८ वैशाख २०८१ शनिबार
अन्य

केन्द्रीय प्रसारणको बिजुली भदौमा

ताप्लेजुङ- नेपाल विद्युत् प्राधिकरणले ‘फास्ट ट्र्याक’ विधि अपनाएर भदौ पहिलो साताभित्र सदरमुकाम फुङलिङमा केन्द्रीय प्रसारणको विद्युत् लाइन जडान गर्ने तयारी गरेको छ। यहाँस्थित ताप्लेजुुङ विद्युत् उपभोक्ता संस्था र युवा दबाब समूहलाई स्थानीय तहमा गर्नुपर्ने कामको जिम्मेवारी तोक्दै प्राधिकरणले यसको अगुुवाई गरेको हो। ‘तत्काललाई अस्थायी संरचनामार्फत केन्द्रीय प्रसारण लाइन जडानका लागि फास्ट ट्र्याक विधि अपनाएका हौं,’ प्राधिकरणका इलामस्थित स्टेसन प्रमुुख सीताराम सिग्देलले भने।

 केन्द्रीय प्रसारण लाइन जडानका लागि साविकको दोखुु गाविसमा निमाणाधीन अस्थायी सब–स्टेसन निरीक्षणका लागि यहाँ आएका सिग्देलले ढिलोमा पनि भदौ पहिलो साताभित्र यो कार्य पूरा गर्ने ‘मिसन’ प्राधिकरणले बनाएको बताए। उनका अनुसार अस्थायी प्रकृतिको सब–स्टेसनको निर्माण कार्य यसै साता सम्पन्न हुँदैछ। सिग्देलले यसको निर्माण सकिनुुअघि नै पाँचथरको फिदिममा रहेको १.५ मेगाभोल्ट क्षमताको ट्रान्सफर्मर यहाँको सब–स्टेसनसम्म ल्याइने बताए। उनले यस कार्यमा युवा दबाब समूह र विद्युत् उपभोक्ता संस्थासँग प्राधिकरणले सहयोग मागेको बताए। ६ टनभन्दा बढी क्षमताको ट्रान्सफर्मर भित्रयाउन वजनदार क्रेन आवश्यक भएकाले यसको खोजी भइरहेको उनको भनाइ छ।

 सिग्देलले सब–स्टेसन निर्माण भएको स्थलदेखि फुुङलिङ बजारसम्मको भागमा तार र पोल परीक्षण तथा मर्मतका लागि संस्थामार्फत कार्य अघि बढ्ने जानकारी दिए। ९ किलोमिटर दूरीका लागि चाहिने विद्युत् तार र पोल प्राधिकरणले संस्थालाई सोझै उपलब्ध गराउने छ। ‘हामीले पाएको जिम्मेवारीअनुसार यसै साताबाट कार्य अघि बढाउने छौं,’ संस्थाका स्टेसन म्यानेजर विष्णुु खतिवडाले भने। तार र पोल प्राधिकरणको इलामस्थित कार्यालयमा छ। खतिवडाका अनुसार यी सामग्री ढुवानी गर्नेबारे संस्थाले योजना बनाइरहेको छ। प्राधिकरणले युवा दबाब समूहलाई काबेलीदेखि फुुङलिङ बजारसम्मको प्रसारण लाइन क्षेत्रमा भएका रुख र हाँगाको उल्झन हटाउने जिम्मेवारी दिएको छ। यसबाहेक फिदिमबाट ल्याइने ट्रान्सफर्मर सब–स्टेसनसम्म ल्याएर व्यवस्थापन गर्न र थप सहयोगका लागि आग्रह गरेको छ। ‘बिजुली बाल्ने कार्यमा प्राधिकरणलाई जस्तोसुकै सहयोग गर्न तयार छौं,’ समूहका संयोजक नारायण थापाले भने। उनले समूहले निर्माण कार्यमा भइरहेको प्रगतिबारे प्राधिकरणका अधिकारीलाई समेत निरन्तर झक्झक्याइरहेको बताए।

 प्रसारण लाइन जडानका लागि रकम अभाव नभएको बताउँदै सिग्देले विद्युतीय सामग्री जडानका लागि पुनर्टेन्डर आह्वानले केही ढिलो गराएको बताए। उनका अनुसार फुुङलिङसम्म केन्द्रीय प्रसारण लाइन विस्तारका लागि जडान गनर्ुुपर्ने पाटपुुर्जासम्बन्धी कामका लागि पहिले खोलिएको टेन्डरभित्र पर्याप्त बोलपत्र दर्ता नभएपछि पुनः दोस्रो पटक खुला गरिएको थियो। दोस्रो पटक खोलिएको टेन्डर स्वीकृत भइ निर्माण साझेदारसँग सम्झौता भइसकेकाले विद्युत् सब–स्टेसन निर्माणलगत्तै साझेदारले काम थाल्ने सिग्देलले जानकारी दिए।

 यसबाहेक प्राधिकरणलाई उपभोक्ता संस्थासँगको सम्बन्धन तोड्ने कार्यका लागि केही दिन गृहकार्य गर्नुपर्ने जिम्मेवारी पनि छ। विद्युुत् आपूर्ति र यससँग सम्बन्धित कार्य गर्न २०६३ सालमा संस्थासँग सम्झौता गरेको प्राधिकरणले केन्द्रीय प्रसारण लाइन जडानपछि विद्युत् व्यवस्थापन जिम्मा लिनेछ।

 २०८५ सालसम्मको सम्झौता भएपनि प्राधिकरणले उपभोक्ता संस्थाको जिम्मेवारी १२ वर्षअघि आफ्नै माताहातमा ल्याउने भएको हो। यसको समायोजनका लागि प्राधिकरणका पूर्वाञ्चल क्षेत्रीय निर्देशक ओमप्रकाश राठीलाई जिम्मेवार तोकिएको छ। समायोजन कार्यदलले साउन पहिलो साताबाट मात्र काम थाल्ने भएकाले यसले केही दिन लिने सिग्देलले जानकारी दिए। यसबाहेक पाँचथरको अमरपुुर र काबेली करिडोरका लागि निर्माण भएका सब–स्टेसनसम्ममा विद्युुत् प्रवाहको व्यवस्थापन गनर्ुुपर्ने भएकाले केही दिन ढिला भएपनि सबै कार्य सक्दा भदौ पहिलो साताभन्दा टाढा नजाने सिग्देलले जानकारी दिए।

प्रकाशित: १६ असार २०७३ ०५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App