Sunday 10 Jestha, 2072 |
Menu

राजनीति

कालोबजारी गर्नेलाई छोडिन्न:कृषिमन्त्री

काठमाडौँ-कृषि विकास मन्त्री हरीप्रसाद पराजुलीले रासायनिक मल, बीउबिजन एवम् पशुपक्षीको रोग विरुद्धका औषधिको कालोबजारी गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्ने बताएका छन्।
Read more...

उच्च जोखिममा परेका बस्ती स्थानान्तरण गरिने

काठमाडौं–सरकारले भूकम्प र पहिरोका कारण उच्च जोखिममा परेका बस्ती स्थानान्तरण गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्प र पहिरोका कारण उच्च खोजिममा परेका बस्ती स्थानान्तरण गर्ने निर्णय गरेको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
Read more...

राहत, पूनर्स्थापना र पुननिर्माणमा केन्द्रीय टाेली परिचालन

काठमाडाैं-महाभुकम्पबाट प्रभावित भएका जिल्लाहरुमा राहत, पूनर्स्थापना र पुननिर्माणको कार्यमा सहभागी हुन तथा समन्वय गर्न राप्रपा नेपालले केन्द्रीय टोली परिचालन गर्ने निर्णय गरेको छ ।
Read more...

राष्ट्रिय सहमतिको सरकार आवश्यक : गच्छदार

पथरी (मोरङ)- भूकम्पको विपत्तिमा परेका पीडितलाई राहत दिन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले बताएका छन् ।
Read more...

सबै शक्तिहरु एकजुट भएर अघि बढौं : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामवरण यादवले महाभूकम्पपछि मुलुकमा आइपरेको विपतिको सामना गर्न सबै शक्तिहरु एकजुट भएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। राष्ट्रपति यादवलाई भेट्न शुक्रबार बिहान शीतल निवास पुगेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई सबै शक्तिहरु एकै ठाउँमा उभिएर मुलुकको पुर्ननिर्माण…
Read more...

‘भूकम्प प्रभावितहरुलाई राहत अझै पुगेन’

काठमाडौं– नेपाली कांग्रेसले भूकम्प प्रभावितहरुलाई अझै खाद्यान्न, पालसहितका राहत सामग्री पुग्न नसकेको जनाएको छ। कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाको संयोजकत्वमा गठन भएको अनुगमन समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै राहत वितरणलाई व्यवस्थित र प्रभावितहरु समक्ष पुर्‍याउन सरकारसँग माग गरेको हो।
Read more...

प्रमुख निर्वाचन आयुक्त उप्रेती सेवानिवृत्त

काठमाडौं—प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती उमेरहदका कारण आजदेखि सेवानिवृत्त भएका छन्। निर्वाचन आयोगमा आयोजित समारोहमा आयुक्तत्रय दोलखबहादुर गुरुङ, डा. अयोधीप्रसाद यादव र इला शर्मा तथा आयोगका कर्मचारीले उनलाई विदाई अभिवादन गरे।
Read more...

प्रधानमन्त्री कार्यालय संघीय मामिला मन्त्रालयमा

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद मलेगोले नागरिकन्यजलाई दिएको जानकारीअनुसार युवा तथा खेलकूद मन्त्रालय उर्जा आयोगको सचिवालयमा, शान्ती तथा पुननिर्माण मन्त्रालय कानून न्याय तथा संविधानसभा मन्त्रालयमा…
Read more...

चर्किएका घरले त्रास बढायो, तत्काल भत्काउन माग

काठमाडौं—काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सभासद् तथा उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका पार्टीका जिल्ला सभापतिले उपत्यकाका चर्किएका घरहरू तत्काल भत्काउन माग गरेका छन्।
Read more...

राहत र पुनःस्थापनमा सघाउने अाेबामाको सन्देश

काठमाडौँ– अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा उत्पन्न प्राकृतिक प्रकोपको प्रभावको स्थितिमा राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न तयार रहेको सन्देश दिएका छन्। मध्य तथा दक्षिण एसियाका लागि अमेरिकी सहायकमन्त्री निशा विश्वाल देसाइँले शुक्रबार प्रधानमन्त्री सुशील कोइरालासँग भेटी सो सन्देश…
Read more...

पालभित्रबाटै शासन-प्रशासन

काठमाडौं-युवा तथा खेलकुद मन्त्रालय परिसरमा नीलो पाल टाँगिएका छन् । एउटा पालभित्र छिर्दा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल भेटिए। ‘भूकम्पले भित्र बस्न नहुने गरी क्षति पुर्याएकाले यो टेन्टभित्र सारिएको हो,’ मन्त्री पौडेलले त्यहाँ बस्नुको कारण नागरिकसँग खुलाए। मन्त्री पौडेल…
Read more...

‘२० लाख बन्डल जस्ता जरुरी’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाभूकम्प पीडितहरुलाई अस्थायी बासोबासको प्रबन्ध मिलाउन कम्तीमा २० लाख बण्डल जस्तापात तत्काल वितरण गर्नुपर्ने बताएको छ।
Read more...

ध्वस्त संरचना पुन‍र्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन गरिने

काठमाडौं-सरकारले भूकम्पको कारण क्षति भएको संरचना पुननिर्माणका लागि सहायता जुटाउन अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ।
Read more...

हराइरहेको अमेरिकी हेलिकोप्टर खोज्न सेनाले पैदल फाैज पठायो

काठमाडाैं- तीन दिनदेखि हराइरहेको अमेरिकी हेलिकोप्टर खोज्न नेपाली सेनाले पैदल फाैज परिचालन गरेको छ। मंगलबार दोलखाको सुनखानीमा खोज तथा उद्धार कार्यको लागि गएको अमेरिकी सेनाको हेलिकप्टर अझै बेपत्ता रहेको सन्दर्भमा सेनाले बिहीबार पैदल फाैज पठाएको हो।
Read more...
Subscribe to this RSS feed