coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दार्चुला जीप दुर्घटनाः १९ घाइते मध्ये ५ गम्भीर, २ भारत रिफर

दार्चुला– दार्चुला जिल्ला सदरमुकाम अपी नगरपालिका १३ भोराबगडमा जीप दुर्घटनामा परि घाइते भएका १९ मध्ये ५ को अवस्था गम्भीर छ।

गम्भीर घाइते ५ मध्ये ३ जनाको नेपालमै उपचार भइरहेको छ। २ जनालाई थप उपभारका लागि भारतको पिथौरागढ रिफर गरिएको छ।

गम्भीर घाइते भएकाहरुमा अपि नगरपालिका १७ का ४५ वर्षीय कमान भाटलाई अत्तरीया, अपि १४ का ७० वर्षीय मानबहादुर वमलाई सैनिक अस्पताल छाउनी काठमाडौं, अपि १७ का ३३ वर्षीय करनबहादुर पाललाई अत्तरीया रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

यसैगरी अपि १५ का ५२ वर्षीय गणेशसिंह रैखोला, र अपि १६ का ४५ वर्षीय प्रदीपसिंह धामीलाई भारतको पिथौरागढ रिफर गरिएको छ। घाइते मध्ये रैखोला जिल्ला अदालत दार्चुलाका नायब सुब्बा हुन् भने धामी मालापोत कार्यालय दार्चुलाका मालपोत अधिकृत हुन्। रैखोलाको खुट्टा र धामीको टाउकोमा चोट लागेको छ।

दुर्घटनाका अन्य घाइतेहरुमा अपी –३ की १८ वर्षीया कमला कार्की, अपी– ११ का ४५ वर्षीय इन्द्रराम लोहार, अपी– ५ की ५ वर्षीया बालिका एलिना कुँवर, अपी– ११ का ४० वर्षीय सीता लोहार, अपी– १६ का ५० वर्षीय आनसिंह विष्ट, हुती गाविस– १ की जानकी भट्ट, अपी– १५ का १ वर्षीय प्रकाश भट्ट, अपी–५ का ११ वर्षीय सुन्दरी लोहार, अपी– ४ का ११ वर्षीय काली लोहार, अपी– १५ का ५२ वर्षीय गणेश लोहार, अपी– १७ का १० वर्षीय बिक्रम भाट, अपी– १७ की १२ वर्षीय मानमती पाल र अपी– १७ की १२ वर्षीया सरस्वती भाट रहेको प्रहरीले जनाएको छ।

यस्तै जिल्ला अस्पतालमा उपचार गराइरहेका मध्ये विक्रमसिंह भाट, मानमती पाल र सरस्वती भाट सामान्य उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालको छेउमा नै भएको दुर्घटनामा घाइते भएको कारण समयमै उद्धार गर्न सकिएको डिएसपी सुशिलसिह राठौरले बताए ।

धापबाट खलंगा तर्फ आईरहेको से १ ज ५९६ नम्बरको जीप बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगाको अपी नगरपालिका– १३ भोराबगड गल्फै ओरालोमा सडकबाट २० मिटर तल खसेको थियो ।चालक तथा सडक निर्माण गर्ने निकाय दुबैको लापरवाहीले दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ। सडक मर्मत गर्न सडकमा आरसीसी गर्ने कार्य एक तर्फ गरी अर्काे मात्र ओरालोमा रोडा भएकाले गाडी संचालन भइरहँदा ब्रेक नलागी विस्तारै पल्टीदा कम क्षती भएको अनुमान गरीएको छ।

प्रकाशित: १ वैशाख २०७३ १८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App