५ वैशाख २०८१ बुधबार
अन्य

२ फरार प्रतिवादी पक्राउ

इटहरी– अदालतले कैद सजाय तोकेर फरार भएका सुनसरीका २ जनालाई प्रहरीले पक्रेको छ। प्रहरीले कर्तव्य ज्यान मुद्दामा १० वर्ष सजाय तोकेर फरार भएकी अमडुवा–५ कि मन्द्रिकादेवी राय अमातलाई पक्रेको हो ।

उनले १० वर्षअघि आफ्नै देवरानी रुनादेवी रायको हत्या गरेकोमा पुनरावेदन अदालत विराटनगरले ०६९ असारमा १० वर्ष कैद सजाय तोकेको थियो । यसैगरी, लागूऔषध कारोबारमा १ वर्ष कैद सजाय तोकेका अमडुवा–६ का शिवजी बहरदारलाई पनि इलाका प्रहरी कार्यालय दुहबीले पक्रेको छ ।

 

प्रकाशित: १० असार २०७३ ०६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App