८ वैशाख २०८१ शनिबार
समाज

कमजोर ग्रेडमा छात्रा बढी

काठमाडौं- परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले असार २ गते प्रकाशित गरेको अक्षरांकन पद्धतिको एसएलसी नतिजामा छात्राको ग्रेड कमजोर देखिएको छ। परीक्षामा केटीहरुको सहभागिता बढी भए पनि उच्च तहको ग्रेडमा पनि केटाले नै उछिनेका छन्।

बिहीबार परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले उपलब्ध गराएको तथ्यांकअनुसार यस वर्षको एसएलसी परीक्षामा कुल ५ लाख ८८ हजार १ सय ५२ परीक्षार्थी सहभागी रहेकामा छात्रा संख्या २ लाख १९ हजार २ सय ४५ थियो भने छात्र संख्या २ लाख १८ हजार ८१ थियो। परीक्षामा केटाभन्दा १ हजार १ सय ६४ केटी बढी भए पनि उच्च ग्रेडमा भने केटाकै बाहुल्य देखिएको छ।

ग्रेड ए प्लसदेखि बीसम्म केटाकै संख्या बढी छ भने सी प्लस ग्रेडदेखि डी समूहसम्म केटीले उछिनेका छन्। तथ्यांकअनुसार कमजोर ग्रेडमा केटीको बाहुल्य बढी छ।

परीक्षा नियन्त्रक काप्रीले उपलब्ध गराएको तथ्यांकअनुसार जिपिए ३.६ देखि ४ (९० देखि १०० प्रतिशतमुनि) अर्थात ए प्लस ग्रेड समूहमा १६ हजार ४ सय ५४ विद्यार्थी छन्। यसमा केटा संख्या ९ हजार ६ सय अर्थात कुल नतिजाको ५८.३ प्रतिशत केटा छन्। जबकि यो समूहमा केटी संख्या ६ हजार ८ सय ५४ छ। यसको प्रतिशत ४१.७ हुन आउँछ। जिपिए ३.२ देखि ३.६ (८०–९० प्रतिशतमुनि) समूहमा कुल ४१ हजार ५ सय ७७ विद्यार्थी छन्। ए ग्रेडमा केटा २४ हजार ३ सय ७ अर्थात ५८.५ प्रतिशत केटा छन् भने यो समूहमा केटी ४१.५ प्रतिशत छन्। संख्यामा भने १७ हजार २ सय ७० हो।

'यसमध्ये निजीभन्दा सरकारी स्कुलकै नतिजा कमजोर रहेको हामीले पाएका छौं,' नियन्त्रक काप्रीले भने, 'सहभागिताका हिसाबले ७४.६७ प्रतिशत सरकारीका विद्यार्थी छन् भने निजीबाट २५.३२ मात्र छ,' उनले थपे, 'तर कमजोर ग्रेडमा भने सरकारीकै विद्यार्थी बढी छन्।'

यसैगरी, बी प्लस ग्रेड जिपिए २.८ देखि ३.२ (७०–८० प्रतिशतमुनि) ल्याउने समूहका कुल विद्यार्थी ४८ हजार ६ सय ११ मध्ये केटा २७ हजार ८ सय छन्। प्रतिशतमा ५७.३  केटा छन् भने यो समूहमा ४२.७ प्रतिशत मात्र केटी छन्। संख्यामा भन्नुपर्दा केटीको २० हजार ७ सय ५२ छ।

जिपिए २.४ देखि २.८ (६० देखि ७० प्रतिशतमुनि) ल्याउने कुल विद्यार्थीको संख्या ६३ हजार १ सय ८१ छ। बी ग्रेडमा पनि केटाकै बाहुल्य छ। केटा संख्या ३४ हजार २ सय ७२ प्रतिशतमा ५४.२ छ भने यो समूहमा केटी संख्या २८ हजार ९ सय ९ छ। प्रतिशतमा ४५.८ हुन आउँछ।

जिपिए २.०देखि २.४ (५०–६० प्रतिशत मुनि) सी प्लस ग्रेडमा कुल ९४हजार ७ सय १६ विद्यार्थी रहेका छन्। यो  समुहमा केटाहरु भन्दा केटिहरुको सख्या बढी छ। शिक्षविद्का अनुसार सी प्लसदेखि ई सम्मका कमजोर ग्रेडमा भने केटीहरुको सँख्या बढी छ। यो समुहमा ५१.७ प्रतिशत अर्थात ४८ हजार ९ सय ६८ केटीहरु छन् भने कटाहरु ४८.३ प्रतिशत मात्र छन्। सँख्यामा भन्नु पर्दा ४५ हजार ७ सय ४८ केटाहरु छन्।

