Wednesday 19 Jestha, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

नेपाल प्रहरीमा छ हजार १० दरबन्दी थपिने

(0 votes)
काठमाडौं- मन्त्रिपरिषद्को आजको बैठकले हालै बर्मुडामा सम्पन्न क्रिकेटको आइसिसी डिभिजन३ विजेता नेपाली खेलाडीलाई जनही रु तीन लाख ५० हजारका दरले नगद पुरस्कार दिनेलगायतका निर्णय गरेको छ। सो खेलमा नेपाली टोली च्याम्पियन बन्न सफल भएको थियो।


nepali-patro-may
बैठकले नेपाल प्रहरीमा छ हजार १० दरबन्दी थप स्वीकृत गर्नेलगायत विभिन्न निर्णय पनि गरेको छ। मन्त्रिपरिषद्का प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलका अनुसार हाल नेपाल प्रहरीमा कुल छ हजार १ सय ७१ को दरबन्दी रहे पनि तीन हजार ७ सय ९३ जनामात्र काममा रहेकाले दरबन्दी थप्ने निर्णय भएको हो। 

थप गरिएको दरबन्दीमा न्याय सेवा प्रहरी निर्माण गरी सो सेवामा एक हजार ७ सय १४ जनाको दरबन्दी दिइनेछ। बाँकी चार हजार २ सय ९६ जना प्रहरीको प्रशासन सेवामा रहनेछन्। 

थप गरिएका अन्य दरबन्दी महानगरीय सुरक्षालोकमार्ग सुदृढीकरण र अस्थायी प्रहरी पोष्ट स्थापनामा खटिनेछन्। यस्तै बैठकले रुसको भ्लाडिभोस्टकमा यही जेठ १३ देेखि १६ सम्म हुने एसियन एन्ड प्यासिफिक इनर्जी फोरमको मन्त्रीस्तरीय बैठकमा भाग लिन राष्ट्रिय योजना आयोगका सचिवलाई जिम्मेवारी दिएको छ। 

बैठकले व्यापार तथा यातायात सहजीकरण आयोजनाका लागि विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाले दिने ऋण तथा अनुदान सहयोगसम्बन्धी सम्झौताका लागि टोली गठन गरी वार्ता गर्ने निर्णय गरेको छ। यस आयोजनाका लागि ऋण र अनुदान गरी रु आठ अर्ब ६४ करोड २४ लाख प्राप्त हुनेछ। 

अवकाश हुन लागेका नेपाल न्याय सेवा (सरकारी सेवा) का दुई जनालाई विशिष्ट श्रेणी र एक जनालाई प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय पनि भएको छ। 

फिनल्यान्डका राष्ट्रपति सावोजी मिनिष्टोबाट काठमाडौँ महानगरपालिका वडा नं. ४ निवासी मीनबहादुर रावललाई प्रदान गर्ने 'द अवार्ड अफ लाइफ अफ द फिनल्यान्डस्वीकार गर्न अनुमति दिइएको मन्त्री पौडेलले जानकारी दिए।

बैठकले सन् २०११ मा टर्कीको इस्तानबुलमा अतिकम विकसित मुलुकको विकाससम्बन्धी 'इस्तानबुल प्रोग्राम अफ एक्सन (२०११२०२०)कार्यान्वयन गर्न परराष्ट्रमन्त्रीको संयोजकत्वमा राष्ट्रिय कार्यान्वयन समिति गठन गरेको छ। यस्तै शान्ति तथा पुनर्निर्माण मन्त्रालयले तयार गरेको द्वन्द्वका कारणबाट मनोसामाजिक असरहरूको पहिचान गरी उनीहरूलाई आवश्यक मनोसामाजिक परामर्श सेवा प्रदान गर्नेसम्बन्धी निर्देशिका पारितका लागि मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाइएको छ। 

रुकुमको चौरजहारी र पाँचथरको फिदिममा बस्ती विकास गरी सहरी क्षेत्र विकास गर्न आवश्यक जग्गा उपलब्ध गराउन सैद्धान्तिक निर्णय पनि बैठकले गरेको छ। 

हुलाक टिकट प्रकाशनसम्बन्धी निर्देशिकालाई मन्त्रिपरिषद्को विधेयक समितिमा पठाई समितिले पारित भएपछि कार्यान्वयन गर्ने तथा  यही जेठ ५ र ६ गते थाइल्यान्डमा हुने पानीसम्बन्धी क्षेत्रीय सम्मेलनमा भाग लिन ऊर्जामन्त्री उमाकान्त झाको नेतृत्वमा टोली जाने निर्णय पनि सरकारले गरेको छ। 

प्रतिक्रिया

नेवि संघका नेताले भने: महाधिवेशन नहुँदा मुख देखाउन लाज भो

काठमाडौं– नेपाल विद्यार्थी संघका नेताहरुले लामो समय देखि महाधिवेशन नहुँदा अन्य संगठनका अघि मुख देखाउन लाज भएको बताएका छन्। नेविसंघको उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै संघका नेताहरुले पुनः स्थगीत नहुने गरी...

'ओली र नेपाल' का समानान्तर कमिटी

दाङ-नेकपा एमाले दाङमा पार्टी अध्यक्ष केपी ओली र नेता माधव नेपाल पक्षबीच तिब्र बिबाद चुलिएको छ। एक अर्काको प्रस्तावलाई अस्वीकार गर्दै बैचारिक विमतीमा रहेका उनीहरु पछिल्लो समय 'प्रतिकार'गर्ने सम्मको अवस्थामा...

निजामती कर्मचारीलाई सार्वजनिक बिदा

काठमाडौं—सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि बुधबार सार्वजनिक बिदा दिएको छ।

सम्भावित राजनीतिक हिंसाबारे सोच्छन् पूर्व लडाकु

काठमाडौ- सत्य निरुपण तथा मेलमिलाप आयोगले जनयुद्धकालपछि 'अयोग्य लडाकू' भनि शिबिरवाट निकालीएका ४ हजार ८ जना अयोग्य वाल सैनिकहरुको मुद्दा हेर्न भएको छ।

२०७४ मंसिरमा संसदीय चुनाब: ओली

काठमाडौं - एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अाेलीले २०७४ काे मंसिरमा संसदकाे चुनाब हुने बताएका छन्।

राष्ट्रिय राजनीतिमा नयाँ समझदारी आवश्यक:सिटौला

नेपालगन्ज–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय राजनीतिमा नयाँ समझदारी हुनुपर्ने आवश्यकता औंल्याएका छन्। संविधान ल्याउन विगतमा अगुवाई गर्ने दलका नेताले समझदारीको अग्रसरता लिनुपर्ने उनको सुझाव छ।

बजेट चुहावटका विषयमा छानविन समिति गठन

काठमाडौं–बजेट सार्वजनिक हुनु अगाडि नै चुहावट भएको भन्दै प्रमुख प्रतिपक्ष दलले छानविन समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरेपछि सरकार छानविन समिति गठन गरेकाे छ।

'तराई गणतन्त्रको आधारभूमि'

लहान—बिपी कोइरालाको नेतृत्वमा २००६ सालअगाडि प्रजातन्त्रका लागि सुरु भएको संघर्षको केन्द्रविन्दु वीरगन्ज थियो । त्यतिबेलै वीरगञ्ज देशको आर्थिक मेरुदण्ड थियो। त्यही आन्दोलनले राणा शासकको सत्ता हल्लाएको थियो। गिरिजाप्रसाद कोइराला र मनमोहन...