८ वैशाख २०८१ शनिबार
खेल

नेपाल राष्ट्रिय र अरुणिमा विजयी

काठमाडौं- जाङ्मु शेर्पाको ह्याटि्रकप्रेरित नेपाल राष्ट्रिय उच्च माविले शुक्रबार एकता जेम्स स्कुललाई ७–० ले हराउँदा अरुणिमा उच्च मावि र आइडिएल उच्च माविले पनि गकोकाकोला अन्तरविद्यायल फुटबलको गर्ल्स छनोटमा आफ्नो खेल जितेका छन्।

जाङ्मुले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेपछि नेपाल राष्ट्रियले एकता जेम्समाथि ७–० को जित निकालेको हो। राष्ट्रियका अर्पणा परियारले १६ औं मिनेटमा अग्रता दिलाइन्। ३३औं मिनेटमा रहिना महर्जनले अग्रता दोब्बर पारिन् भने अर्पणाले व्यक्तिगत दोस्रो गोल थपिन्।  ४५औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेकी जाङ्मुले ६५ औं मिनेटमा ह्याटि्रक पूरा गरिन्। उनले ५५औं मिनेटमा दोस्रो गोल गरेकी हुन्। दीपा श्रेष्ठले ६७औं मिनेटमा एक गोल थपिन्।

पूजा लामाको ह्याटि्रकमा अरुणिमाले एम्स इन्टरनेसनललाई ४–० ले हराएको हो। सरिष्मा घिसिङले सातौं मिनेटमा गोल गर्दै अरुणिमालाई अग्रता दिलाएकी थिइन्। टोलीका लागि बाँकी गोल पूजाले गरिन्। ३१औं मिनेटमा पहिलो गोल गरेकी पूजाले एकमिनेट बित्न नपाउँदै दोस्रो गोल थपिन्। उनले ५८औं मिनेटमा ह्याटि्रक पूरा गरिन्।

आइडिएल उच्च माविको जितमा लक्ष्मी तामाङले दुई गोल गरिन् भने प्रीति राई र मन्जुला लामाले १–१ गोल गरे। प्रितीले १२औं मिनेटमा आइडिएललाई अग्रता दिएकी थिइन्। त्यसको १५ मिनेटपछि लक्ष्मीले अर्को दुई गोल थपिन्। १९औं मिनेटमा पहिलो गरेकी लक्ष्मीले २७औं मिनेट अर्को गोल थपेकी हुन्। ५३औं मिनेटमा टोलीका लागि मन्जुला लामा चौथो गोल गर्न सफल भइन्।

प्रकाशित: ११ असार २०७३ ०२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App