coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

गीताको ह्याट्रिक

काठमाडौं- गीता थापामगरले ह्याटि्रक गरेपछि बुधबार नेपालय पब्लिकले कोकाकोला अन्तरस्कुल गर्ल्स छनोट फुटबलमा विजयी सुरुआत गरेको छ। सानो गौचरन मैदानमा नेपालयले चन्ताल मौदित एकेडेमीलाई ४–० ले पराजित गर्‍यो। गीताले २४, ६७र ६८ औं मिनेटमा गोल गरिन्। सुनीता घिसिङले ३२औं मिनेटमा एक गोल थपिन्।

अर्को खेलमा सिद्धिमंगल हाइस्कुलले मोर्डन इन्डियन स्कुललाई टाइब्रेकरमा ३–१ ले हरायो। निर्धारित समय १–१ को बराबरीभएको थियो। मोर्डनकी साम्राज्ञी थापाले २१औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाइन्। सिद्धिकी अनु महर्जनले ३८औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याइन्।

कल्पसा मगरले ह्याटि्रक गरेपछि ओराकल राय एकेडेमीले भ्याली पब्लिकलाई ५–१ ले हरायो। कल्पसाले एक मिनेटमै गोल गरेर टोलीलाई अग्रता दिलाइन्। उनले सातौं र नवौं मिनेटमा गोल गरेपछि ओराकल सहज जिततर्फ अगाडि बढ्यो। ओराकलका गंगा खत्रीले ५३ औं र आस्था खनालले ५६औं मिनेटमा गोल गरे। भ्यालीकी लक्ष्मी चौधरीले ३३औं मिनेटमा एक गोल फर्काइन्।

सेन्ट जेभियर्सले एप्पललाई ६–० ले हराउँदा जेभियर्सकी साम्ब्रिका क्षेत्रीले चार गोल गरिन। त्यसमा कृपा पाण्डे र विपना स्याङ्तानले १–१ गोल थपेका थिए।

प्रकाशित: ९ असार २०७३ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App