नागरिक

नागरिक

हेटौंडा गोल्डकप अाजबाट, मनाङ र एपीएफ भिड्दै

शनिबार, ०५ फागुन २०७४

मकवानपुरको हेटौंडामा शनिबार (आज) बाट तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लब र एपीएफबीच दिउँसो २ः४५ बजे हेटौंडाको फरेष्ट्री चौरमा प्रतिस्पर्धा हुनेछ।

आगलागीबाट ९० लाखको क्षति

शनिबार, ०५ फागुन २०७४

सिन्धुपाल्चोकको चौतारास्थित वल्र्ड भिजन इनटरनेशनलको दुई कार्यालय भवनमा गए शुक्रबार राति आगलागी हुँदा करीव रु ९० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ।

सिमरा गोल्डकप : उपाधिका लागि थ्री स्टार र आर्मी भिड्दै

शनिबार, ०५ फागुन २०७४

बाराको सिमरामा जारी रूस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) थ्री स्टार क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो २ः४५ बाट सिमरा रंगशालामा सुरु हुनेछ।

आगलागीबाट एकको मृत्यु

शनिबार, ०५ फागुन २०७४

काठमाडौं महागरपालिका १२, लगनमा शनिबार (आज) बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको छ।

मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलता

शनिबार, ०५ फागुन २०७४

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरले ४ सयभन्दा बढी मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ।

एफए कप : चेल्सी र लेष्टर सिटी क्वाटरफाइनलमा प्रवेश

शनिबार, ०५ फागुन २०७४

चेल्सी र लेष्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

बाँसको भूत

शनिबार, ०५ फागुन २०७४

आज स्कुल बिदा थियो । र, दिपेश घरमा नै थियो । बिहानको खाना खाइसकेपछि दिपेशलाई घरमा बस्न मन लागेन । अहँ, पटक्कै मन लागेन । के गर्ने, कहाँ जाने ? दिपेशलाई घरमै बस्नुपर्दा असाध्यै नियास्रो लागिरहेको थियो ।

विद्यालयको रजत जयन्ती

शनिबार, ०५ फागुन २०७४

म आज मेरो विद्यालयको रजत जयन्ती समारोहका बारेमा केही लेख्दैछु । मेरो विद्यालय २०४९ सालमा स्थापना भएको रहेछ । अहिले स्कुल २५ वर्षको भयो । तपाईंहरुलाई थाहा छ ? कुनै संस्था स्थापना भएको २५ वर्ष भएपछि रजत जयन्ती मनाइन्छ । हो, यस पटक मेरो विद्यालयले पनि रजत जयन्ती भव्यतापूर्वक मनाएको छ ।

बर्मेली मञ्चमा नेपाली नाटक

शनिबार, ०५ फागुन २०७४

बर्मा र यहाँका नेपालीबारे कलम चलाइरहने रंगकर्मी घिमिरे युवराजसँग मेरो परिचय गएको दसैँमा भएको हो ।याँगौ युवा विभागले हरेक वर्ष गर्ने दसैँ उत्सवमा उहाँसँग संयोगले भेट हुन पुग्यो । यसपालिको दसैँ महोत्सव पाँचतारे होटल सांग्रिलामा भएको थियो ।

एन्फा अध्यक्षमा कुँवरको उम्मेदवारी

शनिबार, ०५ फागुन २०७४

अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनका लागि मनोनयनको अन्तिम दिन शुक्रबार बरिष्ठ उपाध्यक्ष मणी कुँवरले संस्थापन पक्षबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । ब्वाइज युनियन क्लबबाट फुटबलमा छिरेर बीस वर्ष सेवा गरेको भन्दै कुँवरले अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्ष विराटजंग शाही, केही केन्द्रिय पदाधिकारी तथा जिल्ला प्रतिनिधिलाई साक्षी राखेर उम्मदेवारी घोषणा गरेका थिए।

शेरबहादुर बाबा

शनिबार, ०५ फागुन २०७४

यसपालि पनि महाशिवरात्रिका अवसरमा नेपाल आउने नागाबाबाहरू विवादमा तानिए । नागाबाबाहरूले धर्मका नाममा समाजमा अश्लीलता फैलाउँदै छन् ।

खेलाडी सम्मानित

शनिबार, ०५ फागुन २०७४

बनेपा नगरपालिका, मोर्डन कलेज र तेक्वान्दो (आइटिएफ) नेपालले शुक्रबार अन्तर्राष्ट्रिय पदकधारी खेलाडीहरुलाई सम्मान गरेको छ।

