८ वैशाख २०८१ शनिबार
अन्य

धमाधम पक्राउ पर्दै मोटरसाइकल चोर

विराटनगर- विराटनगर–१३ बाट मोटरसाइकल चोरेर भारतको जोगवनीतर्फ लैजा“दै गरेको अवस्थामा प्रहरीले २ जनालाई पक्रेको छ। विराटनगर–१३ का लीला ढुंगेलको घरअगाडि पार्किङ गरेर राखेको मोटरसाइकल चोरेर बिक्री गर्न लैजा“दै गरेको अवस्थामा नेपाल–भारत सिमानानजिक विराटनगर भन्सारको ढाटबाट बिहीबार बेलुका मोटरसाइलकसहित २ जना पक्राउ परेका हुन्।

 पक्राउ पर्नेमा विराटनगर–११ का मुन्ना गिरी र त्यसै स्थानका आयुस कार्की छन्। घरअगाडि पार्किङ गरेर राखेको को५प ९८९८ नम्बरको मोटरसाइकल बिहीबार बेलुका चोरी भएको थियो। चोरी हुनासाथ प्रहरीलाई खबर आएपछि तत्काल प्रहरीको टोली परिचालन गरिएको प्रवक्ता योगेन्द्रसिंहले जानकारी दिए।  उनका अनुसार परिचालित प्रहरी टोलीले जोगवनी भन्सारअगाडिबाट चोरीको मोटरसाइकलसहित दुवैलाई पक्राउ गर्न सफल भयो। पक्राउ परेकाहरूको साथबाट मोटरसाइकलको तार काट्न प्रयोग हुने कैंची पनि बरामद भएको सिंहले जानकारी दिए। उनीहरूलाई चोरी मुद्दाअन्तर्गत म्याद थप गरी कारबाही अगाडि बढाइएको सिंहले बताए।

 मोटरसाइकल चोरीका घटना बढेस“गै मोरङ प्रहरीले चोरीमा संलग्नलाई  धमाधम पक्रन थालेको छ। यसअघि गत चैत ३ गते मोरङको झोराहाटबाट  मोटरसाइकल लुट्नेहरू पनि जेठ ३० गते पक्राउ परेका थिए। विराटनगरबाट घरतर्फ जानेक्रममा एक समूहले मोटरसाइकल चालक राजेश खड्कालाई बाटोमा घेरा हाली मोटरसाइकल र मोबाइल लुटेका थिए। लुटपाटमा संलग्नलाई करिब महिनादिनपछि प्रहरीले पक्रेको थियो। सो घटनामा मोरङ  तेतरीया–६ का युवराज भगत, कृष्णदेव राम, फिरोज मोदीलाई पक्रेर डाँका मुद्दा चलाइएको सिंहले बताए।

यस्तै, फागुनमा पनि विराटनगर–१३ बाट चोरिएको को५प ८२०० नम्बरको  मोटरसाइकल चोरीमा संलग्नलाई पनि पक्राउ गर्न प्रहरी सफल भएको थियो। उक्त घटनामा तेह्रथुम इसिवु–४ का अंकित घिमिरे, विराटनगर–११ का मोहमद सद्दामहुसेन, मोहमद इम्तियाम, मोहमद फिरोज र मोहमद चा“द पक्राउ परेका थिए। पक्राउ परेकालाई चोरी मुद्दाअन्तर्गत कारबाही अगाडि बढाइएको मोरङ प्रहरीले जनाएको छ।

 

प्रकाशित: ११ असार २०७३ ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App