Monday 30 Ashad, 2071 |
Menu

राजनीति

ओलीसँग नेपाल आक्रोशित

काठमाडौं- नेकपा एमालेको नवौं महाधिवेशन नजिकिँदै गर्दा केपी ओलीले गुटगत भेला गरेको भन्दै नेता माधवकुमार नेपालले आक्रोश पोखेका छन्। सोमबार बुद्धनगरमा आयोजित कार्यक्रममा महाधिवेशनसम्बन्धी दस्तावेज सार्वजनिक गर्दै नेता नेपालले विचारलाई पाखा लगाएर भागबण्डा गरेको आरोप लगाए।
विस्तृतमा पढ्नुस्

फुटको संघारमा राप्रपा

काठमाडौं-एकता महाधिवेशन भएको एक वर्षमै राष्ट्रिय प्रजातन्त्र पार्टी फुटको संघारमा पुगेको छ। लोकेन्द्रबहादुर चन्द र पशुपतिशमशेर राणा समानान्तर रूपले अध्यक्ष बनेपछि पार्टी विभाजननजिक पुगेको हो।
विस्तृतमा पढ्नुस्

कांग्रेसको किचलोको असर भ्रातृ संगठनको महाधिवेशनमा

काठमाडौं-नेपाली कांग्रेसका सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच नेपाल विद्यार्थी संघसहित प्रमुख भ्रातृ संगठनहरूको नेतृत्व आ–आफ्नो पक्षमा पार्ने होडका कारण महाधिवेशन अनिश्चित बनेको छ।
विस्तृतमा पढ्नुस्

उच्चस्तरीय समितिको नेतृत्वमा माओवादीको अत्तो

काठमाडौं-एकीकृत नेकपा माओवादीले सहमतिविपरीत उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व आफूले स्थायी रूपमा पाउनुपर्ने अडान राखेपछि तीन दलबीच सहमति हुन नसक्दा व्यवस्थापिका संसदको आइतबारको बैठक पनि सुचारु हुन सकेन।
विस्तृतमा पढ्नुस्

एमाओवादीमा तीन धार

काठमाडौं-संविधानसभाको तेस्रो ठूलो दल एकीकृत नेकपा माओवादीभित्रको कलह र विवाद समाधान हुन नसक्दा आन्तरिक रूपमा तीनवटा धार सक्रिय भएका छन्।
विस्तृतमा पढ्नुस्

तीन दलको बैठक निष्कर्षविहीन

काठमाडौं-संविधानसभा भवनमा भएको तीन दलको बैठक विना निष्कर्ष सकिएको छ। सदनको गतिरोध खुलाउन वसेको बैठकमा एमाओवादीले उच्च स्तरिय राजनीतिक समितिको नेतृत्व आफुले पाउनु पर्ने अडान राखेपछि सहमति हुन नसकेको एमाले वरिष्ठ नेता माधव नेपालले बताए।
विस्तृतमा पढ्नुस्

लडाकु शिविरको अनियमितताबारे छानविन भइरहेको छ:अख्तियार

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरमा भएको भनिएको अनियमितता बारे छानविन गरिरहेको बताएको छ।
विस्तृतमा पढ्नुस्

नेवि संघको महाधिवेशन स्थगित

काठमाडौं-नेपाल विद्यार्थी संघको २९-३१ लाई तोकिएको राष्ट्रिय महाधिवेशन स्थगित गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य तथा विद्यार्थी विभाग प्रमुख नविन्द्र राज जोशीले आज एक विज्ञ्प्ति प्रकाशित गरी विशेष कारणवश राष्ट्रिय महाधिवेशन हाललाई स्थगित गरिएको बताएका छन्।
विस्तृतमा पढ्नुस्

समान्य प्रशासन मन्त्रीले भने 'बिफ्रकेस बोकेर आउनेको टाउको फुटाइदिन्छु'

विराटनगर-समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरुवा–बढुवाका लागि बिफ्रेकेस(रुपैयाँ) बोकेर मन्त्रालय आउने कर्मचारीको टाउको त्यही बिफ्रकेशले फुटाइदिने चेतावनी दिएका छन्।
विस्तृतमा पढ्नुस्

क्षेत्रीय समिति खारेजीको माग गर्दै कांग्रेस नेता आमरण अनशनमा

काठमाडौं-क्षेत्रीय समिति खारेजीको माग गर्दै नेपाली कांग्रेस खोटाङका नेता भुपेन्द्र राई आमरण अनुशनमा बसेका छन्। उनले पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहानबाट आमरण अनशन सुरु गरेका हुन।
विस्तृतमा पढ्नुस्

राप्रपा अध्यक्षमा राणा

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षमा पशुपति शम्शेर राणा सर्वसम्मत चुनिएका छन्। पार्टी अध्यक्ष सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दबीच अध्यक्ष पदमा विवाद जारी रहेको अवस्थामा राणा अध्यक्ष चयन भएका हुन्।
विस्तृतमा पढ्नुस्

नेविसंघका दुई समूहबीच दोलखामा झडप

दोलखा- चरिकोटमा नेविसंघका दुई समूहबीच झडप हुँदा कांग्रेसका एक जिल्ला नेता घाइते भएका छन्। कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका बाबुकाजी बस्नेतलाई राकेश श्रेष्ठ नेतृत्वको नेविसंघले आक्रमण गरेको हो।
विस्तृतमा पढ्नुस्

नेपाल पक्षधर नेतालाई पार्टी कार्यालय प्रवेशमा रोक

बनेपा- नेकपा (एमाले)को नवौँ महाधिवेशन नजिकिँदै गर्दा एमाले काभ्रेपलाञ्चोकमा पार्टीका अध्यक्षका दुई उम्मेदवारका समर्थकबीचको विवाद सार्वजनिक भएको छ।
विस्तृतमा पढ्नुस्

संविधानका अन्तर्वस्तुमा भोलिदेखि छलफल थालिने

काठमाडौं- संविधानसभाको संवाद समिति अन्तर्गतको उप समितिले भोलिदेखि संविधानमा समेट्ने विषयमाथि छलफल सुरु गर्ने भएको छ। संविधानसभा संवैधानिक राजनीतिक संवाद तथा सहमति उपसमितिको आज बसेको बैठकले सो निर्णय गरेको हो।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed