अनिल यादव

धरापमा अनमोलको स्टारडम

बिहिबार, ०३ फागुन २०७४

प्रेम र बदलाको कथा पस्कदा दर्शकको मन नहुँडल्नु, भित्री संवेदना छुन नसक्नु पक्कै लेखक, निर्देशक र कलाकारको ठूलो कमजोरी हो । विडम्बना, पर्दामा फिल्मको अन्त्यसम्म दर्शकले कहानी खोजिरहन्छन्, अनमोलले भने प्रेमिका र अपहरण गर्ने अनुप ।

आकाश अधिकारी–क्लाउडीया फाजियोः प्रेमिल र बुझ्झकी जोडी

बुधबार, ०२ फागुन २०७४

ग्ल्यामर दुनियाँमा रमाइरहेको नेपाली ठिटोको इटालियन युवतीसँग कसरी सम्बन्ध जोडियो ? कसरी प्रेम फक्रियो ? कसरी बिहे भयो ? आकाश र क्लाउडीयाको प्रेम कहानी कम रोचक छैन ।

करोडको डिभोर्स

शनिबार, १३ माघ २०७४

२२ वर्षपछि हास्य कलाकार मनाेज गजुरेल र मीना ढकालको डिभोर्स किन भयो? गजुरेल र ढकालको साबिती र समाजशास्त्रीको विष्लेषणसहितको फेहरिस्त ।

राधाकृष्ण मैनालीको परिवार: ‘नेताकी श्रीमती हुन साह्रै गाह्रो’

बुधबार, १० माघ २०७४

लामो समय जेलजीवन भोगेका पाका र पुराना नेता राधाकृष्ण मैनालीलाई यतिबेला अाफूभन्दा कनिष्ठले राज्यसत्ता सञ्चालन गरिरहेको र आफू पछि परेको महसुस त गरेका छन् तर फूर्सदिला यी क्षणमा यौवनमा छुटेका परिवार र पत्नीप्रेमको आस्वाद लिइरहेका छन् ।

जसलाई एउटा फोटोले हिरोइन बनायो

शनिबार, ०६ माघ २०७४

फिल्मकी हिरोइन त उनी भइसकेकी थिइनन् तर धेरैको दिलकी भइसकेकी थिइन् । हिरोइनको परम्परागत मान्यताअनुसार उनी हिरोइनका लागि फिट पनि थिइन् । त्यसैले स्कुल पढ्दा होस् या कलेज सबैले उनलाई ‘ओई हिरोइन’ भनेर सम्बोधन गर्ने गर्थे । बाहिर मात्रै होइन घरमै आउँथ्यो– ‘हिरोइन’ को प्रतिक्रिया।

मिथिला संस्कृतिमय ‘राज्जा रानी’ प्रिमियर

आइतबार, २३ पुष २०७४

सर्लाही बबरगन्जका शम्भु बैठा पेसाले धोबी हुन् । सर्लाहीबाटै फिल्म हेर्नका लागि जनकपुर आएका बैठाका ७ छोरी छन् । जसमध्ये दुईको बिहे भइसक्यो, ५को बाँकी छ । बैठालाई बाँकी छोरीको विवाहले चैनले सुत्न दिने गरेको छैन । तर, बिहीबार राती रामजानककी मन्दिरमा फिल्म हेरेर निस्कँदा बैठा थप चिन्तित देखिए । उनलाई चिन्तित बनाएको थियो फिल्म ‘राज्जा रानी’को कथा र दृश्यले । उनले छोरीको बिहे गर्न जुन झन्झट खप्नु परेको थियो, फिल्ममा दुरुस्त उस्तै दृश्यको बाहुल्य थियो । उनले फिल्म मधेशी जनजीवनको नजिक रहेको बताउँदै फिल्मले आफ्नै कथा भने झैं लागेको बताए ।

बलियो वैवाहिक बन्धन कसरी कस्ने ?

शनिबार, ०९ मङि्सर २०७४

‘हरेक जोडीमा उतार–चढाव हुन्छ, हरेक जोडीमा बहस हुन्छ र यही कारण त तपाईं जोडी हो र कुनै पनि जोडी विश्वास बिना चल्न सक्दैनन् ।’ अमेरिकी उपन्यासकार निकोलस स्पाक्र्सले आफ्नो लोकप्रिय उपन्यास ‘एट फस्ट साइट’मा जोडीमाथि गरेको टिप्पणी हो यो । उनले भनेझै निसन्देहः ‘विश्वास’ सम्बन्धलाई बलियो र स्वस्थ बनाउने सबैभन्दा ठूलो हतियार हो, यो बिना सम्बन्ध टिकिरहन सक्दैन ।

यी हुन् बाटोमा भेट्टाएको पाँच लाख फिर्ता गर्ने प्रहरी जवान

शुक्रबार, २७ असोज २०७४

सात वर्षअघि धरानमा अनुजा बानियाँ नामकी यूवतीले गाडीमा भेटेको ९१ लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको भन्ने खबरले देशमा खुब चर्चा पाएको थियो। तत्कालिन राष्ट्रपति रामवरण यादवले राष्ट्रपति कार्यालयमा नै बोलाएर ‘स्याबास राम्रो काम गर्‍यौ’ भन्दै उनलाई बधाइ समेत दिएका थिए।

विर्तामोडमा दिनदहाडै पेस्तोल तेर्साएर सुनपसल लुटपाट

बिहिबार, २६ असोज २०७४

झापाको एउटा मुख्य सहर विर्तामोडमा बिहीबार दिनदहाडैसुन पसलमा फिल्मी शैलीमा लुटपाट भएको छ। इलाका प्रहरी कार्यलय विर्तामोडदेखि करिब दुुई सय मिटर नजिकै चोकमा रहेको अष्टलक्ष्मी ज्वेलर्सबाट दिउँसोे २ः४५ बजे अढाई तोला बराबरको सुनको गहना लुुटिएको हो।

'नाटकमा पैसा छ, किन छैन?'

बिहिबार, २६ साउन २०७४

'नाटकमा सम्भावना देखेर आउनेहरुलाई यहाँ पैसा हुँदैन भनेर कहिलेसम्म भनिरहने? अनि नेपाल यातायात चढ्नुअघि पैसा छ कि छैन भनेर कहिलेसम्म हामीले हाम्रो खल्ती छामिरहने?' मंगलबार नाटक 'लाटीको छोरो' मञ्चनबारे आयोजित प्रेसमिटमा रंगकर्मी प्रकाश दाहालले आक्रोशित भावमा गरेको प्रश्न थियो यो।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।