८ वैशाख २०८१ शनिबार
अन्य

सामाजिक चेतना फैलाउँदै बालक्लब

काठमाडौं- गाउँमा कुनै खोप लगाउने काम होओस् वा गाउँको कुनै पनि भेला गर्दा धनुषाको भुचक्रपुर गाविसकी सामाजीक परिचालक मन्जुकुमारी महतो सवैभन्दा पहिला बालक्लवलाईनै खवर गर्छिन् । किनकि खबर पाउँदासाथ त्यहाँका बालक्वल सक्रिय हुन्छन्, घर घर पुगेर अभिभावकलाई सम्झाउँछन् र मान्छे भेला पारिहाल्छन् । ‘हामीले खवर गर्दा घर घर पुग्नुपर्छ, के के हो सवै बुझाउनुपर्छ, अझ त्यो गर्दा पनि मान्छेहरु भेला गराउन पनि गाह्रो हुन्छ,’ महतो भन्छिन्  ‘बालक्लवलाई खवर गर्नेहो भने उनीहरुको सन्जाल ठूलो छ, आफ्ना अभिभावकलाई सम्झाउँछन्, भेला गराउँछन्, मान्छे जुटाउन साह्रै सजिलो छ ।’‘

बालक्लवहरु सक्रिय नहुँदै घर घर पुगेर मान्छे जुटाउन पनि मुश्किल पर्ने गरेकोमा आजभोली भने बालक्लवकै सक्रियतामा मान्छे भेला गराउने मात्रै नभएर सामाजीक जनचेतनाका कार्यक्रमले व्यापकता पाइरहेको देखेर सामाजिक परिचालक महतो दंग छिन् । आजभोली बालक्लवको सक्रियतामा विभिन्न जनचेतनाका खोप, स्वास्थ्य, सरसफाई, बालविवाह र दाइजो उन्मुलन जस्ता विषयमा सर्वसाधारणलाई बुझाउन पनि सहज भएको उनको अनुभव छ ।

बालक्लवहरुको सक्रियता बढेपछि मन्जु महतोको गाउँमा मात्रै होइन् अन्य जिल्लामा पनि सरकारी कामकारवाहीलाई प्रभावकारी बनाउन ठुलो मदत मिलेको छ । हिजो कुनै पनि कुरा सम्झाउँदा तिमिहरुलाई के चासो भनेर सरकारी कर्मचारीलाई हप्काएर पठाउने सर्वसाधारणहरु भने आजभोली आफ्ना छोराछोरीसँगै जनचेतना अभिवृद्धी र सामाजीक अभियानमा सक्रिय छन् ।  

महोत्तरीको जलेश्वर नगरपालिकाकी सामाजीक परिचालक आशा चौधरी बालक्लवहरुको सक्रियता बढेपछि हिजोसम्म सानो कुरा सम्झाउँदा वेवास्ता गर्ने अभिभावकहरु समेत आजभोली बालवाललिकाको अभियानको पछी लागेको बताउँछिन् । ‘हिजोसम्म अभिभावकलाई सानै उमेरमा छोराछोरीको विवाह गर्नुहुँदैन, बालवालिकालाई पढाई छुटाएर श्रममा लगाउन हुँदैन, भनेर सम्झाउँदा हाम्रो घरयसी मामिलामा तिमिहरुलाई के चासो भन्थे,’ उनले भनिन् ‘अहिले नगरपालिकामा बालक्लवको सक्रियता र अभिभावकको सहयोगमा बालश्रम गरेका केही श्रमीकलाई कामबाट छुटाएर पढन पठाउन सफल भइयो ।’

यतिमात्रै होइन, गाउँमा हुन लागेको वालविवाह बालक्लवकै सक्रियतामा रोकेको अनुभव उनीसँग छ । धनुषाको भुचक्रपुर गाविसकी कक्षा ११ मा अध्ययनरत नेहा झा वाल अगुवाको रुपमा चिनिन्छिन् आजभोलि । वालवालिकाका चासो चिन्ता र सरोकार का सवालमा छलफल हुने ठाँउमा उनी पुगेकै हुन्छिन । गाविसमा हुने भेला सभा तथा अन्य अभिभुखिकरण कार्यक्रम मात्र होइन विभिन्न सरकारी र्गैरसरकारी संस्थाहरुले वाल सरोकारका विषयमा आयोजना गर्ने कार्यक्रममा जान्ने वुझने का कुरा सुन्न र आफना कुरा राख्न उनी सकभर छटाउदिनन्। 

