नागरिक संवाददाता

आरक्ष विस्थापितको शिविरमा हात्ती आतंक, २१ टहरा भत्कायो

सोमबार, ०७ फागुन २०७४

कञ्चनपुरका आरक्ष विस्थापितको शिबिरमा जंगली हात्तीको बथानले आतकं मच्चाएको छ । जंगली हात्तीको बथानले ढक्का र तारापुर शिबिरमा बस्दै आएका आरक्ष विस्थापितको टहरा भत्काईदिएको हो।

सुप विश्वविद्यालयमा रिले अनशन

सोमबार, ०७ फागुन २०७४

महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सुधारको माग गर्दै प्राध्यापक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले रिले अनशन सुरु गरेका छन्।

‘काठमाडौंमा कति दिनपछि मास्क लगाउन पर्दैन भनेर फोन आइरहेको छ’

आइतबार, ०६ फागुन २०७४

प्रशासन मन्त्रीको जिम्मेवारीपछि चर्चाका आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्माले ओलीले फेरि आफ्नो क्याबिनेटमा भित्र्याए। त्यो पनि जनसंख्या तथा वातावरण मन्त्रालयमा। त्यो पनि आकस्मिक उपहारका रुपमा।

इटालियन टेम्पो ‘पियाजो’ बजारमा

बुधबार, ०२ फागुन २०७४

एमभी दुगड समूहले इटालियन टेम्पो ‘पियाजो’ फागुनबाट नेपाली बजारमा ल्याउने भएको छ । इटालियन कम्पनी पियाजियोको नेपालका लागि आधिकारिक बिक्रेता दुगड समूह बनेको छ।

बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते

मङ्गलबार, ०१ फागुन २०७४

कोशी राजमार्ग अन्तर्गत सुनसरी दुहवीमा मंगलबार विहान बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

विकास खर्च महिनाको तीन प्रतिशत

मङ्गलबार, ०१ फागुन २०७४

चालु आर्थिक वर्षको सात महिना (माघ २८ गते) सम्ममा सरकारले प्रतिमहिना तीन प्रतिशत हाराहारी पुँजीगत खर्च गरेको छ । यही समयमा सरकारले राजस्व तीन खर्ब ७९ अर्ब ५३ करोड रुपैयाँ असुली गरेको छ । यो लक्ष्यको ५२ प्रतिशत हो । चालु आवमा स्थानीय तहलाई पैसा दिएकाले खर्च हुने सरकारको अनुमान विपरीत पुँजीगत (विकास) खर्च तीन प्रतिशत हाराहारीमा सीमित छ।

मुलुकको अर्थतन्त्र बिरामी जस्तो

मङ्गलबार, ०१ फागुन २०७४

चालु आर्थिक वर्षको पहिलो ६ महिनाका अर्थतन्त्रका परिसूचकहरुले मुलुकको आर्थिक अवस्था सन्तोषजनक नभएको देखाएको छ । मुलुकको अर्थतन्त्रका लागि मेरुदण्ड मानिएको रेमिटेन्स आय गत वर्षको तुलनामा पहिलोपटक घटेको छ । सरकारको चालू खाता घाटा पुससम्ममा ७५ अर्ब ७१ करोड पुगेको छ । अर्थतन्त्रका लागि अर्को महत्वपूर्ण पाटो शोधनान्तर स्थिति ६ अर्ब ६६ करोडले घाटामा छ । राष्ट्र बैंकका अनुसार अर्कोतिर व्यापार घाटा नराम्रोसँग चुलिने क्रम बढिरहेको छ भने निर्यात वृद्धिदर सन्तोषजनक देखिँदैन । अर्थतन्त्रका समग्र परिसूचकहरुले मुलुकको अर्थतन्त्रलाई एउटा बिरामी जस्तो देखाएका छन्।

बाटोमा हराएको पैसा ट्राफिक हवल्दारले दिलाए

बुधबार, २४ माघ २०७४

बाटोमा खसेको पैसा १० दिनपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी हवल्दारले सम्बन्धित व्यक्तिलाई फिर्ता गराएका छन्। गएको माघ १५ गते कोहलपुर १५ दश बिगाहमा बिहान साँढे ११ बजे हराएको ७ हजार ५ सय रुपैयाँ हवल्दार हर्कबहादुर खड्काले सुरक्षित फिर्ता गराएका  हुन्।

सुनसरीका एसपी र इटहरीका इन्सपेक्टर निलम्बित

बुधबार, २४ माघ २०७४

एक महिनाअघि प्रेमी र उनका साथी मिलेर इटहरी तरहराकी बालिकालाई जबरजस्ती बलात्कार गरेको घटनामा प्रहरी चुकेपछि सुनसरीका प्रहरी प्रमुख एसपी र इटहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई निलम्बन गरिएको छ।

क्यासिनोको गेटमा प्रहरी उभिएपछि पर्यटक त्रसित

बुधबार, २४ माघ २०७४

राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिला परिसरमा विदेशी लगानीमा सञ्चालित क्यासिनो ‘द मिलेनायर्स क्लब एन्ड क्यासिनो’ मूलगेटमा प्रहरीले बिनाकारण पहरा दिएपछि क्यासिनो खेल्न आउने पर्यटक त्रसित भएका छन्।

बलात्कारबाट जन्मिएकी छोरीको जन्मदर्ता कसरी ?

