Thursday 16 Ashwin, 2071 |
Menu

विचार

softworica

प्रकोप : परिवर्तनको अवसर

  • बिहीबार ६ भाद्र, २०७०
  • प्रा.डा. गोविन्द केसी
  • DISQUS_COMMENTS
(0 votes)
साना हुन् वा ठूला, पहिरो, बाढी, भूकम्प, समुद्री आँधी, ज्वालामुखी इत्यादि स्वाभाविक प्राकृतिक घटना हुन्। यी घटना जुगौंअगाडि पनि भइरहन्थे, अहिले पनि भइरहेका छन् र भविष्यमा पनि भइरहनेछन्। अहिले आएर केही हदसम्म घटनाको क्रम र गम्भीरता मानव सृजित हुन्। सञ्चार प्रणालीको विकास साथै र जनसंख्या वृद्धि र विस्तारसँगै धनजन क्षति भएको यस्ता घटना सूचित हुन थाले। प्राकृतिक घटनाबाट हुने यस्ता क्षतिचाहिँ अधिकांश नै मानव सृजित हुन्। भौतिक विकासकै क्रममा पर्यावरण परिवर्तनदेखि लिएर सडक, भवन तथा अरु भौतिक संरचनाहरु निर्माण प्रणाली प्रकृतिमुखी नभएर अथवा मानव जातिको जनसंख्या वृद्धिले आबादी विस्तारको क्रममा प्रकृतिलाई नै मिचेर तथा प्रकोप सम्भावित क्षेत्रमा आबादी गर्दा नै स्वाभाविक प्राकृतिक घटनाका क्रममा धेरै धनजन क्षति हुन्छ।

