विचार

हिमानीको दोलखा भ्रमणको भित्री कुरो

राजाको सक्रिय शासन व्यवस्था-पञ्चायतकालमा दोलखाका उप्रेती र खड्काहरु जिल्लाका मुख्य प्रतिनिधिहरु मानिन्थे। ती खड्काहरुको बसोबास भएको उत्तरी गाविस लादुक र उप्रेतीहरुको बसोबास भएको नाम्दु गाविस राजावादीहरुको आधारक्षेत्रजस्तै भएर अस्तित्वमा रहे। दोलखा जिल्लाको क्षेत्र नं १ मा पर्ने नाम्दुलाई केन्द्र बनाएर उप्रेतिले राज गरे भने क्षैत्र नं २ मा पर्ने लादुकलाई आधार बनाएर राजाको काज चलाए। वास्तवमा तिनै उप्रेति र खड्काहरुको अत्याचार र निरंकुशताको विरोध गर्दागर्दै अधिकांश दोलखालीहरु वामपन्थी बने भने दोलखा जिल्ला वामपन्थीहरुको भरपर्दो आधार क्षेत्र बन्यो। बहुदल स्थापनापछि सम्पन्न निर्वाचनहरुमा एमालेलाई मत जाहेर गर्दै आएको दोलखालीले पछिल्लो संविधानसभा निर्वाचनमा माओवादी पार्टीलाई दुवै क्षेत्रबाट अत्यधिक मतले विजयी गराएका हुन्।
विस्तृतमा

गुटहरूबीच तेस्रो धार

नेपाली कांग्रेसको बाह्रौँ महाधिवेशनमा तेस्रो धारका तर्फबाट सभापतिको उम्मेदवारी घोषणा गरेका भिमबहादुर तामाङ बुधबार बिहान कार्यकर्तासँगको मोबाइल वार्तामा भन्दै थिए 'सक्कली कांग्रेस छुट्याउन साहैै ग्राहो परिरहेको छ, भिडमा।' आफ्नो निवासमा जम्मा भएका आठ दस जना कांग्रेस कार्यकर्तामाझ छट्टुहरूको चरित्र चित्रण गरिरहेका तामाङले फोनमा आफ्नो उम्मेदवारीको औचित्य प्रष्ट्याइरहेका थिए। उनी फोन गर्नेलाई आश्वस्त पार्दै थिए, -'त्यै त गुटबन्दीको विरोधमा उत्रिएको।' तामाङ र महामन्त्रीका उम्मेदवार नरहरि आचार्य अहिले आफूहरूलाई मूलतः गुटबन्दीविरोधी अभियानकर्ताका रूपमा प्रस्तुत गरिरहेका छन्। सभापतिका अरू दुई उम्मेदवार कार्यवाहक सभापति सुशील कोइराला र पार्टीका वरिष्ट नेता शेरबहादुर देउवा अनि तामाङ सबै महाधिवेशन प्रतिनिधिको मन जित्न चाहन्छन्। कोइराला, देउवा र तामाङका आआफ्नै समस्या र चुनौती छन्। यसैले होला, उनीहरूका चुनावी रणनीतिमा पनि भिन्नता देखिन्छ।
विस्तृतमा

अन्तरविरोधमा माओवादी

मुलुक चार वर्षदेखि संक्रमणकालीन अवस्थामा छ तर, त्यसभन्दा पनि चर्को संक्रमणमा एकीकृत नेकपा (माओवादी)। शान्तिपूर्ण रूपान्तरण वा सशस्त्र युद्ध? नयाँ संविधान वा जनविद्रोहमार्फत् सत्ता कब्जा? प्रमुख दुस्मन घरेलु सामन्तवाद कि 'भारतीय विस्तारवाद'? यस्ता प्रश्नमा अहिले माओवादीभित्र भिन्नभिन्न कोणबाट विचार उठिरहेका छन्।
विस्तृतमा

