अमर खड्का

विकास र समृद्धिको गन्तब्यमा कही–कतै अलमल नगरौं : मुख्य मन्त्री राई

शुक्रबार, ०४ फागुन २०७४

प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले अब देश नयाँ चरणमा प्रवेश गरि सकेकाले विकास र समृद्धिको गन्तब्यमा सबै एक ढिक्का भएर अघि बढनुपर्ने बताएका छन् । मुख्य मन्त्रीको सपथपछि पहिलोपटक शुक्रबार (आज) इटहरीमा आयोजित औपचारिक कार्यक्रममा उनले जनताको चाहना विकास, समृद्धि र सम्पन्नता रहेकाले यसको प्राप्तिमा अब कही–कतै अलमल नगरिकन प्रदेश सरकार अघि बढ्ने प्रतिबद्धता जनाए।

हात्तीको आक्रमणबाट दुईको मृत्यु

मङ्गलबार, ०१ फागुन २०७४

जंगली हात्तीको आक्रमणबाट सप्तरी कञ्चनपुरका दुई महिलाको मृत्यु भएको छ। मंगलबार दिउँसो कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुगेका कञ्चनपुर वडा नं. ५ की ४५ बर्षीया दुर्गी मुखिया र सोही ठाउँकी ३५ बर्षीया मञ्जुदेवी साहको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

एमाले संसदीय दलमा तीन प्रतिस्पर्धी

मङ्गलबार, २३ माघ २०७४

प्रदेश १ मा नेकपा एमाले संसदीय दलको नेता चयनका लागि माघ २६ गते निर्वाचन हुने भएको छ । दलको नेता बन्न तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ।

‘गुपचुप’ मा मिलापत्र भएको बलात्कार घटनाको छानबिन

सोमबार, २२ माघ २०७४

बलात्कारको घटनामा पीडित पक्षलाई उजुरी नदिन अनेक प्रलोभन दिएर मिलापत्र गरिएको थियो । घटना त्यति बेला सामसुम भए पनि प्रहरीका उच्च अधिकारीसम्म सूचना पुगेपछि छानबिन समिति गठन भएको हो।

४३ वर्षपछि चौधरी ग्रुप फेरि पूर्वमा फर्कियो

सोमबार, १५ माघ २०७४

मुलुकको सबैभन्दा ठूलो व्यावसायिक घराना चौधरी ग्रुप चार दशकपछि पूर्वी क्षेत्रमा लगानी गर्न फर्किएको छ ।

चौधरी ग्रुपले सुनसरीमा औद्योगिक पार्क निर्माण गर्ने

आइतबार, १४ माघ २०७४

उद्योगपति विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपले प्रदेश नम्बर १ स्तरीय औद्योगिक पार्क निर्माण गर्ने भएको छ। औद्योगिक पार्क निर्माण गर्नका लागि आइतबार सुनसरी गढी गाउँपालिकाको वडा नं. २ मा चौधरी ग्रुपको ब्रान्ड वाइ वाई चाउचाउको प्लान्ट स्थापना गर्न शिलान्यास गरियो।

मदन भण्डारी गोल्डकपको उपाधि थ्रीस्टारलाई

शनिबार, १३ माघ २०७४

थ्रीस्टार क्लब काठमाडौले इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधि चुमेको छ। शनिबार इटहरी रंगशालामा भएको फाइनल खेलमा थ्रीस्टारले मनाङ् मस्र्याङ्दी क्लब काठमाडौलाई १–० गोलले हराउदै उपाधि चुमेको हो।

उपाधि लक्ष्यमा थ्री स्टार र मनाङ

शनिबार, १३ माघ २०७४

फुटबलमा सामान्यतया इतिहास र वर्तमानको प्रदर्शनकै आधारमा जित्ने टोलीको अनुमान गरिन्छ । थ्रिस्टार र मनाङ मस्र्याङदी क्लब काठमाडौं इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिका लागि शनिबार (आज) भिड्दै छन । मोफसलकै सर्वाधिक पुरस्कार राशीको गोल्डकप फुटबलमा चिर–परिचित यी दुवैले आफूलाई उपाधिको हकदार दावी गरेका छन् ।

मनाङ मर्स्याङदी फाइनलमा

शुक्रबार, १२ माघ २०७४

भारतको गरिफा स्र्पोटिङ क्लबमाथि ३–० को सहज जित निकाल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगको महारथी लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लब मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आयोजक र कोलकत्ता भिड्दै

मङ्गलबार, ०९ माघ २०७४

सुनसरीको इटहरीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा स्पोर्टिङ्ङ क्लब कोलकोताका भारत भिड्दैछन।

‘एक करोड मूल्यका बल्ब खरीदका त्रुटी छ’