कुनै पनि प्राकृतिक घटना आफैँले मानव क्षति गर्दैन तर मानवका आफ्नै वेहोशियारी र अज्ञानताले गर्छ। दुर्भाग्यवश उत्तराखण्डमा धेरै भारतीय तथा नेपालीको मृत्यु भए पनि नेपालमा नगन्यमात्र मृत्यु भयो। दार्चुलामा धेरै घर साथै जमिन पनि बगाएर लग्यो भने बर्दियामा अन्न घर बगाएर लग्यो।
दार्चुलामा निजी भवनहरुसँगै जिल्लाको १ मात्र अस्पताल जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय साथै अरु सरकारी कार्यालय पनि जमिनसहित नदीले बगाएर लग्यो। सम्बन्धित अरु सरकारी कार्यालयका कर्मचारीले निकै कठिनाई सामना गर्नुपरेको छ अर्को स्थायी कार्यालयको व्यवस्था नहोउन्जेल। अस्पतालले एक दिनमै १ सय जना जति बिरामी बहिरंग विभागमा, २–३ दर्जन जति इमर्जेन्सी विभागमा र २०–२५ जना अन्तरंग विभागमा (वार्डमा) भर्ना गरेर अनि प्रसूतिसम्बन्धी सेवा, खोप, एक्सरे, ल्याब, फार्मेसी इत्यादि सेवा प्रदान गरिरहेको थियो। तर हाल उक्त पालमा तथा कंकालमात्र तयार भएको भाडाको भुईंतले घरबाट उपलब्ध भइरहेको छ। उपर्युक्त संरचनाको अभावमा चिकित्सकलगायत् सबै स्वास्थ्य कार्यकर्ता चरम कठिनाइका बाबजुद सेवा राम्रोसँग दिइरहेका छन्। बिरामीले निकै असुविधा सामना गर्नुपरेको छ। नयाँ स्थायी तवरले अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यालयको भवन निर्माण (कति समय लाग्ने हो ठेगान छैन) नहुन्जेल अहिलेको चरम असुविधा लम्बिने निश्चित छ। अस्पताल तथा जनस्वास्थ्य कार्यालयको विभिन्न सेवाका लागि भिन्नभिन्न प्रकारको संरचना तथा उपकरण जरुरत पर्ने भएकाले प्रथमतः नयाँ प्राकृतिक प्रकोपबाट सुरक्षित तर आमजनतालाई सुविधा (पाइक पर्ने) पर्याप्त क्षेत्रफल भएको ठाउँमा अत्यन्त जरुरी प्राथमिकताका साथ शीघ्र निर्माण गर्नुपर्नेछ भने त्यतिन्जेलसम्मका लागि तुलनात्मकरूपमा उपयुक्त निजी, सरकारी तथा अन्य गैरसरकारी भवनमा व्यवस्था गर्दा बिरामीको असुविधा तथा कष्ट मात्र नभएर चिकित्सक तथा स्वास्थ्यकर्मीको कष्ट पनि कम हुन सक्छ। यी सबै कुराको जिम्मेवारी स्थानीय प्रशासन, स्थानीय बासिन्दा तथा प्रतिनिधिको मात्र नभएर मुख्यतः स्वास्थ्य मन्त्रालय तथा यसका उच्च पदाधिकारीहरुको हो। अस्पतालका लागि चाहिने अस्थायी/स्थायी संरचना तथा व्यवस्थापनबारे स्थानीय बासिन्दा तथा प्रशासन केही हदसम्म अनभिज्ञ हुनु स्वाभाविक हो तसर्थ स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीहरु र विज्ञहरुको टोली आएर अवलोकन, अध्ययन अनुगमन तथा व्यवस्थापन गर्नु उनीहरुको दायित्व हो। यसबाट स्थानीय प्रशासन तथा बासिन्दाको उपलब्धिमूलक सहयोग पाउँथ्यो भने कार्यरत् स्वास्थ्यकर्मीको मनोवल पनि बढ्ने थियो।
अब नयाँ संरचना निर्माण तथा व्यवस्थापन गर्दा अहिलेको आवश्यकतालाई मात्र हेरेर होइन, ३०–४० वर्षपछिकोलाई हेरेर गर्नुपर्ने हुन्छ। जब पूर्णरूपमा नयाँ निर्माण गर्नुपर्नेछ भने २०४० को दशकतिर तयारी गरेको जिल्ला अस्पताल मापदण्डअनुसार निर्माण गर्नु गल्ती हुनेछ र त्यो नियम पनि परिवर्तन गर्नु जरुरी छ। देशभरका लागि यसको सुरुवात केन्द्रबाट अपहेलितमध्ये १ जिल्ला जसका बासिन्दा स्वास्थ्यदेखि सबै जीविकोपार्जनका लागि भारतमा निर्भर छन्, यसै जिल्लाबाट सुरु होस्। कम्तीमा स्वास्थ्य सेवामा आत्मनिर्भर भई आत्मसम्मान गर्ने ठाउँ त पाऊन्।
