उपेन्द्र यादव

आर्मीले जित्यो सिमरा गोल्डकपको उपाधि

शनिबार, ०५ फागुन २०७४

रुस्लान नवौ सिमरा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। सिमरा रङ्गशालामा शनिबार भएको प्रतियोगिता अन्तर्गतको फाइनल खेलमा आर्मीले  थ्रिस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्यो।

सिमरा गोल्डकपको उपाधि उचाल्ने थ्रिस्टार र आर्मीको दाबी

शुक्रबार, ०४ फागुन २०७४

रूस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र थ्रिस्टार क्लबबीच शनिबार सिमरा रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ। दुबै टिमले उपाधि आफूले जित्ने दाबी गरेका छन्।

त्रिभुवन आर्मीे फाइनलमा

शुक्रबार, ०४ फागुन २०७४

वीरगन्ज युनाइटेड क्लबलाई ३–० ले स्तब्ध पार्दै त्रिभुवन आर्मी क्लब सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आर्मी सिमरा गोल्डकपको फाइनलमा, उपाधि भिडन्त थ्रिस्टारसँग

बिहिबार, ०३ फागुन २०७४

त्रिभुवन आर्मी क्लब वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गर्दै रुस्लान नवौं सिमरा गोल्डकपको फाइनल प्रवेश गरेको छ।

बढी भार बोक्ने भारतीय नम्बर प्लेटका गाडी कारबाहीमा

बिहिबार, ०३ फागुन २०७४

मध्य क्षेत्रीय ट्राफिक प्रहरीले मापदण्डविपरीत र अनुमतिभन्दा बढी भार बोकेर भित्रिएका भारतीय नम्बर प्लेटका मालवाहक सवारीसाधनलाई कारबाही गरेको छ।

थ्री स्टार क्लब उपाधिनजिक

बिहिबार, ०३ फागुन २०७४

विराटनगरको मोरङ फुटबल क्लबलाई ४–२ ल पराजित गर्दै रुस्लान थ्री स्टार क्लब रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।सिमरा रंगशालामा बुधबार भएको खेलमा थ्री स्टारका सुनील बलले २ तथा विष्णु गुरुङ र अनन्त तामाङले समान १ गोल गरे भने मोरङका कर्ण लिम्बुले खेलको अन्तिम समयमा २ गोल गरे पनि हार टार्न सकेनन्।

थ्रीस्टार सिमरा गोल्डकपको उपाधि नजिक

बुधबार, ०२ फागुन २०७४

विराटनगरको मोरङ फुटबल क्लबमाथि ४–२ को जित निकाल्दै रुस्लान थ्रीस्टार नवौं सिमरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

भारतीय गाडीमाथि कारवाही सुरु

बुधबार, ०२ फागुन २०७४

मापदण्ड विपरीत र अनुमति भन्दा बढी भार बोकेर भित्रिएका भारतीय नम्बर प्लेटका मालबाहक सवारी साधनलाई मध्य क्षेत्रिय ट्राफिक प्रहरीले कारबाही गरेको छ।

सिमरा गोल्डकप : संकटालाई हराउँदै वीरगञ्ज सेमीफाइनलमा

मङ्गलबार, ०१ फागुन २०७४

संकटा क्लबलाई पराजित गर्दै वीरगञ्ज युनाइटेड क्लब रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा मंगलबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन संकटा क्लबलाई  ०–१ गोल अन्तरले पराजित गर्दै वीरगञ्ज युनाइटेडले सेमीफाइनल सम्मको यात्रा तय गरेको हो।

आर्मी सेमीफाईनलमा

सोमबार, २९ माघ २०७४

जर्जप्रिन्स कार्कीको उत्कृष्ट प्रदर्शनले त्रिभूवन आर्मी क्लबले सशस्त्र प्रहरी वलको एपिएफ क्लबलाई ०–४ गर्दै नवौं सिमरा गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ ।सिमरा रङ्गशालामा भएको खेलमा जर्जप्रिन्स कार्कीको २, नवयूग श्रेष्ठ र दिनेश हेम्जनले समान १ गोलले गर्दा आर्मीले एपिएफलाई पराजित गर्दै सेमी फाईनलमा प्रवेश गरेको हो ।

