शालिक भट्ट

‘मैले गाडी चलाउँछु भन्दा सचिवज्यूले दिनुभएन’ (भिडियो)

शनिबार, २७ माघ २०७४

शनिबार विहान ३ बजे सिचाईं मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव सवार जिप दुर्घटना भयो। कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ सलाङघाटस्थित त्रिशुली नदीमा खस्यो।

घरमै यसरी बनाअाैँ चाकु (फोटो फिचर)

आइतबार, ३० पुष २०७४

माघे संक्रान्ति आउन एक दिन बाँकी रहँदा बजारमा चाकुले राम्रै व्यापार पाइरहेको छ । हुन त चाकु भन्ने बित्तिक्कै सबैले मकर संक्रान्ति अर्थात माघ १ लाई सम्झिन्छाैँ हामी ।

धुर्मुसको एकीकृत बस्ती निर्माणमा आर्थिक अभाव

बिहिबार, २७ पुष २०७४

धुर्मुस सुन्तली फाउण्डेसनले बनाइरहेको रौतहटको एकीकृत नमुना सन्तपुर बस्ती सम्पन्न हुन केही बाँकी रहँदा निर्माणका लागि रकम अपुग भएको छ।

‘जेब्रा क्रसिङ’मै असुरक्षित पैदल यात्रु (भिडियो)

बिहिबार, ०६ पुष २०७४

खाल्डाखुल्डी र धुलोले भरिपूर्ण काठमाडौंका सडकमा गाडीको चाप अत्यधिक छ। मेटिन लागेका जेब्राक्रस र गाडीको तीब्र गति। पैदल यात्रु गन्तव्यसम्म पुग्ने हुन् कि अस्पताल सधैँ जोखिम हुनेगर्छ। जेब्रा क्रसिङ भनेको पैदल यात्रुलाई बाटो काट्न बनाइएका विशेष ठाउँ हो।

भारतसँग सुमधुर सम्बन्ध राख्न कटिबद्ध छौँ : केपी ओली (भिडियो)

आइतबार, ०२ पुष २०७४

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतसँगको सम्बन्ध सुमधुर राख्न आफूहरू कटिबद्ध भएको बताएका छन्।

नुवाकोटमा काँग्रेसको खानदानी राजनीति समाप्त

आइतबार, २४ मङि्सर २०७४

नुवाकोटमा आफ्नो पकड क्षेत्र बनाएर बसेको नेपाली काँग्रेसले यसपाली भने आफ्नो विरासत जोगाउन सकेन। पछिल्लो समय नेकपा माओवादी केन्द्र र एमालेले तालमेल गरेपछि काँग्रेसले आफ्नो बिउ समेत जोगाउन नसकेको हो। २०६४ सालमा तत्कालीन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका रामशरण महतले नेकपा माओवादीका हितबहादुर तामाङलाई हराउँदै काँग्रेसको साख बचाएका थिए। यसपाली भने उनलाई जनताले पत्याएनन्। ०६४ मा क्षेत्र नम्बर १ मा काँग्रेसका अर्जुन नरसिंह केसीलाई हराउँदै माओवादीकी विमला सुवेदीले जित हासिल गरेकी थिइन् भने तीनमा माओवादी कै पोष्टबहादुर बोगटी विजयी भएका थिए।

काठमाडौं ६ एमाले र ४ मा काँग्रेस विजयी

आइतबार, २४ मङि्सर २०७४

काठमाडौँका १० क्षेत्र मध्ये ६ वटामा नेकपा एमाले र बाँकी ४ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।  क्षेत्र नम्बरमा १, ४, ६ र १० मा नेपाली काँग्रेसले विजय हासिल गरेको हो भने  २,३, ५, ७, ८ र ९ मा नेकपा एमालेले विजय आफ्नो जित सुनिश्चित गरेको हो।

