मधुसुधन गुरागाईं

धुलिखेलका पशुमा खोरेत रोग फैलियो

सोमबार, ०७ फागुन २०७४

खोरेत रोग(फुट एन्ड माउथ डिजिज–एफएमडी) धुलिखेल–१, देवीटारका पशुबस्तुमा फैलिएको छ । यसबाट गरी नौवटा गाई र भैंसी प्रभावित र एउटा बाच्छीको मृत्यु भइसकेको छ ।

तीन हजार लगानीले ६० लाख पुर्यायो

बिहिबार, ०३ फागुन २०७४

२०४६ सालको कुरा हो । पनौती–१०, खोपासीका कृष्णदास उलकले तीन हजार रुपैयाँको लगानीमा एक सयवटा बल (कन्ये जातको च्याउ खेती गरिने परालको पोका) मा च्याउ खेती गरे । त्यसबाट ३० हजार रुपैयाँ आम्दानी लिन उनी सफल भए ।

टिपरका कारण ज्यान गुमाउने धेरै

मङ्गलबार, ०१ फागुन २०७४

काभ्रेपलाञ्चोक जिल्लामा टिपरकै कारण हरेक महिना २ देखि ५ वटासम्म दुर्घटना हुनेगरेको छ । टिपरका कारण अकालमा ज्यान गुमाउनेमा मोटरसाइकल–स्कुटर चालक र पैदलयात्री बढी छन् । पछिल्लो घटनामा भक्तपुरबाट ताथली हुँदै बनेपातर्फ आउँदै गरेको बा४ख ३३२६ नम्बर टिपरले अघिल्लो शनिबार बनेपा–१ नाला, अमालडोल सडकमा हिँडिरहेका सूर्यविनायक नपा–१० खड्कागाउँका ५१ वर्षीय बद्री खड्कालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भयो।

ब्रोइलर प्यारेन्टको उत्पादन बढाउँदै कब नेपाल

बिहिबार, २५ माघ २०७४

ब्रोइलर कुखुरापालन व्यावसायिक बन्दै जाने क्रममा चल्लाको माग पनि बढ्न थालेपछि नेपालमा ब्रोइलरको प्यारेन्ट स्टक (माउ चल्ला) उत्पादन गर्ने एकमात्र कम्पनी कब नेपाल प्रालिले उत्पादन क्षमता बढाउने भएको छ ।

नेपालथोक–गोंगबु चल्ने बसलाई अवरोध

सोमबार, २२ माघ २०७४

सिन्धुलीको नेपालथोकबाट नयाँ बसपार्क गोंगबु, काठमाडौंका लागि छुटेका बस भक्तपुरका यातायात व्यवसायीले आइतबार नियन्त्रणमा लिएर सेवा सञ्चालनमा अवरोध पुर्याएका छन्।

महँगियो कुखुराको दाना

बिहिबार, १८ माघ २०७४

नेपालका दाना उद्योगले कुखुरा दानाको भाउ बढाएका छन् । दाना उत्पादनमा प्रयोग हुने कच्चा सामग्री र भिटामिनको भाउ बढेको भन्दै साताको सुरुमै उनीहरुले भाउ बढाएका हुन् ।

खाल्डाखुल्डी र खपीनसक्नु धुलो

सोमबार, १५ माघ २०७४

अरनिको राजमार्गको धुलिखेलबाट पाँचखालतर्फ ओहोरदोहोर गर्दा सडकभरि खाल्डाखुल्डी छन् । सवारीसाधन आवतजावतमा समस्या छ । मोटरसाइकल चालक र बटुवा धुलाम्मे हुने गरेका छन्।

स्कलरसिप वाक

शनिबार, १३ माघ २०७४

‘हिँडौं, खाऔं र भलो गरौं (वाक, इट एन्ड डु गुड)’ भन्ने अभियानअन्तर्गत प्रत्येक वर्षको जनवरी र फेब्रुअरीको बीचमा बनेपामा छात्रवृत्ति पदयात्रा (स्कलरसिप वाक) आयोजना हुँदै आएको छ । पदयात्राकै क्रममा ठाउँ–ठाउँमा राखिएका नेवारी परिकारका स्टलमा खाना चाख्दै हिँड्नुको मज्जा नै बेग्लै हुने गरेको छ ।

प्रदेश ३ को राजधानी काभ्रे माग

बुधबार, १९ पुष २०७४

प्रदेश नं ३ को राजधानी काभ्रे जिल्लामा हुनुपर्नेमा विभिन्न राजनीतिक दल, नवनिर्वाचित संघीय सांसद, प्रदेश सांसदहरू, सरकारी निकाय र सरोकारवालाले जोड दिएका छन् ।

धुलिखेलमा पर्यटन सूचना केन्द्र

बिहिबार, १३ पुष २०७४

उपत्यकासँगैको पर्यटकीय गन्तव्य काभ्रेपलाञ्चोकमा पर्यटन उद्योग तथा व्यवसायको प्रवद्र्धन एवं पर्यटकलाई आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन धुलिखेलमा पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ ।