एनआइसी एसिया च्याम्पियन

शनिबार, ०५ फागुन २०७४

नेपाल इन्भेष्टमेन्ट बैक(एनआइबीएल)ले स्थापनाको ३२औं वार्षिकोत्सवमा आयोजना गरेको अन्तर बैक फुटसल प्रतियोगिताको उपाधि एनआइसी एसिया बैंकले जितेको छ।

बास्केटबल लिग शनिबारबाट

शनिबार, ०५ फागुन २०७४

प्ले अफ डिप्राइभ्ड नेपाल (पिडिसिएन)को आयोजना तथा नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा शनिबार (आज) बाट प्रथम क्विक्स पुरुष बास्केटबल लिग हुने भएको छ।

‘गोरा जर्नेल’ र ४२ साल पर्व

शनिबार, ०५ फागुन २०७४

नेपालको राणाकालीन इतिहासमा १९४२ सालको पर्व ज्यादै महत्वपूर्ण छ । यसै पर्वमा नेपालका पहिला राणा प्रधानमन्त्री जंगबहादुरका भाइ रणोद्दीप सिंहको हत्या भएको थियो । त्यसबेला उनी आफ्नै कोठामा थिए, आफूलाई तेलले मालिस गराइरहेका थिए । उनलाई उनकै भतिजाहरू खड्गशमशेर, डम्बरशमशेर (बालकृष्ण समका बाजे) र भीमशमशेरले गोली हानेका थिए ।

सरोजले जिते छमछमी

शनिबार, ०५ फागुन २०७४

हेटौडाका सरोज राना प्रजा डान्सिङ रियालिटी सो ‘रियो छमछमी सिजन थ्री’को विजेता बनेका छन् । सरोजले दुई लाख ७४ हजार ७ सय ७४ एसएमएस प्राप्त गरेर विजेता बनेका हुन् । विजेता सरोजले ‘डाट्सन रेडी गो’ कार पुरस्कार पाएका छन् ।

महँगिँदै ल्होसार

शनिबार, ०५ फागुन २०७४

ल्होसार अर्थात नयाँ वर्ष । महायानी बौद्ध सम्प्रदायले शुक्रबार ग्याल्पो र सोनाम ल्होसार संयुक्त रूपमा मनाइरहेका छन् । ग्याल्पो ल्होसार २१४५ र सोनाम ल्होसार २८५३ मिश्रित तवरले मनाइरहँदा विवाद र विभाजन पनि देखिएका छन् ।

गजुरबिनाको मन्दिर

शनिबार, ०५ फागुन २०७४

ललितपुर, चापागाउँस्थित श्रीमाई बज्रवाराही देवीको मन्दिर अरुभन्दा भिन्न छ । सदरमुकामबाट आठ किलोमिटर टाढा रहेको यो मन्दिरको गजुर छैन ।गजुर नराखिनुमा एक किंवदन्ती छ । पुजारी बासुदेव कर्माचार्यका अनुसार मन्दिरमा निर्माणका क्रममा गजुर राख्नुभन्दा अघिल्लो दिन राती तत्कालीन पुजारीलाई सपना भएछ ।

नागरिककर्मी घिमिरे सम्मानित

शनिबार, ०५ फागुन २०७४

प्रथम मेयर कप क्रिक्रेट प्रतियोगितामा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत नागरिक दैनिकका संवाददाता निर्मल घिमिरे सम्मानित भएका छन् । गुलरियामा सञ्चालित प्रथम मेयर कपको शुक्रबार आयोजित समापनमा संवाददाता घिमिरे सम्मानित भएका हुन् ।

वीरमा नयाँ टिकट काउन्टर

शनिबार, ०५ फागुन २०७४

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा सुविधासहितको नयाँ टिकट काउन्टर निर्माण भएको छ । अस्पतालले बुधबारदेखि नयाँ काउन्टरबाटै बिरामीलाई सेवा दिन सुरु गरेको छ ।पुरानो टिकट काउन्टर साँघुरो भएकाले बिरामीको पाकेट मार्ने, साँघुरो भएकाले उठेर घण्टौं पालो पर्खिनुपर्ने जस्ता समस्या भएकाले नयाँ टिकट काउन्टर निर्माण गरेको अस्पतालले जनाएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।