दिनेश सुवेदी

विद्यालय पठाउन ‘बैकल्पिक कक्षा’

बिहिबार, ०३ फागुन २०७४

त्रिबेणी २ नुवागाउँ बेरमखोलाका १३ बर्षीय बर्तमान विकले बिद्यालय छोडेको २ बर्ष भयो। ४ कक्षा पढेर स्कुल जान छोडेका उनीसंग बिद्यालय छोड्नुको कारण छैन्। घर परिवारको शैक्षिक माहोलका कारण उनले बिद्यालय छोडे। सोही गाउँका १२ बर्षीय भुपेन्द्र बिकले पनि बिद्यालय छोडेको धेरै भयो। लहलहैमा पैसा कमाउने शोखले दाङको एक होटलमा भाडा माझे।

५० किलो चरेस जलाईयो

बुधबार, ०२ फागुन २०७४

गत माघ १४ गते प्रहरीले रोल्पा माडि गाउँपालिकाको घर्तीगाउँमा पक्राउ गरेको ५० किलो चरेस जलाएको छ। नगरपालिका, जिल्ला प्रशासन, अदालतका प्रतिनिधिको रोहबरमा जिल्ला प्रहरी कार्यालयको हाता भित्र उक्त चरेस जलाईएको हो।

जनयुद्ध दिवसमा बिर्सिएका सहिद परिवार

मङ्गलबार, ०१ फागुन २०७४

विस २०५२ साल फागुन १ गते औपचारिक भुमिगत भएको माओवादीले रोल्पाका केही ठाउँमा औपचारिक कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएपनि सुनसान रह्यो। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने थवाङमा ठुलै कार्यक्रम ग-यो।

एनसेल टावरमा बम प्रहार

मङ्गलबार, ०१ फागुन २०७४

जनयुद्ध दिवसको पुर्व सन्ध्यामा माडि गाउँपालिकाको कोर्चावाङमा रहेको एनसेल टावरमा बम प्रहार भएको छ। बम प्रहारबाट टावर संचालनका लागि ब्याट्री लगायतका सामग्री राखिएको स्थान ध्वस्त भएको छ।

‘चर्च’ निर्माण गर्दै स्थानीय सरकार

शुक्रबार, २६ माघ २०७४

धर्म अफिम हो भनेर दिनदिनै भाषण गर्ने माओवादी जनप्रतिनिधिका रुपमा विजयी भएको रोल्पाको माडी गाउँपालिकाले क्रिस्चियन धर्म प्रवद्र्धनका लागि बजेट विनियोजन गरेको तथ्य बाहिर आएको छ । रोल्पाका टोलटोलमा चर्च स्थापना गरेका इसाई धर्मावलम्बीका लागि स्थापना गरिएका ‘मन्डली भवन’ निर्माणका लागि गाउँसभाबाटै बजेट छुट्याइएको हो ।

‘भोको पेटले को चढ्ने होला त्यो गाडीमा ?’

मङ्गलबार, २३ माघ २०७४

संघीयताले नसोचेका गाउँ बस्तीहरू फेरिएका छन्। कोटधारीदेखि हुने नयाँ–नयाँ मानिसहरूको आवत जावतले चहल पहल बढेको छ। जिल्ला सदरमुकाममा मात्र देखिने भीडभाड अहिले स्थानीय तहका केन्द्रहरूमा पनि देखिन थालेको छ।

'हाम्रोतिर पढेर राम्रो गरेको कोही भए पो पढ्नु ?'

सोमबार, २२ माघ २०७४

रोल्पा घर्तीगाउँको आसपास माडी खोलाको किनारै किनार निस्किएको शहिद मार्गमा दैनिक दर्जनौ साना ठुला मोटर धुलो उडाउदै वरपर गर्छन। त्यही धुलोका बीचमा स्थानीय किशोरीहरु डोको बोकेर नियमित दाउराको खोजीमा निस्कन्छन्।

परम्परागत हुलाक चलाउँदै स्थानीय सरकार

आइतबार, २१ माघ २०७४

संघीयता कार्यान्वयनक्रममा गठन भएका स्थानीय तहले विभिन्न खाले समस्याका बीचमा सेवा प्रवाह गर्न बाध्य भइरहेका छन् । दुर्गम जिल्ला रोल्पाका अधिकांश गाउँपालिकामा सूचना तथा सञ्चार आदानप्रदान गर्ने सुविधा छैन । जसले गर्दा विभिन्न निकायसँग समन्वयमा कठिनाइ हुँदै आएको छ भने सेवाको प्रभावकारिता वृद्धि हुन सकेको छैन । ‘कार्यालयमा इमेल, इन्टरनेट छैन । मौसम बिग्रिएका बेला आक्कलझुक्कल लाग्ने फोनले पनि काम गर्दैन । कार्यालय भवनको समस्या त छँदैछ,’ परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराम परियारले भने।

दुईवटा नागरिकता लिएको आरोपमा गाउँपालिका अध्यक्ष विरुद्ध उजुरी

बुधबार, १७ माघ २०७४

रोल्पाको सुकिदह गाउँपालिकाका अध्यक्ष बीरबहादुर खत्री विरुद्ध दुईवटा नागरिकता लिएको आरोप लगाउँदै छानविन माग गरिएको छ।

