Thursday 3 Poush, 2071 |
Menu

फोटो फिचर

देश देखिने कला

  • बिहीबार २६ बैशाख, २०७०
  • भाषा शर्मा
  • DISQUS_COMMENTS
(0 votes)
मधेशी, पहाडी, हिमालका हिमाली

सयौं जाति, जनजाति हामी सबै नेपाली 

गायक जीवन शर्माको गीतसँग मेलखाने हिमाल, पहाड, तराईको प्रतिनिधित्व गरेको कला एकैठाउँमा देख्न सकिन्छ। भनिन्छ, कलाभित्र सबथोक अटेको हुन्छ। धर्म, संस्कृति, रीतिरिवाज, भेषभूषा सबै। त्यो मात्र होइन, सामाजिक, राजनीतिक विकृतिमाथि गरिएको व्यंग्य, चिन्ता, खुसी सबै अटाउन सक्छन् कलाकारले। यस्तै विविधता भेटाउन सकिन्छ तेस्रो राष्ट्रिय ललितकला प्रदर्शनीमा। ललितकला प्रज्ञा प्रतिष्ठान ग्यालरी चौतारीमा नेपालभरका कलापारखीले कला बिसाएका छन्।
घर नजिकै जुरेलीले गीत गाउँछ। त्यसको भाषा नबुझेपनि मलाई मनपर्छ। कला भनेको यस्तै हो।
 कति कला प्रत्यक्ष बोलिरहेका छन्। कतिपय अनुत्तरित छन्। कुनै कला शब्दमा व्याख्या गर्न सकिँदैन। कतिपय रहस्य बोकेका कला आफूखुसी व्याख्या गर्न सकिन्छ। परम्परालोककलादेखि आधुनिक सम्मका कला एकैठाउँ छन्। विभिन्न जातिभाषाधर्मपरम्परा र संस्कृति झल्किएको पाइन्छ। तराईमा बस्ने थारू जातिको परम्परादेखिहिमालको विशेष थाङ्का र पहाडमा प्रचलित हस्तकला लगायतका कला छन्।   

दाङका लालप्रसाद चौधरी 'थारु राजाशीर्षकमा लोकसंस्कृति झल्काएका छन्। काठ माध्यमबाट लोककला जगेर्ना गरेकोले उनलाई पुरस्कार पनि दिइएको थियो। काठलाई खोपेर बनाएको उनको कलामा थारु जातिका राजा देख्न सकिन्छ। सिराहाकी गीताकुमारी ठाकुरले एक्रेलिक माध्यममा 'विवाह र भूमि अरिपनशीर्षकमा मैथिली कला उतारेकी छिन्।  

उनले मिथिला संस्कृति अनुसार गरिने विवाह परम्परालाई चित्रित गरेकी छन्। सिराहाका हरेराम यादव 'मैथली विवाहशीर्षकमा एक्रेलिक माध्यमबाट रङको संयोजन गरेका छन्। उनको चित्रमा पनि वैवाहिक परम्परा देख्न सकिन्छ। मिथिला संस्कृतिमा बेहुली लिन गएको देखि लिएर भित्र्याउँदा सम्मको परम्परा चित्रित गरेका छन्। 

 भोजपुरका तीर्थराज मुकारूङ राईको कुचे सुगुरको जगरसुनखरीको चयामालिङगोको टोक्री पनि प्रदर्शनमा छ। लोकसंस्कृति झल्काउने गरी भोजपुरका धानको छवालीबाट बनाइएका सामग्री देख्न सकिन्छ। पहाडी भेगमा पाइने अल्लोबाट बनाइएका कपडा पनि आकर्षक बनेका छन्। सुनसरीका हरिप्रसाद कटवालले 'राष्ट्रियताशीर्षकमा डाँफेझण्डालालीगुराँस राखेका छन्। उनले बाँसको जरालाई खोपेर कलामा परिणत गरेका छन्। 

चित्रकलामा धेरै कलाकारको आकर्षण देखिएको छ। नाफा ग्यालरी भित्ताभरि आधुनिक चित्रकलाले ठाउँ ओगटेका छन्। परम्परागत चित्रकला कमै छन्। दुईसय ४७ कलाकारका तीनसय ३१ चित्रकला टाँगिएका छन्। 

अब मूर्तिकला पूरानो परम्परागत मात्र रहेन। आधुनिक मूर्तिकलाप्रति आकर्षण बढ्दो छ। मूर्तिकार ओम खत्रीले 'तीव्रताशीर्षकमा मिक्स माध्यमबाट आधुनिक मूर्तिकला प्रस्तुत गरेका छन्। 

उनले वर्तमान राजनीतिकसामाजिक परिस्थितिलाई काठको माध्यमबाट देखाएका छन्। देशको अवस्था कमजोरतिर गइरहेको संकेत मूर्तिमार्फत दिएका छन्। त्यसैमा राखिएको धातु कोपिला भएको खत्रीले बताए। निराशाको भूमरीमा आसाको सानो अंकुरण मूर्तिमा देखाएका छन्। 

विकृतिको भूमरीमा देश फसेपनि बीचमा कतै अस्तित्व रक्षाको आश पनि गरिएको छ। कपुरको काठलाई वेतको डोरीद्वारा बाँधिएको छ। परिधिभन्दा अवस्था बाहिर नजाओस् भन्ने हेतुले बाँधिएको उनको तर्क छ। मूर्तिले समयको प्रतिनिधित्व गरेको छ। जनताको मनमा रहेको आशाको संकेत ढलोटले गरेको उनले बताए।

