६ वैशाख २०८१ बिहीबार
खेल

कोलम्बियालाई पराजित गर्दै चिली फाइनलमा प्रवेश

सिकागो – डिफेन्डिङ च्याम्पियन चिली कोलम्बियालाई पराजित गर्दै अमेरिकामा जारी कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा  चिलीले कोलम्बियालाई  २–० गोल अन्तरले पराजित गरेको हो। उसका लागी खेलको ७ औ मिनेटमा चाल्स आरङगुइज र ११ औ मिनेटमा जोसे फुएनजालीदाले समान एक–एक गोल गर्दै पहिलो हाफमा २–० गोलको अग्रता दिलाएका थिए।

भिषण वर्षा र चट्याङका कारण दोस्रो हाफमा सुचारु हुन २ घण्टा कुर्नुपरेको थियो। खेलको ५७ औ मिनेटमा कार्लोस सान्चेजले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० जना खेलाडीमा सिमित भएको थियो। त्यसपछि खेलमा कुनै गोल भएन र विजयी हुँदै चिलीले अर्जेन्टिनासँगको भेट पक्का गरेको हो। अर्जेन्टिना र चिली गत संस्करणको फाइनलमा पनि भिडेका थिए जहाँ चिलीले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधी उचालेको थियो।

यी दुई टोली बिच सोमबार उपाधीका लागी भिडन्त हुनेछ। पराजित कोलम्बीयाले भने तेस्रो स्थानका लागि आयोजक अमेरिकाको सामना गर्नेछ।

 

प्रकाशित: ९ असार २०७३ ०८:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App