शिक्षाविद् मनप्रसाद बाग्लेले सरकारले विद्यार्थीको शैक्षिक सिकाई उपलब्धीमा सुधार गर्न तर्फ ध्यानै नदिई  हतारमा एसएलसीमा ग्रडिङ प्रणालीबाट नतिजा लागु गरेको टिप्णी गरे। परीक्षामा छात्राहरुको बढी सहभागिताले माध्यामिक शिक्षासम्म पहुँच बृद्धि भएको देखाए पनि विगतदेखिनै उनीहरुको कमजोर नतिजालाई सुधारको प्रयास भने अहिलेसम्म नभएको उनको जिकिर छ।

हालको नतिजालाई विश्लेषण गर्दा पनि केटिहरुको ग्रेड निकै कमजोर देखिन्छ। यसलाई सुधार गर्न सरकारले अध्ययन अनुसन्धान गरी सुधारको बाटो अपनाउनै पर्ने उनको सुझाव छ।

 'पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक तयारी त्यसका अनुसारको पठनपाठन र शिक्षक तालिमको ब्यवस्था गर्नु पर्थ्यो। पूरानै शैलिको परीक्षा प्रणालीलाई ग्रेडिङमा रुपान्तारण गर्दैमा नानीहरुको सिकाई उपलब्धीमा सुधार हुदैन ,'शिक्षाविद् बाग्ले भन्छन्' छात्राहरु घर धन्धा सकाएर उत्पादित समाग्री बाजारमा विक्री गर्दै बल्ल बचेको समयमा अध्ययन गर्न स्कुल जान्छन्। महिनावारी हुँदा लाजले ५ दिन स्कुलै जादैनन्। सरकारले नानीहरुको सिकाई उपलब्धीमा सुधार गर्न उनीहरुको अभिभावको अर्थिक बृद्धि गर्ने र विद्यालयमा बालिका मैत्री बातावरण बनाउनु पर्छ ।'

जिपिए १.६देखि २(४०–५० प्रतिशत मुनि)सि ग्रेडमा  सबै भन्दा बढी विद्यार्थी छन्।  कुल १ लाख ४ हजार २ सय ७८ यो समुहमा छन्। सी ग्रेड समुहमा केटिहरु ५५.१ प्रतिशत अर्थात ५७ हजार ४ सय २० रहेका छन्। भने केटाहरु ४४.९ प्रतिशत अर्थात ४६ हजार ८ सय ५८ मात्र छन्।

यसैगरी जिपिए १२.२देखि १.६(३०–४० प्रतिशत मुनि) समुहमा कुल ५६ हजार ७ सय ६३ रहेका छन्। डि प्लस समुहमा केटीहरु ५७.२ प्रतिशत अर्थात ३२ हजार ४ सय ९६ रहेका छन्। केटाहरु ४२.८ प्रतिशत मात्र छन्। सँख्यामा २४ हजार २ सय ६७ हो।

जिपिए ०.८देखि १.२(२०–३० प्रतिशत मुनि) कुल ८ हजार विद्यार्थी रहेका छन्। डि समुहमा पनि केटिहरुनै बढी छन्।  ४ हजार ९ सय १४ केटिहरु छन्। ६२.४ प्रतिशत केटिहरु यो समुहमा छन् भने केटाहरु ३८६ प्रतिशत अर्थात ३ हजार ८६ मात्र छन्।

अब अन्तिम सुमह जिपिए ०देखि ०.८ (०–२० प्रतिशत मुनी) कुल ११ विद्यार्थी रहेका छन्। ई ग्रेडामा  ८ केटा अर्थात ७२. ७ प्रतिशत केटा छन् भने केटीहरु ३ जना अर्थात २७.३ प्रतिशत छन्।

शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव हरि लमसालले सरकारले सबै विद्यार्थीलाई कक्षा ११मा पढ्ने अवसर दिन ग्रेडिङ प्णालीबाट नतिजा प्रकासन गरेको बताए। उनले बास्तविक ग्रेडिङ प्रणालीकोलागि तयारी नपुगेकोले हाललाई सरकारले प्रतिशत प्रणालीलाईनै ग्रेडिङमा ल्याएको स्वीकारे। 'कलेजहरुले प्रतिशतलाई देखाएर विद्यार्थी भर्नामा अस्वस्थ्य प्रतिस्पधालाई न्यून गर्न मन्त्रालले ग्रेडिङ ल्याएको हो,'प्रवक्ता लमसालले भने'पाठ्यक्रम,पाठ्यपुस्तक,पठनपाठन,शिक्षक तालिममा सुधार गर्दै मन्त्रालय अघि बढने छ।'

प्रकाशित: १३ असार २०७३ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App