गणेश विक

प्याराग्लाइडिङको गन्तव्य रुकुम, विदेशीले गरे परीक्षण उडान

शनिबार, ०५ फागुन २०७४

जिल्लाका विभिन्न ठाउँका स्वीटजरल्याण्डका नागरिकले प्याराग्लाइडिङको सफल उडान भरेका छन्। ३० बर्षीय डेनिल मायरले उडान भरेका हुन्।

पुल नहुँदा जोखिम मोलेर यात्रा

शनिबार, ०५ फागुन २०७४

सिस्ने गाउँपालिका वडा नं. ३ का भीमवहादुर खड्का सदरमुकाम रुकुमकोट आउँदा सधै पिरलो बन्ने गर्छ सानीभेरी नदिमा भएको स्याकु (कच्ची काठको पुल)। उनी भगवान पुकार्दै उक्त स्याकु वारपार गर्छन् । उनी मात्र होइन यहाँका वासिन्दाहरु सदरमुकाम आउँदा जोखिम मोलेर नदि वारपार गर्नु पर्ने वाध्यता छ।

सहयोग संकलनका नाममा ठगी

बिहिबार, ०३ फागुन २०७४

पोखरा लेखनाथ उपमहानगरपालिका स्थित फेवातालका रमेश पाण्डे यतिबेला रुकुम (पश्चिम) को सदरमुकाम मुसीकोट खलंगामा छन्। उनी यहाँ आर्थिक सहायता मागिरहेका छन्। जिल्ला प्रशासन कार्यालय पोखराको छाप र प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर भएको पत्र देखाउँदै उनी सहयोग मागिरहेका छन्।

‘दुई छाक टार्ने सहायता हामी कहिले पाउँछौं सरकार’

मङ्गलबार, ०१ फागुन २०७४

सरकारको गरिब तथा गम्भीर प्रकृतिका बिरामीलाई उपचार खर्च भन्दै आर्थिक सहायता प्रदान गर्ने सूचीमा परेका बुद्धिप्रसाद गौतम प्रदेशसभामा समानुपातिकतर्फका सांसद हुन् । उनका दुई छोरा जागिरे छन् भने एक छोरा मुसीकोट नगरपालिका वडा नं. ५ का वडाध्यक्ष छन् । उनी आर्थिक अभावका कारण गुजारा गर्न नसक्ने व्यक्तिभित्र पर्दैनन् । उनीजस्तै देवी पुनको नाम पनि उक्त सूचीमा छ । उनी नेपाली कांग्रेसबाट त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार थिइन् । मुसीकोट खलंगामा उनको ठूलो मेडिकल (निजी स्वास्थ्य संस्था) छ । त्यस्तै राजेन्द्र पुनको सिम्रुतु बजारमा भाँडा पसल छ । उनको नाम पनि उक्त सूचीमा समावेश छ।

जहाज दुर्घटनाबाट बच्यो

बुधबार, २४ माघ २०७४

काठमाडौंबाट रुकुम (पश्चिम) का लागि उडान भरेको नेपाल वायु सेवा निगमको जहाज दुर्घटनाबाट बचेको छ। बुधबार दिउँसो सल्ले विमान स्थलमा जहाज अवरतण गर्ने क्रममा दाया पंखामा रहेको हाइड्रोलिक पाइप फुटेको थियो।

रूकुम पूर्व सदरमुकाम विवाद : चिरिन थाले भावना

शनिबार, २० माघ २०७४

तत्कालिन राष्ट्रपति रामवरण यादवले रूकुम जिल्लालाई पूर्व रूकुम र पश्चिम रूकुम भनेर घोषणा गर्दा पूर्वी रूकुमका जनतामा खुशीयाली छाएको थियो।  उनीहरूले उक्त निर्णयको स्वगत गर्दै घरघरमा दिपावली समेत गरेका थिए।

ट्रिपर दुर्घटना हुँदा दुईको मृत्यु

शनिबार, २० माघ २०७४

दाङवाट सिमेन्ट बोकेर रुकुम (पुश्चिम) आउँदै गरेको से १ क ५२७ नम्बरको ट्रिपर सल्यानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ सम्दी मोडमा टिप्पर खस्दा चाकल बाँके कोहलपुर नगरपालिका वडा नं. १० का २८ बर्षिय सुरज बोहरा र सहचालक डोटीका अन्दाजी २३ वर्षिय रमेश पुन मगरको मृत्यु भएको हो।

निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड

बुधबार, १७ माघ २०७४

पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ गोलखाडाका वासिन्दाहरुले सरकारको निर्णय तत्काल कार्यान्वयन हुनुपर्ने बताएका छन्। रुकुम (पुर्वी) को सदरमुकाम गोलाखाडा केन्द्र बिन्दु भएको भन्दै यहाँका बासिन्दाहरुले सरकारको निर्णय तत्काल कार्यान्वयन हुनुपर्ने बताएका हुन्।

भारतीय जेलबाट नेपाली बालिकाको उद्दार

मङ्गलबार, १६ माघ २०७४

भारतको उत्तर प्रदेश स्थित बहराइज जेलवाट एक नेपाली बालिकाको उद्दार गरिएको छ। जिल्ला बालकल्याण समितिको प्रयास पछि यहाँस्थित आठवीसकोट नगरपालिकाकी ६ बर्षिया बालिकाको उद्दार गरिएको हो।

