नागरिक

नागरिक

तरुण दलले राष्ट्रपति भण्डारीलाई संविधान उपहार दिने

बुधबार, ०९ फागुन २०७४

राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक कदम चालेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति भण्डारीलाई बुधबार (आज) दिउँसो ३ बजे शीतल निवास पुगेर नेपालको संविधान २०७२ उपहार दिने भएको छ।

सात महिनामा ४३ अर्बको इन्धन आयात

बुधबार, ०९ फागुन २०७४

चालु आर्थिक वर्ष २०७४÷७५ को ७ महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ। साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट ६ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र १ लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ।

कविशिरोमणि रचनावली प्रकाशित

बुधबार, ०९ फागुन २०७४

कविशिरोमणि लेखनाथ पौड्यालका सम्पूर्ण कृतिहरूको संगालोका रुपमा कृति ‘कविशिरोमणि रचनावली’ बजारमा आएको छ । पाँच खण्डमा समेटिएको कृति कवि शिरोमणिको स्मृति दिवसको अवसर पारेर सोमबार सार्वजनिक गरिएको हो।

अतिसंकटापन्न सालकको अध्ययन गरिँदै

बुधबार, ०९ फागुन २०७४

चितवनलगायत जिल्लामा अतिसंकटापन्न अवस्थामा रहेको लजालु जनावर सालकको अध्ययन गरिँदै छ। सालकको अवस्था पत्ता लगाई यसको संरक्षण क्षेत्र बनाउने लक्ष्यसहित यहाँ अध्ययन गर्न लागिएको हो।

स्वच्छ ऊर्जाको माध्यमबाट वातावरण संरक्षण गरिने : मन्त्री पण्डित

बुधबार, ०९ फागुन २०७४

संघीय संरचनाअन्तर्गत नवीकरणीय ऊर्जा प्रवर्धनका साथै प्रविधि परिचालनका लागि विद्यमान ऐन, कानूनमा परिमार्जन तथा नयाँ कानूनको तर्जुमा गरी आम जनताको पहुँचमा सुलभ, भरपर्दो ऊर्जाको पहुँच विस्तार गर्न व्यवसायीले सरकारलाई सुझाव दिएका छन्।

मन्त्रालयको बाँडफाँट गर्न ओली, दाहालबीच छलफल जारी

बुधबार, ०९ फागुन २०७४

मन्त्रालय बाँडफाँटका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार (आज) दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ।

राजधानीमा थपियो नयाँ नाटक घर

बुधबार, ०९ फागुन २०७४

चिनियाँ कथाकार लु स्युनको कथामा आधारित ‘म्याड म्यान्स डायरी’को मञ्चनसँगै राजधानीमा नयाँ नाटघकर खुलेको छ।

प्रगतिकाे ‘बिर्सिएको मृत्यु’

बुधबार, ०९ फागुन २०७४

कवि तथा साहित्यकार प्रगति राईको दोस्रो उपन्यास ‘बिर्सिएको मृत्यु’ लोकार्पण भएको छ । उपन्यासमा नेपालमा ०७२ सालमा गएको भूकम्पको प्रकोप, भूकम्पले पारेको पारिवारिक बिखण्डन जस्ता मूल विषयमा आधारित रहेर लेखिएको लेखिका राईले बताइन्।

कल्पनाको ‘सञ्जीवनी’

बुधबार, ०९ फागुन २०७४

गीतकार तथा गजलकार कल्पना श्रेष्ठ कल्पपुञ्जले ‘सञ्जीवनी’ उपन्यास लिएर पाठकमाझ आएकी छन । शुक्रबार राजधानीमा एक कार्यक्रमबीच त्रि.वि.का उप प्राध्यापक महेश पौडेल, प्रा. डा. रजनी ढकाल र समीक्षक तथा लेखक राम लोहनीलगायतले संयुक्त रुपमा सो उपन्यासको विमोचन गरे।

बसको चक्काले किचेर मृत्यु

बुधबार, ०९ फागुन २०७४

स्थानीय नेपालटारमा बसको चक्काले किचेर एक जनाको मृत्यु भएको छ। मंगलबार गए राति काठमाडौंको तार्केश्वर नगरपालिका–११ नेपालटारमा गुडिरहेको बसको चक्काले थिचेर मोटरसाइकल चालक नुवाकोट घर भई काभ्रेस्थली बस्ने २६ वर्षीय चन्द्रप्रकाश मोक्तानको मृत्यु भएको हो।

किरात संग्रहालय निर्माण थालनी

बुधबार, ०९ फागुन २०७४

किरात जातीको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सामग्री, भेषभूषा, गरगहना लगायतका बहुमूल्य सम्पदालाई संकलन गर्दै संरक्षणका लागि महेश्वरीमा किरात संग्रहालय निर्माण सुरु गरिएको छ।

सीमामै सीमित बहकिँदो बहस

बुधबार, ०९ फागुन २०७४

नेपाल भारत संयुक्त सीमा नापीको टोली सक्रिय हुँदा काठमाडौँमा ‘भारतले सीमा मिच्यो’ भन्ने विषय जोडतोडले उठ्यो । नेपालीहरू देशको भूभाग एक इन्च पनि यताउता भएको सहन सक्दैनन् । यही राष्ट्रियताको भावनाले नेपाल राष्ट्रलाई अखण्ड राख्न ऊर्जा मिलेको छ । तर, नेपालीहरूको भावनामाथि खेल्ने स्वार्थी राजनीतिक खेलाडीहरूको नेपाल र भारत दुवैतर्फ कमी छैन।

चुरे चोर !

