८ वैशाख २०८१ शनिबार
अर्थ

चाैतर्फी दबाबपछि बल्ल सरकारले बनायाे ग्यास सिलिन्डर गुणस्तर छानविन समिति

काठमाडौं– ग्यास सिलिन्डर बिस्फोटमा परी उपभोक्ताको ज्यान गएपछि सरकारले ग्यास उद्योगले प्रयोगमा ल्याएका सिलिन्डरको अध्ययन गर्न बिहीबार छाननिव समिति गठन गरेको छ। सिलिन्डरले मापदण्ड पूरा गरे/नगरेको अध्ययन गर्दै सुरक्षा व्यवस्थामा अपनाउनु पर्ने सुझाब सहित प्रतिवेदन पेश गर्नको लागि समिति गठन गरेको छ।

आपूर्ति मन्त्रालयका उप—सचिब अर्जुुनराज पन्तको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। उक्त समितिमा नेपाल तथा गुणस्तर विभाग, नेपाल आयल निगम, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका प्रतिनीधि सम्मिलित कार्यदल बनाएको हो ।

उक्त समितिले अन्य मुलुकहरुमा खाना पकाउने एलपी ग्यास पैठारी, सञ्चय, ढुवानी, रिफिलिङ, बोटलिङ प्यान्टले पालना गर्नुपर्ने सुरक्षाका व्यवस्थाको बारेमा कानुनी व्यवस्थाको अध्ययन गरी सुधारको लागि गर्नुपर्ने व्यवस्थाको बारेमा सिफारिस गर्ने आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए।

‘कानुनी व्यवस्थाको समेत अध्ययन गरेर प्रचलित ऐन, कानुको सुधारमा समेत सुझाब दिन समितिको कार्यक्षेत्र तोकेका छौं,’ उनले भने, ‘ग्यास उद्योगले अपनाउँदै आएका सुरक्षाको स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पार्नेछ।’

अज्ञानता र लार्पवाहीबाट हुने दुर्घटनालई शुन्यमा झार्नको लागि आवश्यक नीतिगत व्यवस्थाको बारेमा समेत समितिले सुझाब दिने अपेक्षा गरिएको छ।

ललितपुर र कालीमाटी ग्यास बिस्फोटमा परी चार जनाको मृत्युले ग्यास सिलिन्डरको गुणस्तरमा चौतर्फी प्रश्न उठेपछि समिति गठन गरेको हो ।

 

प्रकाशित: ९ असार २०७३ १४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App