23 Falgun, 2071 |
Menu

राजनीति

गच्छदारको नेतृत्व गर्दै ‘गुण्डा नाइके’ गणेश लामा ३० दलको बैठकमा

काठमाडौं- एकीकृत माओवादी नेतृत्वको ३० दलीय गठबन्धनको बैठकमा फोरम लोकतान्त्रिकको प्रतिनिधित्व गर्दै ‘गुण्डा नाइके’ गणेश लामा सहभागी भएका छन्। आगामी आन्दोलनको तयारीका विषमया छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको बैठकमा फोरम लोकतान्त्रिकको प्रतिनिधित्व गर्दै लामा र लक्ष्मण थारु सहभागी भएका हुन्।
Read more...

सडकमा नआएसम्म प्रचण्डलाई जनताले साथ दिँदैन : वैद्य

काठमाडौं- नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सडकमा नआएसम्म जनताले साथ नदिने बताएका छन्। पार्टी कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा वैद्यले संविधानसभा यथास्थितिवादीको कब्जामा पुगेकाले सडकमा आउन दाहाललाई आग्रह गरे।
Read more...

राप्रपा नेपालको नाराबाजीबीच प्रस्ताव समितिको म्याद ५ दिन थपियो

काठमाडौं- प्रमुख प्रतिपक्षी दलको बहिष्कार र राप्रपा नेपालको नाराबाजीबीच संविधानसभाको बैठकले प्रश्नावली निर्माण गर्न गठित प्रस्ताव निर्माण समितिको म्याद पाँच दिन थप गरेको छ। बैठक सुरु हुनासाथ राप्रपा नेपालका सभासदले प्रस्ताव निर्माण समितिले राप्रपा नेपालका एजेण्डलाई प्रश्नमा समावेश नगरेको भन्दै…
Read more...

दोस्राे विश्वयुद्धमा मृत्युबाट उम्केकी साराले प्रधानमन्त्रीलाई भेटिन्

काठमाडौं-दोश्रो विश्वयुद्धको अवधिमा नाजीहरुको मृत्यु शिवीरबाट उम्केकी इजराइलकी साराअट्जमनले प्रधानमन्त्री सुशील कोइरालासँग आज बिहान भेट गरेकी छन्।
Read more...

१६ सहसचिव सचिवमा बढुवा

काठमाडौं- सरकारले १६ सहसचिवलाई सचिवमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुरेश आचार्य, शरदराज विस्ट, गजेन्द्र ठाकुर, राजन खनाल, नवराज भण्डारी, श्रीधर सापकोटा, लक्ष्मण मैनाली, रामकुमार आचार्य, दिनेशकुमार थपलिया, सुनिलकुमार मल्ल, खुमराज पुञ्जाली, टंकमणि शर्मा, ईश्वरीप्रसाद पौड्याल, रमेशकुमार शर्मा,…
Read more...

कांग्रेसको पछिपछि लागेर एमाले बिग्रियो : भट्टराई

गोरखा– एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले कांग्रेसको पछिपछि लागेर एमाले बिग्रिएको बताएका छन्। निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत कार्यन्वयन गरिने योजना छनौटका विषयमा छलफल गर्न बिहीबार गृहजिल्ला आएका उनले पत्रकार भेटघाटमा भने ‘संविधानका विवादित विषयमा एमाले कांग्रेसको पछिपछि लाग्यो।' भट्टराईले…
Read more...

ओलीविरुद्ध विपक्षी गठबन्धनले गरेको निर्णय अराजनीतिक : श्रेष्ठ

काठमाडौं- एमाओवादी उपाध्यक्ष नरायणकाजी श्रेष्ठले बुधबार विपक्षी गठबन्धनले नेकपा एमाले अध्यक्ष केपी ओलीविरुद्ध गरेको निर्णय अराजनीतिक भएको बताएका छन्। विपक्षी गठबन्धनले ओलीको मानसिक सन्तुलक बिग्रिएको भन्दै स्वास्थ्य उपचार गराउन नेपाल सरकारसमक्ष माग गरेको थियो।
Read more...

इजरायल जाने वैधानिक बाटो खोलिँदै

काठमाडौं-नेपालीलाई ‘केयर गिभर' (सुसारे) का रूपमा लैजानेसम्बन्धी समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गर्न नेपाल र इजरायलले अन्तिम गृहकार्य गरेका छन्। इपिएस प्रणालीबाट दक्षिण कोरियामा कामदार पठाएझैं नेपाली कामदारलाई जिटुजी (गर्भमेन्ट टु गर्भमेन्ट) प्रक्रियाबाट लैजान इजरायलले पठाएको एमओयुको ड्राफ्टलाई नेपालले सच्याएर…
Read more...

विपक्षीको बहिष्कारकाबीच संविधानसभा बैठक बस्दै, राप्रपा नेपालले अवरोध गर्ने

काठमाडौं–प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा माओवादी नेतृत्वको १९ दलीय मोर्चाले बहिष्कार गर्ने निर्णयकाबीच संविधानसभाको बैठक आज बस्दैछ। अहिले १ बजे बस्ने बैठकमा प्रमुख प्रतिपक्ष दलको उपस्थिति हुने छैन भने अर्को प्रतिपक्ष दल राप्रपा नेपालले बैठक अवरोध गर्ने चेतावनी दिएको छ।
Read more...

कार्यालय जाँदैनन् प्रधानमन्त्री

काठमाडौं– विधि र विधानअनुसार पार्टी सञ्चालन गर्ने घोषणा गरेका नेपाली कांग्रेस सभापति सुशील कोइराला केन्द्रीय कार्यालय त गएका छैनन् नै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पनि जान छाडेका छन्।
Read more...

बन्द-हडताल निषेध गर : सर्वोच्च

काठमाडौं– सर्वोच्च अदालतले जनातको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य, शिक्षालगायत आधारभूत आवश्यकताका क्षेत्र बन्द–हडताल निषेध गराउन ध्यानाकर्षण गराएको छ।
Read more...

कांग्रेस बैठक सोमबार

काठमाडौं– नेपाली कांग्रेसले सोमबार पार्टी केन्द्रीय समिति बैठक बोलाएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार बिहान साँढे एघार बजे केन्द्रीय समिति बैठक डाकेको हो।
Read more...

‘सबै असहमतिमा' प्रश्नावली

काठमाडौं-नयाँ संविधानका विवाद मतदान प्रक्रियाबाट टुंग्याउन संविधानसभाको रेकर्डमा रहेका सबै असहमतिका विषयमा प्रश्नावली बनाइने भएको छ। अघिल्लो संविधानसभाका क्रममा देखिएका सामान्य विवादमा समेत प्रश्न तयार हुनेछन्।यसरी बनाउँदा प्रश्नको संख्या भने अपेक्षितभन्दा बढ्नेछ।
Read more...

सहमति खोज्न सत्तापक्ष अग्रसर हुनुपर्छ : गच्छदार

विराटनगर-मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सत्तापक्षका कारण सहमतिबिथोलिएकाले पुनः सहमतिका लागि सत्तापक्ष अग्रसर हुनुपर्ने बताएका छन् ।
Read more...
Subscribe to this RSS feed