बुधबार, ०९ फागुन २०७४

नेपालको हिमालय पर्वत शृंखलामध्येको सबैभन्दा कान्छो र दक्षिणमा पूर्व–पश्चिम भई फैलिएको भाग चुरे हो । यो नेपालको पूर्वमा इलामदेखि पश्चिमको कञ्चनपुरसम्म जम्मा ३६ जिल्लामा पर्छ । करिब चार करोड वर्ष पहिले गेगर थुप्रिएर बनेको भौगर्भिक दरारहरूको बीचमा रहेको पहाडी भूभाग नै चुरे क्षेत्र हो । नेपालको कुल क्षेत्रफलमध्ये यसले १२.७८५ प्रतिशत क्षेत्रफल ओगटेको छ । यो क्षेत्र कमजोर प्राकृतिक चट्टानहरूले बनेको छ।

चेल्सी र बार्सिलोनाको बराबरी, बायर्न म्युनिखको फराकिलो जित

बुधबार, ०९ फागुन २०७४

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना र इङलिस क्लब चेल्सी १–१ गोलको बराबरीमा रोकिएका छन्। मंगलबार राति चेल्सीको घरेलु मैदाननमा सम्पन्न प्रि क्वाटरफाईनलको पहिलो लेगमा दुवै टोलीले बराबरी खेल्दै अंक बाडेका हुन्।

हेटौंडा गोल्डकप : पहिलो सेमिफाइनलमा आर्मी र मनाङ भिड्दै

बुधबार, ०९ फागुन २०७४

मकवानपुरको हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा बुधबार (आज) बाट सेमिफाइलका खेल सुरु हुदैछ। पहिलो सेमिफाइल खेलमा त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुदैछ। खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

वन उपभोक्तालाई औजार वितरण

बुधबार, ०९ फागुन २०७४

रसुवाका सामुदायिक वन उपभोक्ता समूहहरूको आयस्रोत बढाउन र वन संरक्षणका लागि औजार वितरण गरिएको छ । स्थानीय औजारको प्रयोगले काठको बढी क्षति हुने तथा धेरै समय लाग्ने भएकाले जिल्ला वन कार्यालय रसुवाले १३ प्रकारका औजार वितरण गरेको हो । वन व्यवस्थापन गर्नुपर्ने सक्रिय समूहलाई धनुस आरो, गिड्ने आरो, फेसो, रति, ब्लेडलगायत सामग्री वितरण गरिएको जिल्ला वन अधिकृत हरिशचन्द्र सापकोटाले जानकारी दिए ।

भलिबल एकेडेमी शिलान्यास

बुधबार, ०९ फागुन २०७४

खजुरा गाउँपालिकाको २ नम्बर वडामा नेपालकै पहिलो भलिबल एकेडेमी निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओलीले भलिबल एकेडेमीको शिलान्यास गरेका हुन्।

कोकले ४० समर्थकलाई रूस लाने

बुधबार, ०९ फागुन २०७४

फिफाको अधिकारिक प्रायोजक कोकाकोलाले यसै वर्ष रूसमा हुने विश्वकप हेर्न नेपालबाट ४० समर्थक लाने भएको छ। ‘कोक खाम् रसिया जाम्’ योजनाअनुसार ४० भाग्यशाली उपभोक्तालाई सम्पूर्ण खर्च बेहोरेर विश्वकपका खेल हेर्न रूस लाने मंगलबार पत्रकार सम्मेलनमा कोकाकोलाको नेपाल हेर्ने कन्ट्री डाइरेक्टर अम्बुज सिंहले जानकारी गराए।

विश्वकप हेर्ने नेपालीलाई समन्वय गरिने

बुधबार, ०९ फागुन २०७४

रसियन कल्चर सेन्टर कमल पोखरीले मंगलबार एक कार्यक्रम गरि रूस विश्वकप हेर्न जाने नेपाली दर्शकलाई समन्वय गर्ने जनाएको छ।

दुवै पुलिसको विजयी सुरुआत

बुधबार, ०९ फागुन २०७४

विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफले प्रधान सेनापति तेस्रो राष्ट्रिय भलिबलमा विजयी सुरुआत गरेका छन् । मंगलबार भएको पहिलो खेलमा पुलिसले मध्यमाञ्चललाई तथा एपिएफले पूर्वाञ्चललाई समान ३–० को सोझो सेटमा पराजित गरे।