४ वैशाख २०८१ मंगलबार
समाज

ग्रिल उद्योगमा आगलागी, लाखौंको क्षति

दाङ- ग्रिल उद्योगमा आगलागी हुँदा लाखौँकोे क्षति भएको छ। दाङ तुलसीपुर-९ दोघरेस्थित चौधरी ग्रिल उद्योगमा आज दिउँसो भएको आगलागीमा रु तीन लाख २५ हजार बराबरको क्षति भएको सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरका प्रहरी निरीक्षक धनञ्जय केसीले बताए ।

मोटसाइकल स्टेन वेल्डिङ गर्नेक्रममा पल्टिएर पेट्रोल पोखिएपछि सो उद्योगमा आगलागी हुन गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आगलागीबाट तुलसीपुर-९ नयाँ बस्तीका शिव वलीको भे२प ३८१२ नम्बरको स्प्लेन्डर मोटरसाइकल पूर्णरुपमा जलेको छ भने ग्रिल उद्योग र सो उद्योग सञ्चालनमा रहेका दोघरेका गोकर्ण डाँगीको घरमा पनि क्षति पुगेको छ ।

उद्योग सञ्चालक लक्ष्मी चौधरीका अनुसार आगलागीवाट उद्योगका विभिन्न मेसिनहरु जलेका छन् ।

तुलसीपुर नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रमा लिएको थियो । रासस

प्रकाशित: २८ आश्विन २०७३ १०:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App