राजनीति

माओवादी र एमालेका कारण संविधानसभा औचित्यहीन : श्रम मन्त्री

काठमाडौ, भदौ १७ (नागरिक)- श्रम तथा यातायात मन्त्री मोहम्मद आफताव आलमले एमालेको तटस्थता र माओवादीको हठका कारण संविधानसभा औचित्यहीन बनेको बताएका छन्। उनले मुलुक अप्ठ्यारो अवस्थामा पुग्नुको जिम्मेवारी उनीहरुले लिनुपर्नेसमेत बताए।
विस्तृतमा

तीन पार्टीबीच एकीकरण हुने

सन्तोष पोखरेल, पोखरा, भदौ १७- भरपर्दो राजनीतिक शक्ति निर्माणका लागि तीन साना पार्टी जनमोर्चा नेपाल, नेकपा (माओवादी) र रिभोल्युसनरी लेफ्ट विङबीच एकीकरण हुने भएको छ। भदौ अन्तिमसम्म यी तीन पार्टीबीच एकीकरण भइसक्नेछ। दलीय राजनीतिका नाममा देखापरेको 'नौटङ्की' बाट जनतालाई मुक्ति दिने उद्देश्यले यस्तो गर्न लागिएको उनीहरुको भनाइ छ।
विस्तृतमा

माओवादीले मालेलाई ५ करोडको आर्थिक प्रलोभन दिएको सिपीको खुलासा

भक्तपुर, भदौ १७- माले महासचिव सिपी मैनालीले माओवादीले प्रचण्डलाई प्रधान मन्त्रीमा भोट दिन आफनो पार्टीलाई ५ करोड रुपैयाँको आर्थिक प्रलोभन देखाएको खुलासा गरेका छन्। 'मैले सो प्रस्ताव अस्वीकार गरेपछि उनीहरुले प्रलोभनमा पर्न लालायित सांसदहरुलाई साथ लिएर पार्टी विभाजन गर्न लगाए'- मैनालीले भने।
विस्तृतमा

एमाले पार्टीका अर्थमन्त्रीलाई बजेट ल्याउने अधिकार छैन:मन्त्री रिजाल

पोखरा, भदौं १७ - संस्कृति मन्त्री मीनेन्द्र रिजालले प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बसेर मुलुकलाई अनिर्णयको बन्दी बनाउने एमाले पार्टीका अर्थमन्त्रीलाई नयाँ बजेट ल्याउने अधिकार नभएको बताएका छन्। नेपाल प्रेस युनियन कास्कीले यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नयाँ निर्वाचित प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रम र बजेट ल्याउने हो भने।

विस्तृतमा

पूर्वसभामुख रानाभाटबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

पोखरा, भदौ १७ - पूर्वसभामुख तारानाथ रानाभाटले नेपाली काङ्ग्रेसको १२ औँ महाधिवेशनमा खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाल प्रेस युनियन कास्कीले यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो उम्मेदवारी प्रजातन्त्र र पार्टीको सुदृढीकरण एवम् नेपाली जनताको मुहार परिवर्तन ल्याउनमा केन्द्रित रहने बताए।
विस्तृतमा

दुवै फोरम माओवादीलाई साथ दिने तयारीमा

विश्वमणि पोखरेल, काठमाडौं, भदौ १७ - मधेसी मोर्चाका दुई घटक भदौ २० को प्रधानमन्त्री चुनावमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन दिने अवस्थामा पुगेका छन्। माओवादीसँगको पछिल्लो वार्तापछि मधेसी जनअधिकार फोरम र फोरम लोकतान्त्रिकले तटस्थ रहने निर्णय पुनर्विचार गर्न लागेका हुन्।
विस्तृतमा

खनाल-सुद भेटघाट

काठमाडौं, भदौ १७ (नागरिक)- भारतीय राजदूत राकेश सुदले एमाले अध्यक्ष झलनाथ खनालसँग तत्काल सहमतिको दिशामा अघि बढ्न आग्रह गरेका छन्।
विस्तृतमा

तीस हजार भुटानी अमेरिका पुगे

काठमाडौं, भदौ १७ (नागरिक)- शरणार्थी तेस्रो देश पुनर्स्थापन कार्यक्रम सुरु भएयता ३० हजार भुटानी स्याथी बसोबासका अमेरिका गइसकेको अमेरिकी दूतावासले जनाएको छ।
विस्तृतमा

केन्द्रीय सदस्यमा महतको उम्मेदवारी

काठमाडौं, भदौ १७ (नागरिक)- ऊर्जामन्त्री प्रकाशशरण महतले कांग्रेसको बाह्रौँ महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। बुधबार पत्रकार सम्मेलनमा महतले पार्टीलाई सांगठनिक रूपमा चुस्त बनाउन आफूले खुलातर्फ केन्द्रीय सदस्यमा उठ्ने निर्णय गरेको बताए।
विस्तृतमा

परराष्ट्रमा छलाङ

परराष्ट्रमा छलाङ किरण भण्डारी, काठमाडौं, भदौ १७- नेपालको परराष्ट्र सेवाको छ दशक लामो इतिहासमा जम्मा छ जना महिला अधिकृत भएका थिए। मंगलबार परराष्ट्र मन्त्रालयले एकसाथ १४ जना महिला अधिकृत भित्र्याएर छलाङ मारेको छ। 'असाध्यै सुखद् सुरुवात भएको छ,' परराष्ट्र सचिव मदनकुमार भट्टराईले बुधबार नागरिकसँग भने।
उच्च अध्ययन गरेका युवतीहरू परराष्ट्र सेवाप्रति आकर्षित भएका छन्। लोकसेवा परीक्षामा भएको परिवर्तनले राष्ट्रसेवक बन्न चाहने परम्परागत वर्गभन्दा फरक पुस्ता यसमा प्रवेश हुन थालेको यो संकेत हो।
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 15
onlineversion

राजनीति