विभिन्न माध्यमबाट बनाइएका सबैभन्दा धेरै बुद्धका मूर्ति देख्न सकिन्छ। पिपलको पातबाट बनाइएका देखि धातुका मूर्तिसम्म छन्। विभिन्न देवदेवीका मूर्तिलोककलाहस्तकलावास्तुकलाफोटोग्राफीसर्ट भिडियोइन्टलेसनपर्फमेन्स आर्टले प्रदर्शनीलाई आकर्षण थपेको छ। नेपालका प्रसिद्ध मानिएका मन्दिरठाउँ पनि देख्न सकिन्छ।

इन्स्टलेसन आर्ट

प्रतिस्थापन कला सशक्त बन्दै गएको छ। प्रदर्शनीमा राखिएका प्रतिस्थापन कलाले देशको समसामयिक राजनीतिदेखिपर्यावरणधर्मसंस्कृतिसम्म व्यंग्य हान्न भ्याएका छन्।   

अरुणा हिङमाङको प्रतिस्थापन कलाले जनआन्दोलनको झल्को दिन्छ। सडकमा यत्रतत्र छरिएका इटाका टुक्राप्ले कार्डजुत्ता चप्पलरक्ताम्मे ढलिरहेका मान्छे। सेतो कपडामा रोइरहेकी महिलाका आडमा रहेका बालबालिकाले एकछिन सोच्न वाध्य पार्छन्। 

युद्धविरामबृहत शान्ति सम्झौताजनआन्दोलनराजतन्त्र समाप्तसंविधानसभा मतपेटिकाको प्रतिकात्मक दृश्य छ। अन्त्यमा संविधान लेख्न नसकेर अन्यौलमा परेको देशको अवस्थालाई हिङमाङले कलामार्फत यथार्थ चित्रण गरेकी छिन्। 

'अनंकुरित आशाशीर्षक दिइएको प्रतिस्थापन चित्रले सशस्त्र द्वन्द्वदेखि संविधानसभासम्मको राजनीतिक घटनाक्रम सिलसिलेवार रुपमा देखाउन खोजिएको छ। 

बागलुङका इन्द्रबहादुर खत्रीले 'द गेमशीर्षकमा कुर्सीको खेलमा अल्भि्कने नेपाली राजनीतिलाई व्यंग गरेका छन्। जालोभित्र राखिएको कुर्सी छ। कलाकारले कुर्सीको सम्बन्ध शक्तिपैसा र प्रतिष्ठासँग जोडेका छन्। कुर्सीकै लागि द्वन्द्व हुने गरेको उनको ठम्याई छ। 

प्रतिकात्मक रुपमा देखाइएको कुर्सीमा पुगेपछि जोसुकैले सर्वसाधारणको हितमा काम नगरेको व्यंग्य छ। कुर्सीलाई शक्तिको प्रतिकको रुपमा देखाउँदै त्यसमाथि राखिएका पत्रपत्रिकालाई सूचनाजाललाई शक्ति पाउनका लागि भर्‍याङमानव खप्पडलाई सर्वसाधारणको प्रतिक भएको खत्रीले बताए। जोसुकै कुर्सीमा पुगेपछि निस्कन निकै गाह्रो हुने उनको कलाले बताउन खोजेको छ।  

 धुँवा र धुलोले स्वास्थ्यमा पारिरहेको असरको चिन्ता लिएका छन् कलाकार आशा डंगोल। 'अक्सिजनमास्क एण्ड लाइफशीर्षकमा प्रतिस्थापन कला व्यक्त गरेका छन्। उनले साइकललाई जेलेर राखेका छन्। मानिसले मास्क लगाउने अवस्थाको प्रतिस्थापन कलामा पोखेका छन्। 

साथमा उनको छोटो भिजुअल पनि देखिन्छ। धुलोसवारी साधनको धुँवाले मास्क लगाएर हिडिरहेका छन्। उनको कलाले यदि काठमाडौं स्वच्छ राख्ने हो भने सबैले साइकल चढ्नुपर्ने सुझाव दिएको छ। दुषित हावाले छाती दुख्नेदम जस्ता रोग लागेकोप्रति उनले चिन्ता व्यक्त गरेका छन्। 

 मण्डलामाथि उभिएका बुद्धधर्मचक्र मुद्रामा देखिएका छन्। भाइराजा महर्जनले बनाएको 'इन्स्टलेसनइन्सपाइरेसनशीर्षकमा शान्तिको खोजी गरिएको छ।  

शान्ति र शुद्धताको प्रतिक मान्दै लगाइका सेतो वस्त्रमा जीवन शान्तिसकारात्मक सोच र सतकर्म लेखेर शान्तिको खोजी गरिरहेका देखिन्छन्। देशमा बढ्दै गएको राजनीतिक अस्थिरता र अन्यौललाई उनले बुद्ध मार्फत शान्तिको बाटो रोजेका छन्। मण्डलाको रङले नेपालका जातजाति र भाषाभाषीको प्रतिनिधित्व गरेको महर्जनले बताएका छन्। 

 'इट इज अ फुड आर्टशीर्षकमा प्रतिस्थापन कला मार्फत पीडा लुकाएर बाँचेका नेपालीको प्रतिबिम्ब देखाउन खोजेका छन्। कलाकार चन्दन तण्डुकारले निराशापीडाडर र चित्कार सहित मौनताको व्यंग्य भएको बताउँछन्। उनले रोटीमा बनाएको दुखित मुहारले नेपालीले पीडा सहन वाध्य बनेको दर्शाएका छन्।  

 ललितकलामा भइरहेको प्रदर्शनीलाई 'कलाको कुम्भभनेर व्याख्या गर्छन् प्रदर्शनी संयोजक रबिनकुमार कोइराला। उनका अनुसार आजभोलि कला रियालिस्टिक भन्दा रोमान्टिक बन्दै गएको छ। समय अनुसार कला आधुनिकता तर्फ उन्मुख छ।