उनले नेतृत्व गरेको सयपत्रि वालक्लव धनुषाका अधिकाँश क्वल मध्यै सक्रिय क्वलको रुपमा स्थापित छ । झा भन्छिन ‘हामीले सामाजिक सचेतना,सरसफाइ लगायतका कामहरुमा जति सक्छौ त्यति गर्ने गरेका छौ । विशेष गरि गरिव तथा विपन्न वस्तिहरुमा सरसफाइको अभावमा फेलिन सक्ने रोगवारे जानकारी गराउने गरेका छौ ।’ त्यसैगरी दाइजो, बालविवाहले समाजमा पार्ने प्रभावका विषयलाई पनि बालक्लवले अभिभावकलाई सम्झाउने बुझाउने काम गरिरहेको छ । 
वालवालिकाको क्षमता अभिवृद्धि साथै उनीहरुको हक हितको लागी गाविसले छट्याएको रकम खानेपानी, सडक जस्ता योजनामा सार्न खोज्दा नेहाकै नेतृत्वको बालक्वले विरोध गरेपछि बालवालिकाकै क्षेत्रमा छुट्याइएको समाजीक परिचालक महतोले बताइन् । 
नेहा मात्रै होइन, सुनौलो नेपाल बालक्लवकी काजल साह, बज्रङग बालक्लवकी राखी ठाकुर, दीपज्योती बालक्लवकी शिखा चौधरी लगायतका थुप्रै बालक्वलका अभियान्ता आफ्ना गाउँमा सामाजीक विकास र चेतनाको विस्तार गरिरहेका छन् । 
सरकारले बालमैत्री स्थानीय शासन कार्यक्रम लागु गरेपछि महोत्तरी, धनुषा लगायत तराईका थुप्रै जिल्लाका वालवालिका मात्रै नभएर सामाजीक चेतनाको स्तरमा समेत व्यापकता पाएको छ । हिजोसम्म कुनै सामाजीक अभियान्ता वा कर्मचारीले सम्झाउँदा सुन्दै नसुन्ने उनीहरुलाई आजभोली आफ्नै छोराछोरीले सम्झाउँदा खुरुक्कै मान्छन् । त्यतिमात्रै नभएर आफ्ना छोराछोरी सामाजीक अभियानमा लागेको, जान्ने भएको देखेर अभिभावकहरु समेत दंग छन् ।  ‘हामीले पढन पाएनौं, अक्षरै नचिनेपछि  के गर्नुहुन्छ, के हुँदैन, गाउँमा कति रकम आउँछ, कति जान्छ, केही थाहा हुँदैन, ठुला बडाले जे भन्यो त्यही मान्नै पथ्र्याे,’ महोत्तरीकै रामेश्वर यादवले भने ‘अहिले छोराछोरीलाई पठन पठाएपछि बैठक बस्छन्, कति बजेट आयो कहाँ खर्च हुन्छ, यो गर्नुहुन्छ, यो हुँदैन, सुनाउँछन् । खुसी लाग्छ । पढेलेखेका छोराछोरीले भनेको मान्नै पर्याे ।’ 

महोत्तरीका सामाजिक विकास अधिकृत शैलेन्द्र पाण्डे बालक्लवको सक्रियता बढेपछि समग्र तराईमै सामाजीक जागरण र चेतनाको स्तरमा व्यापक वृद्धी भएको बताउँछन् । ‘बालमैत्री स्थानीय शासन कार्यक्रम लागु भएपछि विद्यालय व्यवस्थापन समिति, वडा नागरिक मन्च, नागरिक सचेतना केन्द्रसम्म पनि बालवालिकाको प्रतिनिधित्व हुन थालेको छ,’ पाण्डेले भने ‘जिल्ला, नगर र गाउँ बाल सन्जालहरु पनि  छन्, कुनै नयाँ कार्यक्रमको बारेमा थाहा पाएभने उनीहरुनै आफै आइपुग्छन् ।’

प्रकाशित: ३० कार्तिक २०७३ १७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App