नागरिक

नागरिक

भक्तपुरमा कुकुर बन्ध्याकरण सुरु

आइतबार, ०६ फागुन २०७४

भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगरका छाडा कुकुरलाई बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोप अभियान थालेको छ ।

आगलागीमा ७० लाखको क्षति

आइतबार, ०६ फागुन २०७४

अन्तर्राष्ट्रिय संस्था वल्र्ड भिजन इन्टरनेसनलको चौतारास्थित कार्यालयमा आगलागी भएको छ । आगलागीबाट अनुमानित ७० लाख रुपैयाँ बराबर क्षति भएको संस्थाका जिल्ला व्यवस्थापक दिनेश बरालले बताए । उनका अनुसार प्रिफ्याबबाट बनेका भवन जलेका छन् । भवनमा रहेका सबै फर्निचर, केही थान ल्यापटप र कागजात पनि नष्ट भएका छन् ।

राजधानी सार्न हतारको माग : मुख्यमन्त्री पौडेल

आइतबार, ०६ फागुन २०७४

प्रदेश ३ को राजधानी हेटौंडाबाट काभ्रेमा सार्नुपर्ने माग हतारको भएको मुख्य मन्त्री डोरमणि पौडेलले बताएका छन् ।‘अहिले यति छिटो हतार गरेर यो विषय उठाइ हाल्ने बेला भएको छैन । किनकी हालको अस्थायी राजधानीमा हामीले एउटा बैठक सुरु गरेका छैनौं र कामको सुरुवातै भएको छैन,’ धुलिखेल नगरपालिकाको ३२ औं स्थापना दिवसको शनिबार उद्घाटन गर्दै उनले भने ।

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, पारसले के भने ?

शनिबार, ०५ फागुन २०७४

आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली शनिबार साँझ स्वदेश फर्किएको छ।

हाँस्य फिल्म हुर्रेको प्रचारप्रसार तीब्र

शनिबार, ०५ फागुन २०७४

नेपाली हाँस्य फिल्म हुर्रेको रिलिज मिति नजिकिएसँगै प्रचारप्रसारमा तिब्रता दिइएको छ। शनिबार हेटौंडा आइपुगेको फिल्मको निर्माता तथा कलाकारको टोलीले फिल्म हाँस्यप्रधान रहेपनि पृथक कथाबस्तु रहेको बताए। फिल्मको प्रचारका लागि देश दौडाहामा रहेको फिल्मको टोली पोखरा, बुटवल, चितवनपछि हेटौंडामा शनिवार आइपुगेको थियो।

सफल इतिहास बनाउन ओलीलाई चन्दको सुझाव

शनिबार, ०५ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीलाई इमान्दारी र सच्चा व्यवहार प्रस्तुत गरी सफल प्रधानमन्त्रीका रुपमा इतिहास कायम गर्न सुझाव दिइएको छ।

प्रधानमन्त्री ओली भोलि बालुवाटार सर्ने

शनिबार, ०५ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओली भोलि आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन्। प्रधानमन्त्री ओली भोलि अपराह्न ४ बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

मर्यादित न्यायपालिका सरकारको अपेक्षा : प्रधानमन्त्री ओली

शनिबार, ०५ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताएका छन्। एमाले कानून विभागले शनिबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायपालिकाका विषयमा सडकबाटै यति धेरै विरोध हुने कुरालाई सामान्य रुपमा लिनु नहुने बताए।

प्रधानमन्त्री ओलीको भ्रमण गराउन भारत र चीनको प्रतिस्पर्धा ?

शनिबार, ०५ फागुन २०७४

नेपालको प्रधानमन्त्रीमा दोस्रोपटक नियुक्त भएका केपी शर्मा ओलीप्रति छिमेकी र अन्य मित्र राष्ट्रहरुले यतिखेर बधाईको ओइरो लाएका छन्। छिमेकी देशले त उनसँग मिलेर कामगर्न आफूहरु उत्साही भएको बताएका छन्।

विश्वकप छनोटमा पुगेको नेपाली टिमलाई वाइसीएलले स्वागत गर्ने

शनिबार, ०५ फागुन २०७४

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएलले आइसीसी विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ।

स्थायित्व र समृद्धिको नेतृत्व वाम सरकारले गर्छ : अध्यक्ष दाहाल

शनिबार, ०५ फागुन २०७४

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको अबको कार्यभार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायित्व र समृद्धि हुने बताएका छन्।

खुमबहादुर खड्का अस्पताल भर्ना

शनिबार, ०५ फागुन २०७४

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्का अस्पताल भर्ना भएका छन्। शुक्रबार साँझ मृगौलामा समस्या (किड्नी अट्याक) आएपछि खड्कालाई साँझै नर्भिक अस्पताल भर्ना गरिएको स्वकीय सचिव चुडामणी कँडेलले जानकारी दिए।

लेडी डन बन्दै दीपिका, शुटिङ नेपालमा

शनिबार, ०५ फागुन २०७४

सञ्जयलिला भन्सालीको ‘पद्मावत’को सफलतासँगै चर्चामा रहेकी बलिउड अभिनेत्री दीपिका पादुकोण अब लेडी डन बन्ने भएकी छन्।

यस साता शेयर बजारमा १ अर्बभन्दा बढीको कारोबार

शनिबार, ०५ फागुन २०७४

धितोपत्र बजारमा यस साता रु १ अर्ब ५४ करोड १४ लाख २५ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता शेयर कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा ०.६२ प्रतिशत कम हो । गत साता १७६ कम्पनीको रु १ अर्ब ५५ करोड ११ लाख दुई हजार बराबरको ४१ लाख ९६ हजार ४ सय ९० कित्ता सेयर खरिद–बिक्री भएका थिए।

चालु आर्थिक वर्षको ६ महिनामा पाँच खर्बको व्यापार घाटा

शनिबार, ०५ फागुन २०७४

चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४.८ प्रतिशतले बढेर रु ४ खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ । आर्थिक वर्ष २०७३/७४ मा सोही अवधिमा व्यापार घाटा रु ४ खर्ब २९ अर्ब ८७ करोड रहेको थियो । गत आवको तुलनामा चालु आवमा व्यापार घाटा रु ७१ अर्ब ४० करोडले बढेको छ।

काँग्रेस जिम्मेवार प्रतिपक्ष : नेता सिंह

शनिबार, ०५ फागुन २०७४

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने बताएका छन्। शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए।

अफगान सेनाको कारबाहीमा ७० तालिबान मारिए

शनिबार, ०५ फागुन २०७४

अफगानिस्तानको हवाई सेनाले बिहीबारदेखि जारी राखेको हवाई कारबाहीमा परी कम्तीमा पनि ७० जना तालिबान मारिएको समाचार छ।

दुर्घटनामा एकको मृत्यु

शनिबार, ०५ फागुन २०७४

मोरङको बूढीगंगा गाउँपालिकामा भारती लहरी र कार एक आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ।

पार्टी एकताबारे प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बालकोटमा छलफल

शनिबार, ०५ फागुन २०७४

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

प्रदेश नम्बर ७ : एमाले संसदीय दलको नेतामा बाजुराका शाह निर्वाचित

शनिबार, ०५ फागुन २०७४

नेकपा एमालेले प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा प्रकाश शाहलाई चयन गरेको छ । शनिबार (आज) बसेको संसदीय समिति प्रदेश नं. ७ को बैठकले बाजुराबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद शाहलाई दलको नेतामा निर्विरोध चयन गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।