Wednesday 10 Baishak, 2071 |
Menu

फोटो फिचर

जलाम्य काठमाडौँ

(0 votes)
बिहीबार साँझ तीन घन्टामा उपत्यकामा १३५ मिलिलिटर वर्षा भएको छ। मे महिनामा १२३ मिलिलिटर औसत वर्षा हुने गरेकोमा बुधबार साढे पाँच बजेदेखि तीन घन्टाको बीचमा उक्त परिमाणमा वर्षा भएको थियो।

बंगलादेश र पश्चिम बंगालमा सक्रिय न्युनचापीय वायुका कारण नेपालमा तीन दिनदेखि सुरु मध्यक्षेत्र केन्द्रित वर्षा केही दिनसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्ले यसलाई मनसुन सुरु हुनुपूर्व (प्रि–मनसुन) को अवस्था भएको बताएका छन्।

बंगलादेश र पश्चिम बंगालमा हावाको चाप कम भएपछि सबैभन्दा बढी काठमाडौसँगै मध्य र पूर्वी भागमा जलवाष्पको चहलपहल वृद्धि भई वर्षा भएको महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बताए। भारी वर्षाका कारण उपत्यकाका न्युरोड, पुतली सडक, जमल, बानेश्वरलगायत अधिकांश स्थानका सडक जलमग्न भए, जसले गर्दा निकै बेरसम्म सवारी आवागमन प्रभावित बनेको थियो। अधिकांश पसल तथा घरमा समेत पानी पसेको थियो। ३० भन्दा बढी ठाउँ जलमग्न भएर सवारी साधन फसेपछि उद्धारका लागि सर्वसाधारणले ट्राफिक प्रहरीलाई आग्रह गरेका थिए। भारी वर्षाले वानेश्वर, बालाजु, नयाँ बजार लगायत क्षेत्रको सडकमा समेत क्षति पुगेको थियो।

तीनदेखि चार दिनसम्म यसरी नै मौसम परिवर्तन हुनसक्ने महाशाखाले जनाएको छ। 'यस्तो वायुले गराएको वर्षा तत्काल सुरु भएर केही घन्टासम्म रहने र उत्तिखेरै मौसम सुधार हुनसक्छ,' श्रेष्ठले भने, 'अझै केही दिन मौसम अस्थिर रहन्छ।'

मौसमविद्का अनुसार बंगालादेश र पश्चिम बंगालामा न्युन चाप भएपछि नेपालमा पूर्वीय वायुको प्रभाव बढेको हो। सबैभन्दा बढी वर्षा उपत्यका वरपर, मध्यभाग र केही पूर्वी क्षेत्रमा भएको छ। वायुको प्रभाव विस्तारै पश्चिमतिर बढ्दै गएको महाशाखाले जनाएको छ। नेपालमा सामान्यतः जुन १० देखि सुरु हुने भनिए पनि मनसुन पूर्वको गतिविधि बढेकाले मनसुन सुरु हुने मिति यकिन गर्न नसकिने महाशाखाको भनाइ छ।
DMC Firewall is a Joomla Security extension!