डीएनए परीक्षणको विश्वसनीयता

चितवनकी नीता गुरुङले २०५८ माघ ४ मा आफूले जन्माएको छोराका बाबु राजीव गुरुङ भएको जिकिर गरे पनि राजीवले बच्चालाई आफ्नो छोरा स्वीकार नगरेपछि उनले अदालतमा मुद्दा दायर गरिन्। मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो। खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको डीएनए परीक्षणले बच्चाका बाबु राजीव होइनन् भन्ने प्रतिवेदन दियो। सञ्चारमाध्यममा आएको समाचारअनुसार सर्वोच्च अदालतबाट डीएनए परीक्षणको नतिजालाई इन्कार गर्दै जिल्ला र पुनरावेदन अदालतको पूर्व फैसलालाई नै सदर गरी बच्चाको बाबु राजीव नै भएको ठहर गरियो।
विस्तृतमा

दलितका लागि ऐन

कानुन नभएको समाजमा अराजकताले प्रश्रय पाउँछ। यसैले मुलुकलाई सही प्रक्रियाबाट सञ्चालन गर्न कानुन बनाइन्छ। कानुने व्यक्तिलाई समाज र राष्ट्रप्रति जिम्मेवार बनाउनुका साथै सही बाटोमा हिड्न बाध्य गर्छ। नेपालमा धेरै ऐन कानुन सामाजिक न्याय र समानताका पक्षमा बनाइएका छन्। तर यी कानुन पर्याप्त भने छैनन्। उदाहरणका लागि स्थानीय स्वायत्त शासन ऐनले दलितहरूको राजनीतिक सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेको छ तर अहिले पनि दलितको राजनीतिमा पहुँच अपेक्षाकृत कमै छ।
विस्तृतमा

रूपान्तरण एमालेको

संविधान सभाको चुनाबमा आफ्ना केही सहयोगी हारेपनि पार्टीभित्रका प्रतिद्वन्द्वीलाई हराउन सफल भएकोमा नेकपा (एमाले)मा नेता झलनाथ खनाल अत्यन्तै खुसी भएका थिए रे।
विस्तृतमा

बौद्ध अर्थतन्त्रमा वृद्धि

अद्वितीय सौन्दर्य, सांस्कृतिक सम्पन्नता, प्रेरक आत्मचिन्तन भएको हिमाली अधिराज्य भुटानबाट म हालै फर्केको हुँ। त्यहाँको विशिष्ट अभ्यासबाट विश्वकै चाखलाग्दा आर्थिक र सामाजिक प्रश्न खडा भएका छन्।
विस्तृतमा

उद्योगी रिझाउने दाउमा मन्त्री

गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको आरोपमा कारबाही खेपिरहेका ६ स्वदेशी उद्योगलाई बधाई - मन्त्रीको कृपाले कारबाहीबाट उन्मुक्ति पाएकामा।

तपाईंलाई लाग्नसक्छ, यिनले उन्मुक्ति कसरी पाए?

वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोले छवटै ब्रान्डका सिमेन्टको 'फेरि गुणस्तर परीक्षण गर्न र त्यसबाट आउने नतिजापछि मात्र कारबाही गर्न' वाणिज्य विभागलाई निर्देशन दिए।

विस्तृतमा

बाहुनवाद!

दलित तथा जनजाति जागरणपछि नेपालमा एउटा शब्द बहुचर्चित छ, बाहुनवाद। यो शब्द सुन्नेबित्तिकै सिंगै ब्राह्मण समुदाय आफ्नो अपमान भएको महसुस गर्छ। साँच्चै बाहुनवाद ब्राह्मण समुदायलाई अपमान गर्न बनेको शब्द हो त? कुरा त्यस्तो होइन।
विस्तृतमा

