6 Mangshir, 2071 |
Menu

राजनीति

विशिष्ट तथा उच्चपदस्थ व्यक्तिले आवास सुविधा पाउने

  • बिहीबार २ जेष्ठ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
mynepal
(0 votes)
काठमाडौं- राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत संवैधानिक निकायका अन्य विशिष्ट तथा उच्चपदस्थ व्यक्तिले आफ्नो पदावधि सकिएपछि पनि आवासको सुविधा पाउने भएका छन्। 


सहरी विकास मन्त्रालयले एकल तथा संयुक्त आवास भवनहरु खुला प्रतिस्पर्धाका आधारमा निर्माण गर्नका लागि बोलपत्र गर्ने अन्तिम तयारी गरिरहेको छ। आवास सुविधासम्बन्धी मापदण्डअनुरुप  पूर्व विशिष्ट उच्चपदस्थ व्यक्तिहरुले २०७० सालको अन्त्यसम्ममा सरकारी आवासमा बस्न पाउनेछन्। मन्त्रिपरिषद्को गत माघ २९ गतेको बैठकले आवास सुविधासम्बन्धी मापदण्ड पारित गरेको थियो। सो मापदण्डमा आवास सुविधा पाउने विशिष्ट पदाधिकारीसम्बन्धी व्यवस्था गरिएको छ। 

मन्त्रालयले हाल सुविधा पाइरहेका विशिष्ट पदाधिकारीको आवासको अवस्थाका बारेमा पनि अध्ययन गरिरहेको छ। मन्त्रालयको सभाकक्षमा मन्त्रालय स्थापना भएको एक वर्ष पुग्न लागेको अवसरमा मन्त्रालयले तय गरेको १५ वर्षे सोचपत्रलाई सार्वजनिक गर्न आज यहाँ आयोजित कार्यक्रममा मन्त्रालयले पहिलो चरणमा एकल २५ र संयुक्त २५ आवासको व्यवस्था गर्न लागेको जानकारी दिइयो। 

मन्त्रालयका सचिव किशोर थापाले भन्नुभयो, “काठमाडौँमा उपलब्ध आवास निर्माण गरिने क्षेत्रहरुको अवस्था निरीक्षण भइरहेको छछनोट भएपछि टेन्डरमार्फत प्रक्रिया अगाडि बढ्नेछ।

वि.स. २०६९ जेठ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सहरी विकास मन्त्रालय गठन गरेको थियो। पूर्वाधार तथा सुविधायुक्तव्यवस्थितसफासुन्दर तथा बस्तीहरु” भन्ने मुल नारामा केन्द्रि्रत रही मन्त्रालयले सो दीर्घकालीन सोच सार्वजनिक गरेको हो। 

सोचपत्रमा सबै नागरिकलाई सुरक्षित तथा किफायती आवास व्यवस्था गर्नेसुरक्षितसुविधायुक्त र आकर्षक भवनहरु निर्माण गर्ने र गराउनेसहरी क्षेत्रमा फोहरमैलाको समुचित व्यवस्थापन गर्नेसबै नागरिकलाई पर्याप्त पानी नियमितरुपमा आपूर्ति गर्ने रहेको छ। 

जनकपुरमा सुरक्षा तयारी तीव्र

जनकपुर- सार्क सम्मेलनका लागि नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यही क्रममा गर्ने भनिएको जनकपुर भ्रमणका लागि सुरक्षाव्यवस्था मिलाउन गृह मन्त्रालयले तीव्रता बढाएको छ।

निधिको वक्तव्यले खैलाबैला

काठमाडौं- परराष्ट्र मन्त्रालय तथा भारतीय दूतावाससँग आधिकारिक जानकारी नै नलिई भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको 'जनकपुर भ्रमण रद्द भएको' भन्दै बिहीबार विज्ञप्ति जारी गरेपछि...

राष्ट्रपतिले ११ गते रात्रिभोज अायोजना गर्ने

काठमाडौं– राष्ट्रपति रामवरण यादवले दक्षिण एसियाली सहयोग संगठन (सार्क)को १८औं सम्मेलनमा सहभागी हुन आउने सरकार तथा राष्ट्रप्रमुखलाई मंसिर ११ गते रात्रिभोज दिने भएका छन्। रात्रिभोज राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ।

तत्काल सहमति खोज्न विपक्षी दलहरूलाई राष्ट्रपतिको आग्रह

काठमाडौं– राष्ट्रपति रामवरण यादवले संविधानका अन्तर्वस्तुमा तत्काल सहमति खोज्न प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित विपक्षी दलका नेतालाई आग्रह गरेका छन्।

न्यायाधीशहरुको घोषणापत्रप्रति बारको आपत्ति

काठमाडौं— कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले देशभरका न्यायाधीशहरुको सम्मेलनले पारित गरेको घोषणापत्रप्रति आपत्ति प्रकट गरेको छ। शुक्रबार बसेको पदाधिकारीको बैठकले सम्मेलनबाट पारित भएका अधिकांश बुँदाहरुमा अन्तर्राष्ट्रिय सन्धि र...

प्रधानमन्त्रीले एयरपोर्टदेखि सोल्टी होटलसम्मको निरीक्षण गरे

काठमाण्डौं—प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको १८ औं शिखर सम्मेलनको भौतिक तयारीको आकस्मिक निरीक्षण गरेका छन्। प्रधानमन्त्री कोइरालाले सार्क शिखर सम्मेलनको अवसरमा प्रयोग हुने सडकमार्ग, त्रिभुवन अन्तरार्ष्ट्रिय...

सार्कका लागि नेपाली प्रतिनिधिमण्डल २४ सदस्यीय

काठमाडौं– आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८औं शिखर सम्मेलनमा २४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी हुने भएको छ। मंसिर १० र ११ गते काठमाडौंमा हुने शिखर सम्मेलनमा प्रधानमन्त्री सुशील...

मोदीको भ्रमण स्थगितबारे जानकारी छैन : राजदूत रे

काठमाडौं-नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण रद्द भएकोबारे अहिलेसम्म आफूहरुलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन्।