एपिएफ अन्तिम आठमा

शनिबार, २७ माघ २०७४

रन्जन विष्टको उत्कृष्ट प्रदर्शनको मद्दतले सशस्त्र प्रहरीको विभागीय टोली एपिएफले नवजनजागृती यूवा क्लब सिमरालाई २–० गोल अन्तरले हराउँदै क्वाटर फाईनलमा प्रवेश गरेको छ ।सिमरा रंगशालामा भएको खेलमा घरेलु टोली नजागृतीलाई पाखा लगाउँदै एपिएफले क्वाटर फाईनलमा त्रिभुवन आर्मी क्लबसंगको भेट पक्का गरेको हो ।

आयोजकको विजयी शुरुवात

शुक्रबार, २६ माघ २०७४

हेटौंडाको विजय युथ क्लबलाई ४–१ गोल अन्तरले पाखा लगाउँदै एनजेजेवाइसीले अन्तिम ८ मा आफूलाई सुरक्षित बनायो ।

हुलाकी राजमार्ग फराकिलो बनाउन माग

मङ्गलबार, १६ माघ २०७४

वीरगन्ज–कलैया–बरियारपुर हुलाकी सडक खण्ड फराकिलो गरी निर्माण जननिर्वाचित प्रतिनिधिले माग गरेका छन् । सडक फराकिलो नगरी पुरानै संरचनामा फेरि निर्माण गर्न लागेपछि त्यसको विरोध सुरु भएको हो ।

विभिन्न अपराधमा संलग्न चार पक्राउ

आइतबार, १४ माघ २०७४

प्रहरीले विभिन्न अपराधमा संलग्न चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो।

विद्युत् महसुल उठाउन र चुहावट नियन्त्रणमा सहयोग गर्न आग्रह

आइतबार, १४ माघ २०७४

नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रका अधिकारीले विद्युत् महसुल बक्यौता उठाउन र चुहावट नियन्त्रण गर्ने कार्यमा सहयोग गर्न स्थानीय जनप्रतिनिधिसँग आग्रह गरेका छन्।

भारतले पानी नछाड्दा किसान समस्यामा

सोमबार, ०८ माघ २०७४

भारतीय पक्षले गण्डक नहरमा पानी नछाड्दा हिउँदे बाली लगाएका किसान समस्यामा परेका छन् । गण्डक नहरको पानीको भरमा हिउँदे बाली लगाएका बारा र पर्सा जिल्लाका हजारौं किसान सिँचाइ गर्न पानी नपाएपछि समस्यामा परेका हुन् ।

नेपाली सेनाद्वारा शितलहर पीडितलाई कम्बल वितरण

शुक्रबार, ०५ माघ २०७४

नेपाली सेनाको चन्दननाथ गणले शुक्रबार शितलहर पीडितहरुलाई कम्बल बितरण गरेको छ। कलैया उपमहानगरपालिका १७ मा रहेको गणले जितपुरसिमरा उपमहानगरपालिकाको बिभिन्न टोलका दुई सय जना अति बिपन्न गरिब परिवारलाई कम्बल बितरण गरेको हो।

वीरगञ्जमा राजधानी माग्दै प्रदर्शन, दुई गाडीमा तोडफोड

बिहिबार, ०४ माघ २०७४

प्रदेश नम्बर २ को अस्थायी राजधानी वीरगञ्जलाई नतोकिएको भन्दै बारा, पर्सामा बिहीबार दिनभर बिरोध प्रदर्शन गरिएको छ। सरकारले बुधबार जनकपुरलाई अस्थायी राजधानी तोकेपछि बारा, पर्सामा बिरोध प्रदर्शन भएको हो।

नेपाली भूमि मिचेर सीमा स्तम्भ

बिहिबार, ०४ माघ २०७४

वीरगन्ज–१ छपकैयामा नेपाली पक्षको कमी कमजोरीले गर्दा नेपालको भू–भाग मिचेर सीमा स्तम्भ नेपाली भूमिमा गाड्न लागिएको स्थानीयले गुनासो गरेका छन्।

वीरगञ्जलाई राजधानी नबनाइएको भन्दै प्रदर्शन

बिहिबार, ०४ माघ २०७४

प्रदेश नम्बर २ को अस्थायी राजधानी वीरगन्जलाई नतोकिएको भन्दै बारा, पर्सामा बिहीबार बिहानै देखि विरोध प्रदर्शन शुरु भएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।