नागरिक

नागरिक

उपसभामुखमा उपमा देव निर्वाचित

शनिबार, ०५ फागुन २०७४

प्रदेश २ को उपसभामुखमा संघीय समाजवादी फोरम नेपालकी उपमाकुमारी देव निर्वाचित भएकी छिन् । सप्तरीबाट समानुपातिक कोटामा प्रदेशसभा सदस्य भएकी देव राजपा समर्थनमा निर्विरोध उपसभामुख निर्वाचित भएकी हुन् ।

सांसद सुरेशचन्द्र दास भारतीय मतदाता

शनिबार, ०५ फागुन २०७४

नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ । भारतमा मतदाता हुनका लागि १८ वर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ ।

कञ्चनपुरमा मेयर कप सुरु

शुक्रबार, ०४ फागुन २०७४

कञ्चनपुरमा शुक्रबारदेखि प्रथम मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ। जिल्ला खेलकुद विकास समितिको मैदानमा आयोजित प्रतियोगिताको भीमदत्त नगरपालिकाका प्रमुख (मेयर) सुरेन्द्र विष्टले उद्घाटन गरे।

आइएमई जनरल इन्स्योरेन्सको शाखा सुर्खेतमा

शुक्रबार, ०४ फागुन २०७४

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा शाखा कार्यालय स्थापना गरेको छ। कम्पनीका संचालक योगेन्द्र राई तथा कम्पनिका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले शुक्रबार संयुक्त रूपमा शाखाको उद्घाटन गरेका छन्।

वाम सरकारलाई खबरदारी गर्छाैं : सिंह

शुक्रबार, ०४ फागुन २०७४

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बाम गठबन्धनको सरकार बनिसकेको भन्दै काँग्रेस जिम्मेवार प्रतिपक्षको रुपमा बस्ने बताएका छन्।

प्रधानमन्त्री ओलीलाई पाकिस्तानको बधाई

शुक्रबार, ०४ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानले बधाई दिएको छ। पाकिस्तान सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले प्रधानमन्त्री ओलीलाई शुभकामना सन्देश पठाएका हुन्।

प्रदेश ४ को मन्त्रिपरिषद विस्तार, दुई मन्त्रीद्वारा शपथ

शुक्रबार, ०४ फागुन २०७४

प्रदेश नं ४ का नवनियुक्त आन्तरिक मामला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

काठमाडौंको वातावरणलाई स्वच्छ बनाउँछु : लालबाबु पण्डित

शुक्रबार, ०४ फागुन २०७४

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता अन्तिम चरणमा पुगेको बताएका छन्।

क्यान्सर अस्पताललाई जापानको ८६ लाखका उपकरण

शुक्रबार, ०४ फागुन २०७४

जापानी राजदूत मासासी ओगावा र इन्टरनेशनल कन्र्सन सेन्टरका अध्यक्ष प्रा.डा. अन्जान शाक्यबीच नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरलाई जापान सरकारले करिब ८६ लाख रुपैयाँ बराबरको अस्पतालका लागि आवश्यक उपकरण दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

अक्षयकुमारको ‘प्याडम्यान’ पाकिस्तानमा प्रतिबन्ध

शुक्रबार, ०४ फागुन २०७४

बलिउड अभिनेता अक्षयकुमार स्टारर फिल्म ‘प्याडम्यान’लाई पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको फेडरल सेन्सर बोर्डले फिल्मको कथावस्तु आफूहरुको धर्म, समाज र संस्कृतिको हितमा नरहेको भन्दै प्रदर्शन अनुमति दिन अस्वीकार गरेको हो।

नेपालयले ‘कविशिरोमणि रचनावली’ बजारमा ल्याउँदै

शुक्रबार, ०४ फागुन २०७४

पब्लिकेशन्स नेपालयले कवि शिरोमणि लेखनाथ पौड्यालका सम्पूर्ण सृजनाहरु समावेश गर्दै ‘कविशिरोमणि रचनावली’ प्रकाशन गरेको छ । पाँच भागमा संगालिएको रचना संग्रह कवि शिरोमणिको निधन भएको फागुन ७ को पुण्यमिति पारेर सार्वजनिक हुने भएको छ ।

हरेक पाँचमध्ये एक जनामा मानसिक समस्या

शुक्रबार, ०४ फागुन २०७४

नेपालमा हरेक पाँच जनामध्ये एक जनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, प्राथमिक तथा पुनर्जागरण महाशाखाद्वारा पहिलो पटक आयोजित “अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन— २०१८” मा नेपालमा मानसिक रोगको समस्या उच्च रहेको जनाएको छ।

नेपालको विश्वकप छनोट यात्रा कति कठिन ?

शुक्रबार, ०४ फागुन २०७४

एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल आयोजक जिम्बावेसँग खेल्ने तय भएको छ। आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ मा रहेको छ।

भगवानकी भक्त कंगना

शुक्रबार, ०४ फागुन २०७४

हिमाञ्चल प्रदेशबाट संघर्ष गरेर बलिउडमा आफ््नो दबदबा राख्न सफल अभिनेत्री कंगना रनौत फिल्ममा बोल्ड र बिन्दास दृश्य दिएर चर्चित छिन्। बलिउडकी रानी कंगना त्यस्ता दृश्यमा मात्र सिमित छैनन्।

रणवीर र दीपिकाको आगामी यात्रा भन्सालीसँगै

शुक्रबार, ०४ फागुन २०७४

सञ्जयलिला भन्सालीले रणवीर सिंह र दीपिका पादुकोणलाई साथमा लिएर ३ सुपरहिट फिल्म बनाइसकेका छन्। भर्खरै रिलिज भएको ‘पद्मावत’ले आजसम्मका उनका फिल्मले पाएको सफलतालाई माथ दिएपछि उनी थप चर्चामा छन्।

भीमोदयले २ करोडको अक्षय कोष स्थापना गर्ने

शुक्रबार, ०४ फागुन २०७४

भीमोदय सामुदायीक क्याम्पस, गोरखाले दुई करोडको अक्षय कोष बनाउने तयारी गरेको छ। क्याम्सलाई आर्थिकरुपमा समृद्ध गराउँदै उत्कृष्ट शिक्षा प्रदान गर्न दुई करोडको अक्षयकोष निर्माण गर्न लागिएको क्याम्पस प्रमुख डा.वीरेन्द्र पुडासैनीले बताए।

६० वर्षीया वृद्धाको हत्या

शुक्रबार, ०४ फागुन २०७४

पाल्पाको बगनासकाली गाउँपालिका–२ पोखराथोककी ६० वर्षीया ईश्वरी भट्टराईको हत्या भएको छ।

प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै मोदीले भने: भारतमा स्वागत गर्न प्रतिक्षारत छु

शुक्रबार, ०४ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन्। बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

सिटामोल नपाएरै फर्कन्छन् बिरामी

शुक्रबार, ०४ फागुन २०७४

त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ। त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको छ। पाँचवटै स्वास्थ्य केन्द्रमा गत मंसिरदेखि नै औषधिको अभाव भएपनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन।

सिटामोल नपाएरै फर्कन्छन बिरामी

शुक्रबार, ०४ फागुन २०७४

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ। त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको छ । पाँचवटै स्वास्थ्य केन्द्रमा गत मंसिरदेखि नै औषधिको अभाव भएपनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।