६ वैशाख २०८१ बिहीबार
राजनीति

कांग्रेसको मागमा सहमति खोज्न ७ सदस्यीय कार्यदल गठन

काठमाडौं— प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको मागमा सहमति खोज्न मुख्य चार दलले संयुक्त कार्यदल गठन गरेका छन्। भूकम्पपीडितलाई एक मुस्ट २ लाख रुपैयाँ दिनुपर्ने माग राखेर कांग्रेसले लगातार सदन अवरुद्ध गर्दै आएको सन्दर्भमा सोमबार ७ सदस्यीय कार्यदल गठन भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलहरुसँग छलफल गरी एकमुस्ट रकम दिनेबारे छलफल गरेसँगै चार दलीय कार्यदल गठन भएको हो। प्रधानमन्त्री ओलीले मुख्य सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग लगातारको संसद अवरुद्ध सामना गरी कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेका थिए। दाहालले लचिलो भएर जान प्रधानमन्त्रीलाई सुझाव दिएकै दिन कार्यदल गठन भएको हो।

सरकारले सहमतिको विन्दू पहिल्याउने प्रयास गरिरहे पनि कांग्रेसले सोमबार पनि संसद बैठक अवरुद्ध गरेको थियो। सदन स्थगित भएपछि प्रमुख दलका नेताहरुबीच भएको वार्तापछि कार्यदल गठन भएको हो।

कार्यदलमा कांग्रेसकातर्फबाट कृष्णप्रसाद सिटौला, चिनकाजी श्रेष्ठ र प्रकाशरण महत सहभागी छन्। एमालेबाट भीम रावल र सुवाष नेम्वाङ, माओवादी केन्द्रका कृष्णबहादुर महरा तथा राप्रपा नेपालबाट दिलनाथ गिरी सदस्य रहेका छन्।

कार्यदललाई सहमतिको विन्दू पहिल्याउने जिम्मेवारी दिइएको छ।

प्रकाशित: १३ असार २०७३ ११:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App