दोरम्बा र दण्डहीनता

चर्चित दोरम्बा घटनासम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले गठन गरेको समितिले प्रतिवेदन बुझाएको सात वर्ष पुगेको छ। नेकपा (माओवादी) र तत्कालीन श्री ५ को सरकारबीच युद्धविराम र वार्ता हुँदै गरेको अवस्थामा ३२ श्रावण, २०६० मा रामेछापको दोरम्बा गाउँमा १९ जना शंकास्पद माओवादीको सामूहिक हत्या भएको थियो।
विस्तृतमा

कांग्रेस महाधिवेशनका चुनौती

बाह्रौं महाधिवेशनपछिको नेपाली कांग्रेस कस्तो होला? मूल नेतृत्वमा को आउला? कस्तो नेतृत्व छानिएला? यतिखेर देश र विदेश सबै कांग्रेसजनमा यही उत्सुकता छ। कांग्रेसको आसन्न महाधिवेशन विशेष परिस्थतिमा भइरहेको छ। पार्टीमा २००७ सालको क्रान्ति सम्पादन गरेको पुस्ता छैन। पार्टी स्थापनाकालका नेता कृष्णप्रसाद भट्टराई पार्टीसँग आफ्ना सैद्धान्तिक र नीतिगत मतभेद दर्शाएर पार्टीबाट अलग्गिनु भएको छ।
विस्तृतमा

बेपत्ता व्यक्तिको अनुहार

जनकपुरमा कुनै बेला डा. लक्ष्मीनारायण झाको नाम लिनासाथ सुन्नेहरू श्रद्धावश शिर निहुराउँथे। टाउको निहुरिनुका पछाडि सम्मानका साथै ग्लानि अंश पनि मिसिएको हुन्थ्यो। उनी मैथिलहरूको हक एवं अधिकार तथा नेपालीहरूको लोकतान्त्रिक आकांक्षा मुखर गरेको आरोपमा दिनदहाडै आफ्नो क्लिनिकबाट सुरक्षा संयन्त्रद्वारा 'अपहरित' भएका थिए। तर, दासताको मौनले छोपिएका नगरवासी उनको पक्षमा आवाज उठाउनसमेत सकेनन्। उनको सपनाको संघीय गणतन्त्र अब संस्थागत हुने क्रममा छ। त्यस युष्द्रष्टाको 'अपहरण' भएको २०४२ असार २ गतेपछि मुलुकले २५ आँधीबहेरी बेहोरिसकेको भए पनि उनको भने अझै अत्तोपत्तो छैन।
विस्तृतमा

लोकतन्त्रको धुरी कि माओवादीको बाँसुरी?

एक जना गोज्यांग्रो तरुल खन्न वनमा गएछ। चिसो भूइँमा तरुल खन्दा उसको जीउ कठ्यांग्रिएछ। मरेको मान्छेको जीउ चिसो हुन्छ भन्ने सुनेकाले उसले आफूलाई मरेको ठान्यो। त्यही बेला त्यहाँ एक जना बटुवा आइपुगेछ। बटुवाले ऊसँग सोधेछ त्योे बाटोबाट गए गाउँमा पुगिन्छ कि वनमै हराइन्छ। तरुल खन्नेले उत्तर दिएछ - म जिउँदो छँदा यस बाटोबाट जाँदा गाउँमै पुगिन्थ्यो। अहिले कहाँ पुगिन्छ मलाई थाहा छैन। बिचरो बटुवा झन् अलमलमा परेछ।
विस्तृतमा

कांग्रेस र बहुलवाद

नेपाली कांग्रेसको महाधिवेशन तयारीका क्रममा भएका स्थानीय तहका निर्वाचन र अधिवेशनले जनतामा कार्यकर्तामा उत्साह र जनतामा चाख जगाएको छ। पहिलो पटक सबै गाउँ विकास समितिमा र नगरपालिकाका वडाहरूमा विधिवत समितिहरू गठन भएका छन्। यस क्रममा कांग्रेसका भातृ तथा शुभेच्छुक संगठनसमेत सक्रिय रहे। यस क्रममा कम्तीमा दस लाख कांगे्रस कार्यकर्ता र समर्थकहरु क्रियाशील थिए। यस क्रियाशीलताले कांगे्रसले शान्ति, प्रगति र समानताका लागि काम गर्न सक्छ भन्ने पुष्टि भएको छ।
विस्तृतमा

आँगनै टेढो हो र?

