहिलो संविधानसभामा सहमति नजुटेका विषयमा समेत छलफल गर्ने कार्यविधि तोकिएको सर्वदलीय राजनीतिक सम्मेलनलाई राप्रपा नेपालले बहिस्कार गर्ने भएको छ। भोलि मंगलबार हुने भनिएको सम्मेलन असंवैधानिक भन्दै संविधान सभाको चौथो...

पूर्व अध्यक्ष रेग्मी सिओल प्रस्थान

काठमाडौं—मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी हेभेन्ली कल्चर, वल्र्ड पिस, रिस्टोरेसन अफ लाइट र इन्स्टिच्युट अफ कल्चरल डिप्लोम्यासीको संयुक्त आयोजना अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारसम्बन्धी सम्मेलनमा भाग लिन गएराति दक्षिण कोरियाको...

कांग्रेसको कार्यकाल एक वर्ष थप, देउवा पक्ष असन्तुष्ट (अपडेट)

काठमाडौं—नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति सहित सबै निकायको कार्यकाल एक वर्षका लागि थपिएको छ। केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार एक वर्ष कार्यकाल थपेको हो।

कांग्रेस केन्द्रीय कार्यालयमा नेवि संघको धर्ना

काठमाडौं- नेपाल विद्यार्थी संघका कार्यकर्ताले महाधिवेशनको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। संगठनमा टिके प्रथा अन्त्य हुनु पर्ने, लोकतान्त्रीक पद्दती अपनाइनु पर्ने लगायतका माग राख्दै धर्ना दिएको नेवि...

एमाओवादीले पार्टीको झण्डा तीन दिन झुकाउने

काठमाडौं-एमाओवादी केन्द्रीय समितिको आकस्मिक बैठकले उपाध्यक्ष पोष्टबहादुर बोगटीको शोकमा तीन दिन सम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। पार्टी मुख्यालय पेरिस डाँडामा वसेको बैठकले असोज ५ गते सबै जिल्लामा...

संसद र संविधानसभा बैठक स्थगित

काठमाडौं- आजको संसद र संविधानसभा बैठक स्थगित भएको छ। एमाओवादी उपाध्यक्ष पोष्टवहादुर वोगटीको निधनका कारण बैठक स्थगित भएको हो।

बोगटीको निधनले राष्ट्रलाई अपुरणीय क्षति: प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री सुशील कोइराला आज(सोमबार) बिहान एनेकपा माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगी एकीकृत माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको परिवारजन र एनेकपा माओवादीका नेताहरुलाई समवेदना व्यक्त गरेका छन्।

नेविसंघका तीन पूर्व अध्यक्षसहित कांग्रेसमा ६ केन्द्रीय सदस्य मनोनित

काठमाडौँ– नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आइतबार मध्यरातमा ६ केन्द्रीय सदस्य मनोनित गरेका छन् । कार्यकाल एक वर्ष थप्न सोमबार बिहान ११ बजे केन्द्रीय समिति बैठक बस्ने तय भइसकेका बेला,...