Wednesday 10 Mangshir, 2071 |
Menu

राजनीति

साक्षीलाई खर्च दिन सर्वोच्चको आदेश

काठमाडौं— सर्वोच्च अदालतले फौजदारी मुद्दाका साक्षीलाई सुरक्षा र बाटो खर्चको व्यवस्था गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले सरकारवादी मुद्दामा बकपत्र दिन जाने साक्षीलाई बाटो खर्चका लागि बजेट व्यवस्था गर्न आदेश…
Read more...

कम्युनिस्ट केन्द्रले एसएमजी सहितका हतियार बुझायो

हेटौँडा—भूमिगत माओवादी कम्युनिस्ट केन्द,्र नेपालले संविधानसभा संवैधानिक सहमति तथा संवाद समितिद्वारा गठित राजनीतिक वार्ता समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाको रोहवरमा आज मकवानपुर जिल्ला प्रशासन कार्यालयमा अत्याधुनिक हतियार, गोली, बारुद र सकेटबम सरकारलाई बुझाएको छ।
Read more...

चन्द र विश्वकर्मालाई माओवादीले स्पष्टिकरण सोध्ने

काठमाडौं–नेकपा–माओवादीले पार्टी नीति विपरित सार्वजनिक अभिव्यक्ति दिएको, स्थायी समिति, पोलिट्व्यूरो र केन्द्रीय बैठक बहिष्कार गरेको भन्दै सचिव नेत्रविक्रम चन्द र खड्गबहादुर विश्वकर्मा लगायतका नेतासँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।
Read more...

एमाओवादीद्धारा सुकुम्बासी आयोग विघटनको माग

काठमाडौं– सरकारले गठन गरेको सुकुम्वासी समस्या समाधान आयोगले विवादस्पद काम सुरु गरेको भन्दै एमाओवादीले आपत्ति जनाएको छ। उसले सरकारद्वारा गठित आयोगलाई विघटन गर्न र आम सहमतिको आधारमा वैकल्पिक प्रस्ताव तयार गरी कार्यान्वयन गर्न माग गरेको छ।
Read more...

एमाओवादी आन्दोलन सत्ताका लागि : रावल

धनगढी–नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाओवादीको आन्दोलन सत्ताका लागि भएको बताएका छन्। एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला अभिव्यक्तीले सत्तामा जानका लागि संविधान बनाउन नदिइरहेको पुष्टि गरेको रावलको दाबी छ।
Read more...

कर्णालीमा ठोस उपलब्धि हुने काम गर्नुस् : विकास समिति

काठमाडौं– व्यवस्थापिका संसद अर्न्तगतको विकास समितिले कर्णालीका सबै जिल्लामा दुई वर्षभित्र ठोस उपलब्धि प्राप्त हुने गरी आफ्नो मन्त्रालयको कार्य क्षेत्रभित्रका काम कार्यान्वयन गर्न निर्देशन दिएको छ।
Read more...

स्थायित्वपछि विकास सुनिश्चत : प्रधानमन्त्री

काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा लोकतन्त्रले स्थायित्व पाएसँगै हरेक क्षेत्रले विकासको सुनिश्चितता प्राप्त गर्ने बताएका छन्।
Read more...

कार्कीले संसदलाई टेरेनन्, नियमावली व्याख्या गर्ने अधिकार अख्तियारको होइन : गगन

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले व्यवस्थापिका संसदअर्न्तगतको कृषि तथा जलस्रोत समितिमा उपस्थित हुन अस्विकार गरेका छन्। कृषि तथा जलस्रोत समितिले विभिन्न जलविद्युत कम्पनीको लाइसेन्सका विषयमा छलफल गर्न कार्कीलाई आजको बैठकमा उपस्थित हुन शुक्रबार पत्र पठाएको थियो।
Read more...

‘मन्त्रिपरिषद्कै पुनःसंरचना आवश्यक’

भक्तपुर- उद्योगमन्त्री महेश बस्नेतले पुनःसंरचनाको काम मन्त्रिपरिषद‍्बाटै सुरु गर्नुपर्ने बताएका छन्। भक्तपुर फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घको प्रथम वार्षिक साधारणसभाको आज थिमिमा उद्‍घाटन गर्दै मन्त्री बस्नेतले मन्त्रालयको सही संरचना नहुँदा जनताले सानो काममा पनि ठूलै दुःख पाइरहेको बताए।
Read more...

असहमति बुझाउन बाधक बन्दिनँ : बाबुराम भट्टराई

काठमाडौं- संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधानका विवाद (असहमति) मा प्रश्नावली बनाउने प्रक्रियामा प्रमुख दलबीच सहमति भए संविधानसभामा उक्त प्रस्ताव पठाउन आफू बाधक नबन्ने बताएका छन्।
Read more...

फुटको संघारमा राप्रपा नेपाल

काठमाडौं- संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपाल फुटको संघारमा पुगेको छ। असन्तुष्ट पक्ष नेतृत्व गरेका सहअध्यक्ष पद्मसुन्दर लावतीले अध्यक्ष कमल थापाको नेतृत्वमा पार्टी एकीकृत रूपमा अघि बढ्न नसक्ने बताए। 'उहाँ (थापा) कसैसँग परामर्श नगरी एकलौटी निर्णय गर्नुहुन्छ। यस्तो कार्यशैलीले पार्टी…
Read more...

'भागबन्डाको राजनीतिले कांग्रेस कमजोर'

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भागबन्डाको राजनीतिले कांग्रेसलाई कमजोर बनाएको आरोप लगाएका छन्। युवराज पाण्डेय र डिल्लीराम सुवेदीद्वारा लिखित 'अबको विद्यार्थी आन्दोलन र नेपाल विद्यार्थी संघ' नामक पुस्तिका शनिबार राजधानीमा विमोचन गर्दै उपसभापति पौडेलले पार्टीभित्र हुने भागबन्डा अन्त्य जरुरी…
Read more...

बेलैमा संविधान बनाएर बाचा पूरा गर : राष्ट्रपति

लुम्बिनी- राष्ट्रपति रामवरण यादवले सरकार र राजनीतिक दलले निर्धारित समयमै संविधान जारी गरेर जनतासँग गरेको बाचा पूरा गर्नुपर्ने बताएका छन्। लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा शनिबार राष्ट्रपति यादवले जनता र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर संविधान निर्माण गर्नुपर्नेमा जोड दिए। 
Read more...

प्रधानमन्त्रीसँग भट्टराईले भने: सहमति नभए मुलुक द्वन्द्वमा जान्छ

काठमाडौं– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि प्रधानमन्त्री सुशील कोइरालासँग परामर्श गरेका छन्।
Read more...
Subscribe to this RSS feed