बिहिबार, ०४ माघ २०७४

कोही नयाँ मान्छे भेट्नेबित्तिकै मेचीनगरकी ३१ वर्षीया गीता चौधरी (नाम परिवर्तन) को प्रश्न हुने गर्छ– पिताले नसकारेका सन्तानको जन्मदर्ता हुन्छ कि हुँदैन ?

आयोजकको विजयी सुरुआत

शनिबार, २२ पुष २०७४

आयोजक सुदूर पश्चिम ११ स्पोर्टस क्लबले घरेलु फुटबलमा सर्बाधिक पुरस्कार राशीको सुदूर पश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।

मकवानपुरमा काँग्रेस र मालेको पार्टी एकता

सोमबार, ०२ साउन २०७४

मकवानपुरमा नेकपा माले नेपाली कांग्रेसबीच पार्टी एकता भएको छ । मालेको जिल्ला कार्यसमिति नै कांग्रेसमा प्रवेश गरेपछि माले काँगे्रसमा समाहित भएको हो । मालेका केन्द्रीय सदस्य एवम् जिल्ला संयोजक भीमसेन महतसहित भातृसंगठनका नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।

धोवादीको फलाम सरकार अाफैंले प्रशोधन गर्ने

आइतबार, ०५ बैशाख २०७३

नवलपरासी–नवलपरासीको पहाडी क्षेत्र धोवादीमा भेटिएको फलाम खानीको उत्खनन् र प्रशोधनको काम पनि सरकारले नै गर्ने उद्योग मन्त्री सोमप्रसाद पाण्डेले बताएका छन्। सो क्षेत्रमा खानी तथा भूगर्भ विभागको टोलीले अनुशन्धान गर्दै आएको छ।

कर्णालीमै पहिलो पटक प्रहरी भर्ना छनौट प्रक्रिया

आइतबार, ०५ बैशाख २०७३

जुम्ला–कर्णालीमा पहिलो पटक प्रहरी जवान भर्ना छनौट प्रक्रिया सुरु भएको छ। अञ्चल प्रहरी कार्यालय जुम्लाले आइतबारदेखि जुम्लामा प्रहरी जवान पदको प्रारम्भिक परिक्षण कार्य सुरु गरेको हो। कर्णालीको युवा शक्ति प्रहरी भर्ना हुनकै लागि नेपालगञ्ज जानु पर्ने बाध्यता अब हटेको छ।

साउदीका लागि नेपाली राजदूत शर्मामाथि दूतावास भित्रै छुरा प्रहार

बिहिबार, ०२ बैशाख २०७३

काठमाडौं– साउदी अरबका लागि नेपालका कार्यबाहक राजदूत आनन्दप्रसाद शर्मामाथि बिहीबार छुरा प्रहार भएको छ।

दार्चुला जीप दुर्घटनाः १९ घाइते मध्ये ५ गम्भीर, २ भारत रिफर

बिहिबार, ०२ बैशाख २०७३

दार्चुला– दार्चुला जिल्ला सदरमुकाम अपी नगरपालिका १३ भोराबगडमा जीप दुर्घटनामा परि घाइते भएका १९ मध्ये ५ को अवस्था गम्भीर छ।

विपद व्यवस्थापनमा सरकार असफल

बिहिबार, ०२ बैशाख २०७३

काठमाडौं- विपद व्यवस्थापनमा सरकार असफल रहेको सांसदहरुले टिप्पणी गरेका छन्। विपद व्यवस्थापनको लागि पूर्व तयारीमा वेवास्ता गरिँदा जनताले क्षति व्यहोर्नु परेको सांसदहरुले आवाज उठाएका हुन्।

छिमेकीसँग विकास सिक्ने अवसर

शुक्रबार, २६ चैत २०७२

वि.सं २०३६ को विद्यार्थी आन्दोलनका चर्चित नेता टंक कार्की चीनका लागि पूर्व नेपाली राजदूत हुन्। हाल नेकपा एमाले केन्द्रीय सदस्य कार्कीले सन् २००७ देखि २०११

ताररहित कार चार्ज

बुधबार, २० माघ २०७२

गुगलले स्वचालित कार बनाए सँगै दुर्घटना न्यूनीकरण तथा वातावरण प्रदूषण नियन्त्रणमा प्रभावकारी हुने विश्वास लिएको छ । गुगल कार अन्य सामान्य कारको तुलनामा केही फरक देखिनेछ ।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।