coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

माइक्रोबसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

राजविराज—पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ–८ मा आइतबार माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ। 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख ६७३ नम्बरको माइक्रोबसले विपरीत दिशातर्फ आउँदै गरेको स५प ८५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरीको बक्दुवाह गाविस–४ का १९ वर्षीय मो मफुरोज मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ। 

ठक्करबाट गम्भीर घाइते मियाँको आइतबार साँझ विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ। रासस 

 

प्रकाशित: १३ असार २०७३ १०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App