नेपालीमा एउटा उखान छ - ‘नाच्न नजान्ने आँगन टेढो।' नाच्न नजानेपछि लाज पचाएर आँगनलाई दोष दिने मानवीय स्वभाव हो। नेपाली राजनीतिमा पनि बेलाबखत आँगनै टेढो भन्ने नकच्चराहरू देखापर्ने गरेका छन्। मनमानी शासन गर्ने रहर पालेका कतिलाई लोकतान्त्रिक अभ्यासै अप्ठेरो र त्रुटिपूर्ण लाग्नसक्छ। कार्यान्वयन गर्ने ढंग, बुद्धि वा नियतमा खोट भएकाले पनि पद्धतिलाई दोष दिने गर्छन्।
विस्तृतमा

चक्रव्यूहमा तामाङ

राजनीतिक पार्टीमा गुट हुनु सामान्य हो। पार्टीहरूको निर्माण नै सैध्दान्तिकरूपमा निश्चित् दर्शनप्रति प्रतिबध्द व्यक्तिहरूको जमघटबाट हुन्छ। एउट दर्शनको फरकफरक व्याख्या र विश्लेषण हुनु पनि स्वाभाविकै हो। गुटको निर्माण त्यही व्याख्या र विश्लेषणको आधारमा हुने गर्छ। तर, सुदृढ नेतृत्व र सर्वसम्मत निर्णयपछि त्यस गुटको अस्तित्व मूलधारमै समाहित हुन्छ। वैचारिक बहस र सर्वसम्मत निर्णयबाट असहमत रहेर अलग्गै बस्न थालेपछि भने गुटबन्दी सुरु हुन्छ। पार्टी विवादको दलदलमा भासिन्छ। सिध्दान्त भर्सेलामा पर्छ।

विस्तृतमा

अमेरिकी आरोपको निहितार्थ

विश्वको एकल अति महाशक्ति दाबी गर्ने देश हो अमेरिका। कसैसँग निहुँ खोज्नुपर्‍यो भने अमेरिकाले कुनै पनि देशको नामलाई आतंकवादसँग जोड्ने गर्छ। इराक र आफगानिस्तानलाई आतंकवादसँग नाम जोडेरै उसले ती देशमाथि युद्ध थोपरिसकेको छ। ओसामा बिन लादेनको नेतृत्वमा चलेको अल-कायदासँग सम्बन्ध रहेको आरोप लगाउँदै अमेरिकाले ती देशमाथि हिंसाचार गरिरहेको छ। हुनत, लादेन र अल-कायदालाई भष्मासुर बन्ने शक्तिसहित वरदान दिने त अमेरिकै हो। तैपनि ऊ नयाँ सिकार खोज्दै हिँड्छ, आतंकवादको आरोप लाद्ने नियतका साथ।

विस्तृतमा

सांस्कृतिक राजाको वास्तविकता

केही समय यता फेरि ‘सांस्कृतिक राजा'को हल्ला चलाइएको छ। संविधान सभा निर्वाचन पूर्व यसैगरी ‘बेबी किंग'को नारा दिइएको थियो। ‘बेबी किंग'को प्रसंग त्यति बेला गिरिजाप्रसाद कोइरालाले उठाएका थिए। त्यो नायबी कायम राखेर सेनालाई आफ्नो हित अनुकूल प्रयोग गर्ने र नेपालको राष्ट्रिय सुरक्षालाई प्रभावित गर्ने रणनीति थियो। त्यसो हुन नसकेपछि संविधान सभा निर्वाचनपछि तर गणतन्त्र घोषणा पूर्व एनेकपा (माओवादी)का उपाध्यक्ष बाबुराम भटराईले सांस्कृतिक राजा राख्न सकिने धारणा सार्वजनिक गरेका थिए। यसमा पनि सफल हुन नसकेपछि राजसंस्थाबारे जनमत संग्रह गर्ने प्रस्ताव अगाडि सारियो।
विस्तृतमा

अब त अति भो!