काठमाडौँमा काँग्रेस र एमाले ४–४ स्थानमा विजयी

शनिबार, २३ मङि्सर २०७४

दोश्रो चरण अन्तर्गत काठमाडौँमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनकोे पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर १, ४,६ र १० मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ भने ३, ८ र ९ मा नेकपा एमालेले विजय हासिल गरेको छ।  क्षेत्र नम्बर १ मा काँग्रेसका प्रकाशमान सिंह १०९३६ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी विवेशील साझाका रविन्द्र मिश्रले १०११८ मत प्राप्त गरे । त्यस्तै क्षेत्र नम्बर ४ मा काँग्रेसका गगन थापा २१५५८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १८१४० मत प्राप्त गरे । क्षेत्र नम्बर १० मा  काँग्रेसका राजन केसीले २४१९० मत प्राप्त गर्दा माओवादीका हितमान शाक्यले २१९०७ मत प्राप्त गरे।

मण्डलामा ‘लाटीको छोरो’ (फोटो फिचर)

शुक्रबार, ३० भदौ २०७४

नेपालीमा एउटा उखान छ ‘जो होचो उसैको मुखमा घोचो’ अर्थात जो निर्वल छ, जो असहाय छ उसैलाई नै दुःख बढी पर्छ, समाजले अपहेलना गर्छ। यस्तै समाजबाट हेपिएकी पात्र हो लाटी ।  नेपालको पूर्वी तराईमा अवस्थित डोम बस्तीमा बस्ने लाटीको कथा बोकेको नाटक ‘लाटीको छोरो’ यतिबेला काठमाडौँको मण्डला थिएटरमा प्रदर्शन भइरहेको छ।

जसले थापाथली र भोटेबहालमा भेटेको पाँच लाख फिर्ता दिए

बुधबार, ३२ साउन २०७४

काठमाडौंको सडकमा पाँच लाख रुपैयाँ हराए के होला? निश्चय नै त्यसरी पैसा हराए भेटिन्छ भन्ने आशा कमैलाई होला। सिन्धुपाल्चोकका स्थायी बासिन्दा सुजन लामाले मंगलबार त्यस्तै अनपेक्षित घटना अनुभव गर्न पाएका छन्। भैँसेपाटी बस्दै आएका उनी मंगलबार बिहान करिब ११ बजे न्युरोडबाट पैसा झोलामा हालेर मोटरसाइकलमा घरतिर लागे। घर पुगेर झोला हेर्दा त्यहाँ पाँच लाख रुपैयाँका बिटा थिएनन्। झोला रित्तै थियो। कतिखेर र कहाँ पैसा झर्‍यो उनले पत्तो पाएनन्। एकै छिन अघि बैंकबाट झिकेको पाँच लाख गुमाउनु पर्दा उनी छाँगाबाट खसेजस्तै भए।

दुई वर्ष बित्दा पनि टहरामै भूकम्प पीडित

बिहिबार, २५ जेठ २०७४

दुई वर्षअघि गएको भूकम्पले नुवाकोटलाई पनि नराम्रोसँग हल्लायो। धेरैको ज्यान गयो। कैयौं घाइते भए। भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि नुवाकोटबासीमा भूकम्पले बनाएको घाउ अझै आलै छ। पीडितहरूले राहत पाएका छैनन्। घर भत्किएकाहरु टहरामा बस्न विवश छन्।

काठमाडाैँ महानगरमा  एमाले पछ्याउँदै काँग्रेस, तेश्राेमा विवेकशील

शनिबार, ०६ जेठ २०७४

काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणना अनुसार एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै रहेको छ ।  सबैलाई पछि पार्दै उनले १७,७३२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै काँग्रेसका राजुराज जोशीले ११,८९८ मत प्राप्त गरेका छन् ।

‘उपचार भए अझै धेरै बाँच्ने थिएँ’

शनिबार, १६ बैशाख २०७४

वैशाखको प्रचण्ड घाम अनि उखरमाउलो गर्मीलाई प्रवाह नगरी काठमाडौँको सिभिल मल अगाडि सडक पेटीमा कागजको बक्सा र एउटा पूरानो छाता सहित एक वृद्ध सहयोगी हातहरू कुर्दै बसिरहेका छन् ।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।