नदीले घर (जमिनसमेत) तथा सम्पत्ति बगाएर विस्थापित भएका व्यक्ति र परिवारका ल्ाागि सरकारले प्रारम्भिक चरणमा केही सकारात्मक कदम चालेको त हो तर त्यसको निरन्तरता तथा दीर्घकालीन व्यवस्थापनमा चाहिँ स्पष्ट दृष्टिकोण तथा दिशानिर्देश नभएको भान हुन्छ। प्रथमतः पीडितहरूको उचित भौतिक पुनस्थापना हुनुपर्‍यो। लगातार वर्षाका कारण सडक मर्मत कार्यमा बाधा आएकाले नै अभाव र महँगीको मार दाचर््ाुलाबासीले खेप्नुपरेकोे छ भने राहत्ा र पुनस्र्थ्ाापना कार्यमा ढिलाइ भएको छ।
भविष्यमा अरु धनजनको क्षति नहोस् भन्नका खातिर मुख्यतः प्रकोपको सम्भावित क्षेत्रहरुमा आबादी गर्न नदिने/हटाएर सुरक्षित ठाउँमा पुनस्थापना गराउने तथा बचावटका लागि संरचनाको व्यवस्था गर्ने नीति लागु/बनाउनु आवश्यक देखिन्छ, चाहे त्यो बर्दिया द्वीपमा होस् या दार्चुला तथा अरु ठाउँमा। भौतिक संरच्ान्ााहरुको निर्माण (सडक पनि) प्रकृतिमुखी हुन्ाुपर्‍यो। बर्दियाको द्वीपमा अरु साथै प्रायः आदीवासीहरु बढी पीडित छन्। दार्चुलामा ठूलै संख्या सीमान्तकृत (दलित) वर्गका व्यक्तिहरु विस्थापित छन्। उनीहरुले घर सम्पत्ति गुमाउनुको पीडा त भोग्नु नै छ, त्यसमाथि घरवारविहीन हुँदा सामाजिक कुप्रथा (जातीय भेदभाव) को मार टड्कारोरूपमा खेप्नु परिरहेको छ। उनीहरुलाई उचित भौतिक पुनस्थापना मात्र नभएर आर्थिक, सामाजिक र मनोवैज्ञानिक पुनस्थापना जरुरी छ। यसमा सबै पक्ष तथा वर्गको सहयोग जरुरत छ। यही नै समय हो, सामाजिक भेदभाव अन्त गरौं। नत्र सबै रूपले पीडित व्यक्ति तथा परिवारमा मनोवैज्ञानिक तिक्तताको विकास भयो भने सरकार/संस्थाले यदि उपयुक्त तरिकाले पुनर्स्थापना गर्न खोजे पनि नतिजा त्यति राम्रो हुने छैन। यो कष्टपूर्ण प्राकृतिक प्रकोपको घटनालाई अरु पुनस्थापनाको व्यवस्था साथै स्कुल नजाने बच्चाहरुलाई स्कुल जाने बाध्यातामूलक व्यवस्था गरेर, बेरोजगारहरुलाई रोजगारमूलक (चाहे त्यो पारम्परिक पेसा होस्) तालिम दिएर स्वरोजगार अथवा सीपमूलक रोजगारयोग्य बनाउने र त्यसमा पनि सबै समान हुन् भन्ने आचरण तथा व्यवहार सबै पक्षले देखाएर आत्मसम्मानका साथ देशलाई विकासका लागि सहयोग तथा योगदान पुर्‍याउन सक्छन् भन्ने भावना स्थापित गराउने सुअवसरका रूपमा लिनुपर्छ।
स्थानीय हुन् वा राष्ट्रिय स्तरका विभिन्न दलका राजनीतिज्ञले यस्तो घडीमा व्यक्तिगत या दलको स्वार्थ हेरेर कदम नचाली यसलाई पीडितहरुलाई संरचनात्मक सहयोग गर्ने सुअवसरका रूपमा लिनुपर्छ।
दार्चुला जिल्ला, दार्चुला बजार र विषेशतः दार्चुला जिल्ला अस्पतालको मेरो भ्रमण यो (करिव ५ हप्ताअघि राहतका लागि) तेस्रो हो।  यो दुःखदायी प्राकृतिक प्रकोप दार्चुलाबासीका लागि मात्र नभएर सम्पूर्ण देशबासीका लागि नै पीडादायी छ। अहिले पनि पीडितहरुले दुःख भोग्नुपरिरहेको छ। दुर्भाग्यको कुरा हो, कष्ट र पीडाबाट नै चुनौतीसँग लड्न सक्ने क्षमता विकास हुन्छ, यो नै दार्चुलाबासीको सफल भविष्यको आधार बनोस् भन्ने कामना गरौं। यसबाट पाठ सिकी आवश्यक सुध्ाार कार्यहरु ल्ााग्ाु गरी भविष्यमा हुने धनज्ानको क्षतिबाट ज्ाोगिने अवसर अब खेर जान दिन सक्दैनौं।
त्रि.वि शिक्षण अस्पताल