पाँचौ पटकको मतदानमा पनि प्रधानमन्त्री छानिन सकेन। प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएको दुई घन्टामै नयाँ सरकार बन्ने हुँकार एमालेको एउटा गुट र एनेकपा माओवादीका नेताले पटकपटक गरेका थिए। दुई घन्टा होइन, दुई महिना बित्न लाग्दा पनि नयाँ सरकार बन्न सकेको छैन। यसबाट नेताहरूको चरम अयोग्यता प्रदर्शन हुनुका साथै जनतामा वर्तमान व्यवस्थाप्रति नै नैराश्यत पैदा भएको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको साख गिरेको छ। विकास निर्माणका काम ठप्प छन्। शान्ति सुरक्षा दिनप्रतिदिन गिर्दो छ। भ्रष्टाचार चरम सीमामा पुगेको छ। यही भदौ महिनाभित्र पूरक बजेट पारित नहुने हो भने कर्मचारीले दसैं पेस्की नपाउने र आर्थिक गतिविधि ठप्प हुने चेतावनी अर्थ मन्त्रालयले संसद् सचिवालयलाई दिएको छ। भदौ महिनामा सरकार बन्ने संभावनै कम छ भने बजेट पारित कसरी होला र? मुलुक इतिहासमा कहिल्यै नभोगेको दुर्दान्त दुर्घटनातर्फ धकेलिएको छ र निकास दिनुपर्ने राजनीतिक दलका नेता किंकर्तव्य विमूढ देखिन्छन्।

विस्तृतमा

घुँडाको बकबक

यो गाईजात्राको याम हो। यो झल्ला यामको मौका छोपेर हास्यकर्मीको थामिनसक्नु भिड झल्ला हास्यको सुतीखेती गर्नमा निमग्न छ। बौद्धिक र सांस्कृतिक चेतनाको तह खासै उन्नत छैन। न त छ सौन्दर्य चेतनाको गहन बोध नै। राजनीतिक यथार्थको सतहका झल्ला तथ्यलाई उधिन्छन्, परिवेशमा कुहीगन्ध प्रवाहित गर्छन्, आफैँ झल्ला हाँसो हाँस्छन् र अरूलाई हाँस्न बाध्य तुल्याउँछन्। काँचका पर्दामा हास्यकर्मीको अरुचिकर रामरमिता हेरेँ। र, यसको स्तरहीनताबाट म त्यसैत्यसै खिन्न भएँ।

विस्तृतमा

प्रजातन्त्रका नाममा नवसामन्तवाद

आर्थिक र सामाजिक रुपान्तरणको प्रश्न राजनीतिक शक्ति सन्तुलनसँग गांँसिएको हुन्छ। कतिपय अवस्थामा राजनीतिक परिवर्तन भएको देखिए पनि यसले खासै आर्थिक र सामाजिक रूपान्तरण गर्न सकेको हुंदैन। यस अर्थमा जुनसुकै परिवर्तनमा पनि यसको औपचारिकता र यथार्थबीचको दूरी कति फराकिलो छ भन्ने प्रश्न महत्वपूर्ण हुन्छ। कतिपय अवस्थामा औपचारिकरूपमा युग परिवर्तनको घोषणा गरिए पनि यथार्थमा त्यसको खासै प्रभाव हुँदैन। यसको ठीक उल्टो कतिपय अवस्थामा साना सीमान्तकारी र संरचनागत परिवर्तनको पनि समष्टिगत योग समयको अन्तरालमा क्रान्तीकारी परिवर्तनको संवाहक हुन पुग्छ।

विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  Next 
  •  End 
  • »
onlineversion

विचार