Sunday 9 Kartik, 2071 |
Menu

राजनीति

मलाई क्यान्सरले केही गर्न सक्दैनः प्रम

काठमाडौं— प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई क्यान्सरले पनि केही गर्न नसक्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्राकृतिक प्रकोप पीडितहरुका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा जम्मा गरिने राहत रकम ग्रहण गर्दै उनले भने ' मलाई क्यान्सरले पनि केही गर्न…
Read more...

महिला संघ महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं-नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघको तेस्रो महाधिवेशन आगामी मंसिरमा हुने भएको छ। संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।
Read more...

संवैधानिक समितिको बैठक अब दैनिक बस्ने

काठमाडौं- संविधान सभाअन्तर्गतको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक प्रत्येक दिन गरिने भएको छ। भदौ २१ गतेभित्र नयाँ संविधान निमार्णका विवादित विषयमा सहमति खोज्न अनिवार्य कार्यतालिका भएकाका कारण सभापति बाबुराम भट्टराईले नियमित बैठक गर्न लागेको हुन्।
Read more...

अघिल्लो संविधान सभाका अधिकांश विषयमा सहमति

काठमाडौं- संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले अघिल्लो संविधान सभाको अधिकांश विषयवस्तुमा सहमति गरेको छ। सोमबार सिंहदवारमा बसेको बैठकले संविधान सभाले संविधान जारी गरिसकेपछि संसदको अर्को चुनाव नभएसम्म यही संसद्ले भूमिका खेल्ने सहमति गरेको छ।
Read more...

१३ एसएसपी डीआइजीमा सिफारिस

काठमाडौं-प्रहरीको बढुवा सिफारिस समितिले प्रशासनतर्फको रिक्त १३ डिआइजीका लागि १३ एसएसपीको नाम सिफारिस गरेको छ। आइतबार मध्यरात समितिले रिक्त पदमा बढुवाका लागि सिफारिस भएकाहरुको नाम बढुवा समितिको सचिवालयले सार्वजनिक गरेको हो।
Read more...

पाँचै क्षेत्रमा विशेष अदालत खोल्न अध्ययन

काठमाडौं- न्यायपरिषदले पाँचै विकास क्षेत्रमा विशेष अदालत स्थापना गर्ने विषयमा अध्ययन गरी सरकारलाई राय दिने भएको छ। भ्रष्टाचार, लागुऔषध, नक्कली प्रमाणपत्रलगायत विशेष मुद्दाका लागि मात्रै स्थापना गरिएको पुनरावेदन तहको विशेष अदालत अहिले राजधानीमा मात्र छ। 
Read more...

एकता टरेपछि संगठन निर्माणमा मधेसी दल

काठमाडौं- एकीकरण प्रयास असफल भएपछि मधेसकेन्द्रित राजनीतिक दलहरू संगठन सुदृढीकरण र विचार निर्माणमा आ–आफ्नै ढंगले क्रियाशील हुन थालेका छन्। दोस्रो संविधानसभा निर्वाचनलगत्तै तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), मधेसी जनअधिकार फोरम नेपाल र सद्भातवना पार्टीले एकीकरण प्रयासमा लागेका थिए। तर, नाम, झन्डा,…
Read more...

'संविधानसभामै पठाऊँ विमत्ति'

काठमाडौं- संविधानसभाअन्तर्गत समितिका सभापतिहरूले कार्यतालिका संशोधन गर्दा समस्या उत्पन्न हुने जनाउँदै विवादका विषयलाई जस्ताको त्यस्तै संविधानसभा पठाउन सुझाव दिएका छन्।संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभाअन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका सभापतिसँग आइतबार गरेको छलफलमा उनीहरूले कार्यतालिका संशोधनतिर नजान जोड दिएका हुन्।
Read more...

अख्तियारले उठायो चार गाडी कागजात

काठमाडौं- कार्यालय समय भर्खर सुरु भएको थियो। मूल गेटबाट कर्मचारी छिर्ने क्रम टुंगिएको थिएन।अचानक सुन्धारास्थित काठमाडौं महानगरपालिका कार्यालयमा खैलाबैला मच्चियो। तीन जिप र एउटा जम्बो ह्यास गाडी लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुरक्षाकर्मीसहित करिब चार दर्जन कर्मचारी महानगर परिसर छिर्‍यो।…
Read more...

संविधान बेलैमा बन्छ, ढुक्क हुनुस्: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले समयमै संविधान जारी हुनेमा ढुक्क हुन आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान नेपाल ट्रस्टको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कोइरालाले नेपाल नयाँ चरणमा प्रवेश गरिसकेकाले अब 'ब्रेक थ्रु’ हुने बताए। उनले देशमा शान्ति र स्थायित्वको…
Read more...

नेपाल महिला संघको महाधिवेशन मंसिरमा

काठमाडौं– नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघको महाविधेशन आगामी मंसिरको १३ देखि १५ गतेसम्म हुने भएको छ। संघ केन्द्रीय समितिको आइतबार बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो। संघको महाधिवेशन ६ वर्षपछि हुन थालेको हो।
Read more...

१६ सभासदले सपथ लिए, गणेश थापा अनुपस्थित

काठमाडौं—मन्त्रिपरिषदले मनोनित गरेका १७ मध्ये १६ सभासदले आइतबार अपरान्ह सपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित संसद सचिवालय सभामुख सुवाषचन्द्र नेम्वाङले उनीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।नयाँ सभासदहरुलाई सभामुखले संविधान सभाको लोगो समेत प्रदान गरेका छन्।आइतबार भएको सपथ ग्रहण समारोहमा…
Read more...

इबोला संक्रमित अफ्रिका भ्रमणमा निस्कँदै प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति गौरव शम्शेर जबराको नेतृत्वमा पाँच सदस्यीय एक उच्चस्तरीय टोली आइतबार अफ्रिका महादेशको तीन राष्ट्रको भ्रमणमा निस्कने भएको छ। पश्चिम अफ्रिकी राष्ट्रहरुमा इबोला भाइरसले महामारीको रुप लिंदा सरकारले त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलमा अफ्रिका महादेशबाट आउने स्वदेशी तथा विदेशी सबैको…
Read more...

भट्टराई पक्षले अवरोध गरेपछि समीक्षा स्थगित

गोरखा— जिल्ला विकास समितिमा अन्य राजनीतिक दल सरह आफूहरुलाई हैसियत नदिएको भन्दै एमाओवादी नेता बाबुराम भट्टराई पक्षधर जिल्ला नेता तथा कार्यकर्ताहरुले जिविसले संचालन गरेको समिक्षा कार्यक्रममा अबरोध गरेका छन्।
Read more...
Subscribe to this RSS feed