१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसद्वारा फेरि संसद अबरूद्ध

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि व्यवस्थापिका संसद बैठक अबरोध गरेको छ। सरकारले आफूहरुसँग कुनै छलफल नगरेको भन्दै कांग्रेसले माग सम्बोधन नभएसम्म संसद चल्न नदिने भन्दै सरन अबरोध गरेको हो।
सोमबार बैठक सुरु हुनासाथ कांग्रेसस सांसद रामशरण महतले सरकारले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिन सरकारी प्रतिबद्धता नआएसम्म संसद चल्न दिने बताए।

महतले कांग्रेस नेतृत्वको सरकारको पालमा दातृ निकायले भूकम्प पीडितलाई चार किस्तामा एकवर्षभित्र दुई लाख रुपैयाँ दिने गरी सहयोग गरेको भन्दै एकवर्ष वितिसक्दा पनि सरकारले सोही निर्णयलाई निरन्तरता दिएको भन्दै आपत्ति जनाए।
महतले बोलिसकेपछि सबै कांग्रेस सांसद आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए। सभामुखले बारम्बार आफ्नो आसनमा बस्न आग्रह गर्दासमेत सांसदहरुले उठेर विरोध जनाएपछि संसद बैठक स्थगित भएको छ।  

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने लगायतमा माग गर्दै गत शुक्रबारदेखि निरन्तर व्यवस्थापिका संसद बैठक अबरोध गर्दै आएको छ। कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिने सरकारी प्रतिबद्धता नआएसम्म संसद अबरोध जारी राख्ने जनाएको छ।

 

प्रकाशित: १३ असार २०७३ ०७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App