coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बुधबार विहानसम्म संसद बैठक स्थगित

संसद भवनबाट बाहिरिँदै सांसदहरु। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–मंगलबार साढे पाँच बजे बोलाइएको व्यवस्थापिका संसद बैठक भोलि विहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। प्रमुख दलका शीर्ष नेताले आफूहरु सहमति नजिक पुगेको भन्दै बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरेपछि सूचना टाँस गरी बैठक स्थगित गरिएको हो।


प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भूकम्प प्रभावितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्नेलगायतमा माग राख्दै गत शुक्रबारदेखि व्यवस्थापिका संसद बैठक अबरुद्ध पार्दै आएको छ। कांग्रेसले उठाएका मागका विषयमा सहमति जुटाउन भन्दै प्रमुख दलले सोमबार संयुक्त कार्यदल गठन गरेका थिए। कार्यदलको मंगलबार विहान बसेको बैठकमासमेत कांग्रेस आफ्नो मागबाट पछि नहटेपटि अहिले शीर्ष नेतृत्व र कार्यदलबीच छलफल भइरहेको छ।

‘शीर्ष नेताहरुले आफूहरु सहमति नजिक पुगेकाले बैठक भोलिसम्म स्थथित गर्न सभामुखलाई आग्रह गरेपछि मंगलबार विहानसम्मकालागि बैठक स्थगित भएको हो,’ सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले भने।

 

प्रकाशित: १४ असार २०७३ ११:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App