नागरिक

नागरिक

नेपाल–भारत सचिवस्तरीय बैठक दिल्लीमा

बिहिबार, १० फागुन २०७४

नेपाल–भारत एकीकृत जाँच चौकी निर्माणसम्बन्धी सञ्चालन समितिको आठौँ बैठक विहीबार भारतको राजधानी नयाँ दिल्लीमा बसेको छ।

आहुती, किराती र विष्ट माओवादी केन्द्रबाट निष्काशित

बिहिबार, १० फागुन २०७४

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालयको बैठकले नेता गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गर्दै पार्टीमा नरहेको सार्वजनिक घोषणा गर्ने निर्णय गरेको हो।

एउटै पार्टीको भावनासहित राजनीतिक–सांगठनिक प्रतिवेदन बनाइँदै

बिहिबार, १० फागुन २०७४

पार्टी एकताका प्रारम्भिक आधार तय गरिसकेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका राजनीतिक र संगठनसम्बन्धी कार्यदलले एउटै पार्टीको भावनासहित प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएका छन्।

‘ऊर्जा क्षेत्रमा लगानी हैन सोचको समस्या’

बिहिबार, १० फागुन २०७४

नेपालको ऊर्जा क्षेत्रको विकासका लागि लगानी नभई सोचको मात्रै समस्या रहेको त्यस क्षेत्रका जानकार तथा सरोकार भएका व्यक्तिले जोड दिएका छन्।

सानिमा बैंकद्वारा क्रिकेटर लामिछानेलाई प्रायोजन

बिहिबार, १० फागुन २०७४

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि थप प्रायोजन गरेको छ।

ऋतिकका लागि १० करोडमा मुम्बईमै बनाइयो ‘बिहार’

बिहिबार, १० फागुन २०७४

ऋतिक रोशन चाँडै फिल्म ‘सुपर ३०’ मा आनन्द कुमारको भुमिकामा देखिने भएका छन्। उक्त फिल्मको शुटिङ सुरु भइसकेको छ। फिल्म मुम्बई र पटनामा सुटिङ हुने निर्माण युनिटले जनाएको छ।

संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने

बिहिबार, १० फागुन २०७४

संघीय संसद्अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई छुट्टाछुट्टै ज्येष्ठ सदस्यले शपथ गराउने भएका छन्।

यस्तो छ राष्ट्रपति निर्वाचनको कार्यतालिका, चुनाव २९ गते

बिहिबार, १० फागुन २०७४

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति तोकेको छ। आयोगको बिहीबार बसेको बैठकले फागुन २९ गतेको लागि निर्वाचन तोकेको हो।

आमालाई पैसा दिएर बलात्कारको घटना मिलाउन खोज्दा...

बिहिबार, १० फागुन २०७४

पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ।

भूकम्पले भत्किएको विद्यालय जापानले बनाइदिने

बिहिबार, १० फागुन २०७४

महाभूकम्प पछि क्षती पुगेको गोरखाको सरस्वती शान्ति विद्यालयको भवन जापानले बनाइदिने भएको छ। आरुपोखरीमा रहेको विद्यालयको भवन भूकम्पले क्षती पुर्याएको थियो।

अग्नी पीडितलाई गायिकाको सहयोग

बिहिबार, १० फागुन २०७४

खोटाङको हलेसीका आगलागी पीडितलाई गायिकाको समूहले राहत प्रदान गरेको छ। राई किरातिम्मा गायन समूहमा आवद्ध गायिकाहरूले राजधानीमा सांगीतिक कार्यक्रम गरेर संकलन गरेको ९ लाख ३० रुपैयाँ बिहीबार अग्नी पीडितलाई प्रदान गरिएको हो।

उपत्यकामा वर्षा

बिहिबार, १० फागुन २०७४

स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उक्त वायुको प्रभावसँगै पश्चिमी वायुको सामान्य असरले आज खासगरी देशभरका पहाडी भेगमा बदली र एक/दुई स्थानमा हल्का वर्षा गराउने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

विदेश भ्रमण नियन्त्रण गर्न कडा निर्देशन

बिहिबार, १० फागुन २०७४

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै सरकारी कार्यालयको विदेश भ्रमण रोक्न बिहीवार कडा निर्देशन जारी गरेको छ।

ओलीसँग सहकार्य गर्न जापानी प्रधानमन्त्री आतुर

बिहिबार, १० फागुन २०७४

जापानी प्रधानमन्त्री सिन्जो अवेले नेपालको नयाँ सरकारसँग सहकार्य गर्ने बताएका छन्। नेपालको प्रधानमन्त्रीमा निर्वाचित समकक्षी केपी शर्मा ओलीलाई बधाई सन्देश पठाउँदै अवेले ओलीको कार्यकालमा लोकतन्त्र र राजनीतिक स्थायित्वका साथै विकासको गति अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

मधेसकेन्द्रित दल सरकारमा सहभागी हुने

बिहिबार, १० फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा संघीय समाजवादी फोरम नेपालले सहभागी हुने संकेत देखाएको छ। उक्त दलले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी हुने आशय पनि व्यक्त गरेको छ। सरकारमा सहभागिताबारे पछिल्ला दिनमा चलिरहेका विभिन्न चरणका छलफल सकारात्मक भए पनि सहभागिताको अझै टुंगो लागेको छैन।

जापानको सहयोगमा सूर्यविनायक –धुलिखेल सडक ८ लेन बन्ने

बिहिबार, १० फागुन २०७४

अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब ८ लेन बन्ने भएको छ। सडक ८ लेनको बन्ने भएपछि सडक विभागले विहिबार (आज) भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नु पर्ने मागसमेत गरेका छन्। काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप अत्यधिक बढेको र जगाती क्षेत्रमा दैनिक सडक जाम हुन थालेकाले यो सडक छिटो निर्माण हुनुपर्ने माग गरेका हुन्।

जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु

बिहिबार, १० फागुन २०७४

नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु भएको छ।‘नेपाली वस्तुको प्रयोग गरौँ, स्वदेशी उत्पादनको गौरब गरौँ’ नाराका साथ विहिबार (आज) देखि काठमाडाैंको भृकुटीमण्डपमा स्वदेशमा उत्पादित जुत्ता चप्पल प्रदर्शनी शुरु भएको हो।

कार्यदललाई २५ गतेभित्र प्रतिवेदन पेश गर्न ओली-दाहाल निर्देशन

बिहिबार, १० फागुन २०७४

पार्टी एकताका लागि गठन गरिएका कार्यदललाई फागुन २५ गते भित्र आफ्नो प्रतिवेदन पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्देशन दिएका छन्।

कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार

बिहिबार, १० फागुन २०७४

नेपाली काँग्रस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा हुने भएको छ।

माओवादीमा गृहको किचलो

बिहिबार, १० फागुन २०७४

नेकपा माओवादी केन्द्रले बुधबार नै आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम सिफारिस गर्ने तयारी गरेको थियो। तर अन्तिम समयमा माओवादीले मन्त्री सिफारिस गर्न बोलाएको बैठक स्थगित गर्यो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।