दुई दशकपछि फर्कियो काभ्रेको ‘वाम किल्ला’

मङ्गलबार, २६ मङि्सर २०७४

काभ्रेमा प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा वाम गठबन्धनले विजय हासिल गरेको छ । दुई दशकपछि काभ्रे जिल्ला फेरि एकपटक ‘वाम किल्ला’ मा रूपान्तरित भएको हो ।

फर्कियो काभ्रेको ‘वाम किल्ला’

सोमबार, २५ मङि्सर २०७४

काभ्रेमा प्रतिनिधि सभा र प्रदेश सभाका सबै सीटहरूमा वाम गठबन्धनले विजय हासिल गरेको छ । दुई दशकपछि काभ्रे जिल्ला फेरि एक पटक ‘वाम किल्ला’ मा रुपान्तरित भएको हो।

काभ्रेमा कसले मार्ला बाजी ?

सोमबार, १८ मङि्सर २०७४

नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट काभ्रे क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका तीर्थबहादुर लामा जित दोहोर्याउने अवसरको खोजीमा छन् । उनका प्रतिस्पर्धी एमाले–माओवादी गठबन्धनका गंगाबहादुर तामाङ पहिलोपटक उम्मेदवार बनेका हुन् । उनी माओवादी पोलिटब्युरो सदस्य हुन् ।

‘उहिलेको चुनाव, अहिलेको चुनाव’

आइतबार, १७ मङि्सर २०७४

त्यतिखेरको चुनावमा उम्मेदवार र जनता कसैले पनि पैसा खर्च गर्दैनथ्ये । जितेपछि भोज खुवाउँथे, त्यो पनि सबैले मिलेर । भोट देऊ भनेर भोज खुवाउने चलन धेरै पछिमात्रै आएको हो । यतिखेरको चुनाव त पैसाको राजजस्तो भयो ।’

गोलभेंडाको घातक किरा ‘टुटा एब्सोलुटा’ फैलँदो

आइतबार, १९ कार्तिक २०७४

२०७३ जेठ ३ गतेलाई काठमाडौंसहित आसपासका पाँच जिल्लाका गोलभेंडा किसानले पीडादायी दिनका रुपमा लिन्छन् । नेपालको गोलभेंडामा घातक किरा ‘टुटा एब्सोलुटा’ (गोलभेंडाको पात खन्ने किरा) प्रमाणित भएको यही दिन थियो ।

एलर्जीलाई हेलचक्र्याँइ नगर्न सुझाव

बिहिबार, १६ कार्तिक २०७४

ग्रामीण र सहरी भेगका आठ वटा स्कूलका एक हजार आठ सय ९६ विद्यार्थीमा गरिएको टेष्टबाट आठ दशमलव तीन प्रतिशतलाई एलर्जी भएको पाइयो र अधिकांशको कारक हाउस डष्ट माइट्स(कीटाणु) पाइयो ।

भूकम्पपीडितलाई अनुदान किस्ता पाउन सकस

मङ्गलबार, ०७ कार्तिक २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानअन्तर्गत पहिलोदेखि तेस्रो किस्तासम्मको रकम वितरणका लागि साबिक रबिओपी गाविसलाई नमुना छनोट गरी कार्यक्रम सुरु गर्यो ।

गुगल गर्दै र युट्युब हेर्दै उद्यमी बने युवा

बिहिबार, ०२ कार्तिक २०७४

एमबिए सकिएलगत्तै साँगाका निसान चण्डी श्रेष्ठ र उनका दुई दौंतरीको मनमा जागिर खाने कि कुनै व्यवसाय गर्ने भन्ने हुटहुटी चलेको थियो । कारण, साथीसँगीहरु पढाईलगत्तै कहीँ न कहीँको जागिरे भइसकेका थिए ।

जलविद्युत् प्रवर्द्धकलाई टर्बाइनकै चिन्ता

मङ्गलबार, ०६ भदौ २०७४

प्रविधिको हिसाबले संसारमै जलविद्युत् उत्पादन प्रविधिलाई उत्तम मानिए पनि नेपाली प्रवर्द्धकहरुलाई सधैंभरि ‘टर्बाइन’को समस्याले पिरोल्ने गरेको छ।

सुत्केरीपछिको अधिक रक्तस्राव रोक्न नयाँ उपाय

आइतबार, ०४ भदौ २०७४

सुत्केरीपछिको अधिक रक्तस्रावबाट हुने मातृ मृत्युदर कम गराउन फुटबल वा भलिबलको प्रयोग गरिन थालेको छ। सुन्दै अनौठो लागे पनि यी खेल सामग्रीको प्रयोगले सुत्केरीपछिको रक्तस्राव कम गराउँदै रेफरल अस्पतालसम्म बिरामी पठाउन सम्भव भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।