रोल्पाले भुलेको सहिद दिवस

मङ्गलबार, १६ माघ २०७४

माघ १६ अर्थात सहिद दिवस। देशभर विभिन्न कार्यक्रम गरि सहिद दिवस मनाईयो तर रोल्पा सुनसान रह्यो। अहिलेसम्मको देश भरकै तथ्याङ्क हेर्दा माओवादी द्धन्द्धमा यहाँ सवैभन्दा धेरै मृतक छन्। जसलाई माओवादी सहिद भन्छन्। तर सहिद दिवसको दिन जिल्लामा कसैले पनि कुनै कार्यक्रम गरेनन्। जिल्लामा प्राय दिवसहरु मनाउने जिल्ला प्रशासन कार्यालयले पनि यसपाला केहि कार्यक्रम गरेन।

आखिरमा तोडियो थवाङ

सोमबार, १५ माघ २०७४

सधैं राज्य सत्ताको विरोधमा रहने थवाङले यतिखेर आफु तोडिएकोे अनुभव गरिरहेको छ । कुनै समय हरेक निर्णयमा एक भएर उभिने यो ठाउँ स्थानीय तह निर्वाचनसँगै तोडिएको हो । अघोषित मुखिया प्रथा अर्थात एक जनाको नियन्त्रणमा रहने थवाङ अहिले स्पष्टै देखिने गरि दुई भागमा विभक्त छ।

५० किलो चरेससहित २ पक्राउ

आइतबार, १४ माघ २०७४

प्रहरीले रोल्पा माडि गाउँपालिकाको घर्तीगाउँमा ठूलो परिमाणमा लागु औषध चरेस पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा ५ न. प्रदेश क्षेत्रीय प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय रोल्पाको टोलीले आइतबार बिहान ३ बजेतिर ५० किलो चरेससहित दुईजनालाई पक्राउ गरेको हो।

आगलागीबाट ७ घर जले, एक घाईते

शनिबार, १३ माघ २०७४

सुवर्णावती गाउँपालिका–१, घोडागाउँको पञ्चीकोट गाउँमा शनिबार दिउँसो आगलागी हुँदा ६ घर र १ कोठे भान्सा घर गरी सात घर जलेका छन्।

एक बिद्यार्थीलाई पाँच शिक्षक ! (फोटो फिचरसहित)

शनिबार, १३ माघ २०७४

रोल्पाको एकमात्र जलजला बहुमुखी क्याम्पसमा हिजोआज ५ शिक्षकले एक जना बिद्यार्थी पढाईरहेका छन्। स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापन संकाय पढाई हुने जलजला बहुमुखी क्याम्पसमा दैनिकजसो शिक्षक र बिद्यार्थीको संख्या बराबर जस्तै रहन्छ। १७ जना शिक्षक रहेको क्याम्पसमा प्राय दैनिक बिद्यार्थी उपस्थिती पनि त्यतिकै संख्यामा हुने गरेको छ।

नयाँ सरकारले प्रदेश प्रमुख फेर्न सक्छ : पुन

शुक्रबार, ०५ माघ २०७४

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नयाँ सरकारले प्रदेश प्रमुख फेर्नसक्ने बताएका छन्। रोल्पा नगरपालिका ४ को वडा कार्यालय भवनको उद्घाटन गर्दै पुनले शेरबहादुर देउवा नेतृत्वको कामचलाउ हैसियतको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख अस्थायी भएको बताए।

सम्मानजनक एकता हुन्छः नेता महरा

मङ्गलबार, ०२ माघ २०७४

नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले एमालेसँग सम्मानजनक एकता हुने बताएका छन्। ‘बाम एकता गर्दै गर्दा माओवादी आन्दोलन भुलेका छैनौ। अब हुने एकता सम्मान जनक एकता हुन्छ। संबैधानिक कारणले सरकार गठन ढिलो भएको हो’, रोल्पाको माडिचौरमा माघी महोत्सब उद्घाटन गर्दै महराले भने।

गाउँपालिकाको नाम परिवर्तनको विरोधमा बन्द

आइतबार, १६ पुष २०७४

गाउँपालिकाको नाम परिवर्तन गरेको विरोधमा शनिवार यातायात बन्द गरिएको रोल्पाको सुवर्णावति गाउँपालीकामा आईतबार देखि अनिश्चितकालिन बन्द गरिएको छ। सवारी साधन समेत बन्द गरिंदा सदरमुकामबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि यातायातका साधन चल्न सकेनन् भने जिल्लाकै सबै भन्दा ठूलो ब्यापारीक केन्द्र सुलिचौर बजार पनि पूर्ण रुपमा बन्द छ।

वर्षमान पुन दोब्बर बढी मतले विजयी

आइतबार, २४ मङि्सर २०७४

पहिलो चरणमा सम्पन्न रोल्पा निर्वाचनो प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फको मतगणना सकिएको छ। प्रतिनिधि सभा तर्फ माओवादी केन्द्रका वर्षमन पुनले भारी मत अन्तरले जित हासिल गरेका छन्।

रोल्पाका दुवै प्रदेश सभामा माओवादी केन्द्र बिजयी

शनिबार, २३ मङि्सर २०७४

पहिलो चरणमा सम्पन्न रोल्पा निर्बाचनको प्रदेश सभा तर्फको मतगणना सकिएको छ। दुई प्रदेश सभा रहेको रोल्पाका दुबै प्रदेश क्षेत्रमा वाम गठबन्धनका उमेद्वारले जित हासिल गरेका छन।

रोल्पा प्रदेश सभा ख मा माओवादी बिजयी

शनिबार, २३ मङि्सर २०७४

रोल्पाको प्रदेशसभा तर्फ प्रदेश न. ख मा माओवादी केन्द्रका दिपेन्द्र पुनले २४ हजार ४ सय ९० मत ल्याएर बिजयी भएका छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।