४ वैशाख २०८१ मंगलबार
अन्य

धान रोप्ने क्षेत्र बर्सेनि घट्दै

ताप्लेजुङ–‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला
बनाइ कुलो लगाइ पानी आएर गोडौंला...’

अवस्था यहीक्रमले अघि बढ्दै जाने हो भने अबको केही वर्षपछि पहाडी जिल्ला ताप्लेजुुङमा यस्तो भाका सुन्न त पक्कै पाइने छैन, धानको गाभो गाड्ने परम्परा नै इतिहास बन्ने छ ।

नगदेबाली र तरकारी खेतीप्रतिको आकर्षणले यहाँको धानखेतीयोग्य जमिन खुम्चिदै जाँदा धानखेतीको उत्पादन पनि घट्दै छ । सरकारले बुधबार १३ औं राष्ट्रिय धान दिवस मनाउँदै छ । तर, धानखेती गर्ने यहाँको जमिन भने बर्सेनि घटिरहेको छ । १ वर्षभित्रै झन्डै २ हजारभन्दा बढी हेक्टरमा धानबाली लगाउन छाडिएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । वरिष्ठ कृषि विकास अधिकृत रवीन्द्रमान प्रधानका अनुसार धानखेती हुने जमिन अलैंची र तरकारीबालीले भरिँदैछ ।
 

उनका अनुसार अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष २५ हेक्टर धानखेती हुने जमिनमा अलैंची खेती विस्तार गरिएको छ । धानखेती हुने जमिन मासेर अलैंची लगाउने यो दर अपेक्षाभन्दा बढी भएको उनलेब बताए । उनले बर्सेनि धानखेती मासिँदा यहाँको मुख्य खाद्यबालीको परनिर्भरता बढिरहेको जानकारी दिए । ‘धान फल्ने खेत मासेर अलैंची लगाइएको क्षेत्रफलको पूर्ण विवरण तयार हुँुदै छ,’ प्रधानले भने । उनले अघिल्लोभन्दा यो वर्ष कमैमात्र धानखेती मासिएको पाइएपनि यहाँको धानखेतीयोग्य जमिन क्रमसः खुम्चिँदै गएको बताए ।
 

धान लगाउने क्षेत्र मासिँदै जानुु धान पारखीका लागि चिन्ताको विषय हो,’ उनले भने । प्रधानका अनुसार अघिल्लो आर्थिक वर्ष त्यसअघिभन्दा २ हजार २ सय २८ हेक्टर कम जमिनमा धान रोपिएको थियो । आव २०७०/०७१ मा यहाँ १० हजार ९ सय ९० हेक्टरमा धान रोपाइँ गरिएकामा आव ०७१÷०७२ मा धान रोपाइँ भएको क्षेत्रफल ८ हजार ७ सय ६२ हेक्टरमात्र थियो । यो आव त्योभन्दा कम क्षेत्रमा धान रोपाइँ हुुने कृषिको अनुमान छ ।
 

धान खेती हुने क्षेत्र घट्दै गएको यहाँ यो वर्ष  १२ प्रतिशत खेतमा मात्र धान रोपाइँ भएको छ । गतवर्ष यो अवधिमा यहाँ १३ प्रतिशत जमिनमा धान रोपाइँ भएको थियो । कृषि विकास कार्यालयका योजना शाखा प्रमुुख किसुुनदेव राउतले लेकाली क्षेत्रमा धान रोपाइँ धमाधम भइरहेको र बाँकी क्षेत्रले असारको अन्तिम साताबाट गति पाउने बताए । उर्बर र सिँचाइको सम्भावना उच्च भएको लेकाली क्षेत्रको धानखेतीयोग्य जमिनमा समेत अलैंची खेती लगाइएकाले गतवर्षभन्दा औसतमा थोरै भएपनि कममात्र धानखेती भएको राउतले जानकारी दिए ।  

कृषिका अनुसार यहाँको ३ लाख ६४ हजार ६ सय हेक्टरमध्ये खेतीयोग्य जमिन २७ हजार ५ सय ५१ हेक्टर छ । खेतीयोग्य जमिनमध्ये पनि १० हजार ९ सय हेक्टरमा मात्र धानबाली लगाउन योग्य छ ।
धानखेती हुने क्षेत्रमध्ये ३० प्रतिशतमा मात्र सिँचाइको सुविधा उपलब्ध रहेको कृषिको भनाइ छ ।

नेपाली संस्कारअनुसार असार १५ गतेलाई दही–चिउरा खाने दिनका रूपमा लिइन्छ । हिलो खेल्ने पर्वसमेतका रूपमा रहेको यो दिनसम्म ताप्लेजुङको धान रोपाइँ हुनेमध्ये ८८ प्रतिशत जमिन बाँझै छ । कृषिले  अधिकांश क्षेत्रमा आकाशेपानीको भर पर्नुपर्ने भएकाले भनेजस्तो गरी धान रोपाइँ हुुन नसकेको जनाएको छ ।

यसैबीच, गाउँका जमिनको कमै मात्र हिस्सामा धान रोपाइँ भएपनि जिल्ला कृषि विकास कार्यालयले सदरमुकाम फुङलिङको ढाँडधारा छेउमा र अखिल नेपाल किसान महासंघले ताप्लेजुुङ नगरपालिका–१ को बोझे बरधाराछेउमा सामूहिक धान रोपाइँ कार्यक्रम आयोजना गरेका छन् । सरकारले हरेक असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको छ ।

 

प्रकाशित: १५ असार २०७३ ०५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App