तपाईंलाई लाग्नसक्छ, यिनले उन्मुक्ति कसरी पाए?
वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोले छवटै ब्रान्डका सिमेन्टको 'फेरि गुणस्तर परीक्षण गर्न र त्यसबाट आउने नतिजापछि मात्र कारबाही गर्न' वाणिज्य विभागलाई निर्देशन दिए।
राजनीतिक पार्टीमा गुट हुनु सामान्य हो। पार्टीहरूको निर्माण नै सैध्दान्तिकरूपमा निश्चित् दर्शनप्रति प्रतिबध्द व्यक्तिहरूको जमघटबाट हुन्छ। एउट दर्शनको फरकफरक व्याख्या र विश्लेषण हुनु पनि स्वाभाविकै हो। गुटको निर्माण त्यही व्याख्या र विश्लेषणको आधारमा हुने गर्छ। तर, सुदृढ नेतृत्व र सर्वसम्मत निर्णयपछि त्यस गुटको अस्तित्व मूलधारमै समाहित हुन्छ। वैचारिक बहस र सर्वसम्मत निर्णयबाट असहमत रहेर अलग्गै बस्न थालेपछि भने गुटबन्दी सुरु हुन्छ। पार्टी विवादको दलदलमा भासिन्छ। सिध्दान्त भर्सेलामा पर्छ।
विश्वको एकल अति महाशक्ति दाबी गर्ने देश हो अमेरिका। कसैसँग निहुँ खोज्नुपर्यो भने अमेरिकाले कुनै पनि देशको नामलाई आतंकवादसँग जोड्ने गर्छ। इराक र आफगानिस्तानलाई आतंकवादसँग नाम जोडेरै उसले ती देशमाथि युद्ध थोपरिसकेको छ। ओसामा बिन लादेनको नेतृत्वमा चलेको अल-कायदासँग सम्बन्ध रहेको आरोप लगाउँदै अमेरिकाले ती देशमाथि हिंसाचार गरिरहेको छ। हुनत, लादेन र अल-कायदालाई भष्मासुर बन्ने शक्तिसहित वरदान दिने त अमेरिकै हो। तैपनि ऊ नयाँ सिकार खोज्दै हिँड्छ, आतंकवादको आरोप लाद्ने नियतका साथ।