माओवादीले कब्जा गरेको जग्गा फिर्ता भएन

मङ्गलबार, १६ माघ २०७४

तत्कालिन नेकपा माओवादीले द्वन्द्वको समयमा कब्जा गरिएका जग्गा तथा सम्पत्ती फिर्ता गर्ने भनिएपनि यहाँ अझै फिर्ता हुन सकेको छैन्। साविकको खोलागाउँ गाविस–४ का गोपालप्रसाद शर्माको तत्कालीन नेकपा (माओवादी) ले कब्जा गरेको जग्गा फिर्ता हुन नसकेको हो।

सहयोग माग्दै ‘जिउँदा सहिद’

मङ्गलबार, १६ माघ २०७४

म संग घाइते शरिर बाहेक अरु छैन। भएको सम्पत्ती उपचारमा सकियो। साँझ बिहान छाक टार्न समस्या छ। म आफ्नो उपचार भन्दा पनि जीविकोपार्जनका लागि व्यापार गर्न चाहान्छु।‘ यस्तो दर्दानाक अवस्था हो २०४६ सालको जनआन्दोलनका जिउँदा सहिद मुसीकोट नगरपालिका–५, सोलावाङका ताराप्रसाद खड्काको।

दम्पत्तीको मृत्युपछि मुसीकोट दिनभर बन्द

मङ्गलबार, १६ माघ २०७४

मंगलबार बिहानदेखि रुकुम (पश्चिम) को सदरमुकाम मुसीकोट बन्द गरिएको छ। आइतबार साँझ खलंगाका व्यवसायिक दिलिप बुढा र उनकी श्रीमती सम्झना बुढाको सल्यान कपुरकोटमा दुर्घटनामा परि मृत्यु भएपछि मंगलवार बजार बन्द गरिएको हो।

‘मास्टर’ जन्माउने गाउँ

मङ्गलबार, १६ माघ २०७४

सिस्ने गाउँपालिका वडा नं. ६ रुकुमकोटमा एक सय ५० घरधुरी मिलेर बनेको आला गाउँ छ। पहिलो पुस्ता कृषीमा निर्भर छन्। आर्थिक रुपले सम्पन्न हुँदै जाँदा उक्त पुस्ताले अर्को पुस्तालाई कृषी संगै अध्ययनमा लगाए। फलस्वरुप यो गाउँले ‘मास्टर’ (शिक्षक) जन्मायो।

पश्चिममा आन्दोलन, पूर्वमा दिपावली

सोमबार, १५ माघ २०७४

बिहीबार साँझ मन्त्रिपरिषद्को निर्णयले रुकुम (पूर्व) को सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ गोलखाडमा राख्ने निर्णय गरेपछि सोही दिन रातिदेखि रुकुमकोटवासी आन्दोलित भए । आइतबार चार दिनदेखि उनीहरू आन्दोलनमा छन्।

मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

सोमबार, १५ माघ २०७४

पश्चिम रुकुमबाट दाङ जाँदै गरेको मोटर साइकल सल्यान कपुरकोटमा रोकिराखेको ट्रकमा संग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

रुकुममा कतै आन्दोलन कतै दीपावली

आइतबार, १४ माघ २०७४

बिहिबार साँझ मन्त्रिपरिषद्को निर्णयले रुकुम (पूर्व) को सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ गोलखाडमा राख्ने निर्णय गरेपछि सोही दिन रातीदेखि रुकुमकोटबासी आन्दोलित भए। आइतबार चार दिनदेखी उनीहरु आन्दोलनमा छन्।

सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्ने तयारीमा रुकुमवासी

शुक्रबार, १२ माघ २०७४

सरकारले पूर्वी रुकुमको सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १० गोलगोल खाँडलमा बनाउने निर्णय गरेपछि रुकुमकोटवासीहरू आन्दोलित भएका छन् । उनीहरू बिहीबार राती १० बजेदेखि नै आन्दोलित भएका हुन्। आन्दोलित रुकुमवासीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । सदरमुकाम रुकुमकोट आउने सबै नाकाहरु बन्द गरेका छन् । सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयार भइ रहेको यहाँका बुद्धिजीवि बलवहादुर शाहीले जानकारी दिए । ‘सरकारी कामकाज समेत सुरु भई सकेको रुकुमकोटबाट गोलगोल खाँडलमा सार्ने निर्णर्य जनताको विपक्षमा छ उनले भने, यो कुनै पनि हालतमा स्वीकार्य छैन् । सरकारले यो निर्णय तत्काल सच्याउनु पर्छ’ उनले भने ।

रुकुममा एमालेले १८ वर्षपछि सांसद् पायो

बिहिबार, ०४ माघ २०७४

हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभाको चुनावपछि नेकपा एमालेले प्रदेश सांसद् १८ वर्षपछि दोहो-याउने मौका पाएको छ। पश्चिम रुकुमबाट देबी ओली र पूर्वी रुकुमबाट प्रदेश सभामा समानुपातिक तर्फबाट आशा स्वर्णकारले १८ वर्षपछिको खुशी फर्काएका हुन्।

राप्रपाका सह-महामन्त्री एमालेमा प्रवेश

बिहिबार, ०४ माघ २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सह-महामन्त्री सहित राप्रपा सल्यान जिल्ला कार्यसमिति नेकपा एमालेमा समाहित भएको छ। बिहीबार सल्यानमा संयुक्त पत्रकार सम्मेलन गरेर राप्रपाले देश विकास गर्न नसक्ने भन्दै उनीहरु एमालेमा समाहित भएको जनाएका छन्।

डढेलोमा परेर दुईको मृत्यु, एक घाइते

सोमबार, ०१ माघ २०७४

रुकुम (पूर्व)मा डढेलोमा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। पुथाउत्तरगंगा गाउँपालिका–३, को लालपाटन जंगलमा लागेको डढेलोमा परेर सोही गाउँपालिका–७, का श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।