शुक्रबार, ०५ माघ २०७४

इटहरी उपमहानगरपालिकाले सिएफएल बल्ब खरीद प्रक्रियाका दोषीलाई कारबाही गर्न कानुनी जटिलता भएको जनाएको छ। बिना प्रतिस्पर्धा झन्डै एक करोड रुपैयाँ बराबरका सिएफएल बल्व खरिदमा त्रृटि भएको ठहर भए पनि कानुनी जटिलताका कारण दोषीलाई सिधै कारबाही गर्न समस्या भएको उपमहानगरपालिकाले जनाएको हो।

एथलेटिक्समा २२ स्वर्णसहित आर्मी पहिलो

बुधबार, २६ पुष २०७४

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत इटहरीमा मंगलबार सम्पन्न राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको अन्तिम दिन पाँच स्वर्ण पदक जित्दै समग्रमा २२ स्वर्ण पदकका साथ टिम च्याम्पियन बनेको छ ।

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाल च्याम्पियन

बुधबार, १९ पुष २०७४

अन्तर्राष्ट्रिय ओपन फ्रेडसिप तेक्वान्दो च्याम्पियनसिपमा नेपालले सफलता प्राप्त गरेको छ । इटहरी रंगशालाको कर्भडहलमा मंगलबार सकिएको खेलमा नेपालले ५७ स्वर्ण, ४२ रजत र ५२ कास्य जितेर च्याम्पियन भएको छ ।

तेक्वान्दोमा नेपाली खेलाडीको वर्चस्व

मङ्गलबार, १८ पुष २०७४

अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले वर्चस्व कायम गरेका छन् । सोमबारबाट इटहरी रंगशालाको कर्भडहलमा सुरु भएको च्याम्पियनसिपमा नेपालकी पुष्पा श्रेष्ठले महिला ३७ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी छन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेलाइएको खेलमा पुष्पाले नेपालकै अनुजा परियालाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।

इटहरी चोकमा प्रहरी र चालक समूहबीच झडप

शुक्रबार, ०७ पुष २०७४

सिटी सफारी चालकहरुको समूह र प्रहरीबीच इटहरी चोकमा झडप भएको छ। प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरी भिडलाई तितरबितर पारेको छ। एक घन्टादेखि चोक ठप्प पार्दै सिटी सवारी चालकहरुले प्रदर्शन गरिरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो।

सुनसरीमा बिजयको डब्बल ह्याट्रिक

बुधबार, २७ मङि्सर २०७४

काँग्रेसका नेता बिजयकुमार गच्छदारले सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधीसभा सदस्यमा विजयी भइ डब्बल ह्याट्रिक गरेका छन् । बिजय बाम गठबन्धन एमालेकी उम्मेदवारी भगवती चौधरीलाई ३२१ मत अन्तरले हराउँदै विजयी भएका हुन्।  बिजयले ३८ हजार ९७२ मत ल्याए भने भगवतीले ३८ हजार ६५१ मत ल्याइन्। संविधानसभा दोस्रो निर्वाचनमा पनि बिजयले भगवतीलाई झिनो मतान्तरले हराएका थिए।

गच्छदारको क्षेत्रमा मतगणना पुन: सुरु

मङ्गलबार, २६ मङि्सर २०७४

नेपाली काँग्रेसका नेता विजय गच्छदार र एमालेकी भगवती चौधरीबीच तीब्र प्रतिस्पर्धा भइरहेको सुनसरी-३ को मतगणना आज अपरान्हदेखि सुरु भएको छ ।  एमालेका प्रतिनिधिहरु मतगणनामा बस्ने वा नबस्ने भन्नेमा दोधारमा छन् ।

गच्छदार उम्मेदवार रहेको क्षेत्रमा मत गणना स्थगित

सोमबार, २५ मङि्सर २०७४

नेपाली काँग्रेसका नेता विजय गच्छदार र एमालेकी भगवती चौधरीबीच तीब्र प्रतिस्पर्धा भइरहेको सुनसरी-३ को मतगणना स्थगित भएको छ। छैटौं पटक उम्मेदवार बनेका गच्छदारलाई बाम गठबन्धनको तर्फबाट उम्म्मेदवार बनेकी चौधरीले सुरुदेखि नै पछि पारिरहेकी छिन्।

सुनसरीमा एमालेको विजयी सुरुवात

आइतबार, २४ मङि्सर २०७४

सुनसरीमा बाम गठबन्धनको एमालेले विजयी सुरुवात गरेको छ । क्षेत्र नं १ को प्रदेश क तर्फ बाम गठबन्धन (एमाले)का प्रदिप भण्डारी विजयी भएका छन् ।

सुनसरीको दुइटामा एमाले र दुइटामा कांग्रेस अगाडि

शनिबार, २३ मङि्सर २०७४

प्रदेशसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधसभामा बाम गठबन्धनका उम्मेदवार जयकुमार राईको अग्रता कायमै छ । जयकुमारले छ हजार ५४३ मत ल्याएका छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।