८ वैशाख २०८१ शनिबार
समाज

बालिकालाई बन्धक बनाएर यौनधन्दामा लगाउने २ पक्राउ

कोहलपुर– १५ वर्षीया बालिकालाई होटलमा बन्धक बनाएर यौनधन्दामा लगाउने दुई होटल संचालकलाई प्रहरीले पक्राउ गरेको छ। होटलमा ग्राहकबाट पाँचदेखि १० हजार असुल्दै बालिकालाई ५ सय रुपैयाँ दिँदै आएका कोहलपुर–११ स्थित एकान्त होटल एण्ड रेष्टुरेन्टका संचालक सुस्मिता बोटे र सुशीला श्रेष्ठ पक्राउ परेका हुन्।

होटल संचालक बोटे र श्रेष्ठ आमा छोरी हुन्। बिहीबार ईलाका प्रहरी कार्यालय कोहलपुरले होटलबाट संचालिकका द्वय र बालिकालाई पक्राउ गरेको हो। प्युठान भएकी १५ वर्षीय ती बालिका कक्षा ८ मा अध्ययरत रहेको पाएको छ। पक्राउ परेका दुवैलाई मानव बेचबिखन मुद्धा चलाउने तयारी भएको डिएसपी सुरेश काफ्लेले बताए। प्युठान घर भएकी बालिकालाई भने महिला प्रहरी सेलमा राखिएको छ।

‘तीन महिनादेखि ती बालिकालाई होटलमा बन्धक राखेर यौन व्यापारमा लगाएको भेटियो,’ डिएसपी काफ्लेले नागरिकसँग भने। अनुसन्धानका क्रममा होटल संचालकलेप्रति ग्राहक ५ देखि १० हजार रुपैयाँ असुलेर बालिकालाई ३ सयदेखि ५ सय रुपैयाँ दिने गरेको उनले बताए। बालिका उद्दार गरी होटल संचालिका पक्राउ परेपछि स्थानीयले कारवाहीका माग गर्दै प्रहरीमा जाहेरीसमेत दिएका छन्। स्थानीयको जाहेरीका आधारमा उनीहरुलाई प्रहरीले मानव बेचबिखनको मुद्दा चलाउने तयारी गरेको हो। बालिका विपन्न परिवारको रहेको पाएको छ।

पीडित बालिकाका बुवा, आमा नरहेको र एक मात्र भाई रहेको उनले प्रहरीलाई बयान दिएकी छिन्। भाईलाई पढाउनका लागि बालिकाले यौनधन्दाबाट खर्च जुटाउने गरेको भेटिएको छ। यसैबीच कोहलपुर प्रहरीले बिहीबार नै छापा मारेर कोहलपुर क्षेत्रका होटलबाट पाँच जोडी पक्राउ गरेको छ। प्रक्राउ परेका प्रायः विवाहित जोडी रहेको पाएको कोहलपुर प्रहरीले जनायो।

 

प्रकाशित: ९ असार २०७३ १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App