नागरिक

नागरिक

दक्षिण चिनियाँ समुद्रमा गस्ती रोकिँदैन् : अमेरिका

आइतबार, ०६ फागुन २०७४

संयुक्त राज्य अमेरिकाले दक्षिण चिनियाँ समुद्र (साउथ चाइना सी)मा गस्ती नरोकिने स्पष्ट पारेको छ। चीनले गस्तीको विरोध गरिरहेका बेला अमेरिकाले नरोकिने प्रतिक्रिया दिएको हो।

जोहारीको ‘याँ सम्झिने कोई भएन’ को भिडियो सार्वजनिक

आइतबार, ०६ फागुन २०७४

गायक वीरेन्द्र जोहारी नयाँ देउडा गीतका साथ दर्शकश्रोता समक्ष आएका छन्। पेशाले नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक पदमा कार्यरत जोहारीले ‘याँ सम्झिन्या कोई भएन’ बोलको गीत सांगीतिक बजारमा लिएर आएका हुन।

पूर्व कम्लहरी कृष्णी थारु प्रदेश ५ को उपसभामुखमा निर्वाचित

आइतबार, ०६ फागुन २०७४

प्रदेश नं ५ का उपसभामुखमा पूर्व कम्लहरी कृष्णी थारू निर्वाचित भएकी छन्। प्रदेशसभामा आज भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य थारूलाई एमालेसहित माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चासहितले समर्थन गरेका थिए ।

मड्रिड महानगरपालिकाको टोली नेपाल भ्रमणमा, ओलीसँग भेट गर्ने

आइतबार, ०६ फागुन २०७४

स्पेनको मड्रिड महानगरको एक टोलीले नेपालको सद्भावना भ्रमण गर्ने भएको छ । स्पेनको लागि नेपाली राजदूत भरतबहादुर रायमाझीका अनुसार मड्रिड महानगरपालिका उपप्रमुख लुईस कुएतो लगातय मड्रिड चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलले नेपालको भ्रमण गर्न लागेका हुन्।

उपाध्यक्ष वाग्लेद्वारा राजीनामाको घोषणा

आइतबार, ०६ फागुन २०७४

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस् भन्ने आशयका साथ उपाध्यक्षबाट आज राजीनामा गर्ने घोषणा गरेका छन्।

निर्णय खारेज गरेर देखाउन ओलीलार्इ कांग्रेस नेताको चुनौती

आइतबार, ०६ फागुन २०७४

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले अहंकार नदेखाउन नयाँ सरकारलाई आग्रह गरेका छन्। उनले हिम्मत भए देउवा सरकारले गरेका निर्णय खारेज गरेर देखाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती समेत दिए।

नारायणगढ-मुग्लिन सडकको निर्माण म्याद नथपिने

आइतबार, ०६ फागुन २०७४

प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको म्याद अब नथपिने बताएका छन्। तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदैछ।

अफगान सेनाको कारबाहीमा कान्दाहारमा ३६ तालिबान मारिए

आइतबार, ०६ फागुन २०७४

अफगानिस्तानको हवाई सेनाले शनिबार साँझ गरेको हवाई कारबाहीमा परी अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा कम्तीमा ३६ जना तालिबान मारिएको समाचारमा जनाइएको छ।

भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर दुर्घटना, १३ को मृत्यु

आइतबार, ०६ फागुन २०७४

मेक्सिकोको दक्षिणी क्षेत्रमा एकजना मन्त्रीसमेत सवार हेलिकोप्टर शनिबार दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको मृत्यु भएको छ।

भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर दुर्घटना, १३ को मृत्यु

आइतबार, ०६ फागुन २०७४

मेक्सिकोको दक्षिणी क्षेत्रमा एकजना मन्त्रीसमेत सवार हेलिकोप्टर शनिबार दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको मृत्यु भएको छ।

इरानमा ६० यात्रु बोकेको विमान दुर्घटना

आइतबार, ०६ फागुन २०७४

इरानको पहाडी क्षेत्रमा ६० जना यात्रु सवार विमान दुर्घटनामा परेको छ । बिमान राजधानी तेहरानबाट उडेको अस्मन एयरलाइन्सको विमान मध्य इरानस्थित लेस्फाहन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटनामा परेको हो।

ओलीसँग सहकार्य गर्न पाकिस्तानी प्रधानमन्त्री इच्छुक

आइतबार, ०६ फागुन २०७४

पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकन अब्बासीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न चाँहेको बताएका छन्।

बी एण्ड सीका सञ्चालक प्रसाईको घरमा ओली दाहाल वार्ता

आइतबार, ०६ फागुन २०७४

नेकपा माओवादी केन्द्रको संसदीय दलले अध्यक्ष पुष्पकमल दाहाललाई दलको नेता छानेपछि बैठकमा उनले भने, ‘आज ओली जी (केपी ओली) विशेष कुरा गर्दै छु।’ संसदीय दलको बैठकमा लामो समय नखर्ची दाहाल ओलीलाई भेट्न भक्तपुर तर्फ लागे।

सहकारीले निःशुल्क दूध ढुवानी गरेपछि गाईपालनमा कृषकको आकर्षण

आइतबार, ०६ फागुन २०७४

कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ।

रसुवामा लुमन्तिद्वारा ३८१ आवास निर्माण

आइतबार, ०६ फागुन २०७४

रसुवामा भूकम्पपछि एक गैरसरकारी संस्थाले ३२१ वटा आवासको निर्माण सम्पन्न गरेको छ । उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालका अनुसार लुमन्ति नामक गैससले उत्तरगयाको लहरेपौवा तथा ढुंगे क्षेत्रमा १५५ आवास निर्माण सम्पन्न गरेको हो।

प्रदेश नम्बर ४ को उपसभामुखमा ३ को उम्मेदवारी

आइतबार, ०६ फागुन २०७४

प्रदेश नम्बर ४ को उपसभामुखको लागि तीन जनाको उम्मेदवारी परेको छ। बिहान ९ बजेदेखि ११ बजेसम्मको निर्धारित समयमा तीन जनाले उम्मेदवारी दर्ता गरेका थिए।

पोखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु

आइतबार, ०६ फागुन २०७४

सप्तरीको डाकनेश्वरी नगरपालिका– ३ मा मामाघर आएका एक भारतीय बालकको पोखरीमा डुबेर आइतबार (आज) मृत्यु भएको छ।

औद्योगिक प्रदर्शनी चैतमा

आइतबार, ०६ फागुन २०७४

स्थानीयस्तरमा उत्पादित वस्तुलाई जनतामाझ चिनाउन उपभोग बढाउन २९औं औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ।

विपन्न समुदायका १५ घरधुरीलाई घर निर्माण

आइतबार, ०६ फागुन २०७४

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका–१५ अमलटारी गाउँका अति गरिब र विपन्न समुदायका लागि घर निर्माण गरिएको छ।

फ्रेन्च लिगमा पिएसजीको सानदार जित

आइतबार, ०६ फागुन २०७४

इडिन्सन काभानीको २ तथा जुलियन ड्रक्सलर, नेइमार र एन्जल डि मारियालको १÷१ को मद्दतमा पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग फुटबलमा स्ट्रासबर्ग माथि ५–२ को सानदार जित दर्ता गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।