coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

नेपाल प्रहरीकाे रियालिटी गेम शो ‘पहुँच’ प्रसारण हुँदै

काठमाडौं – नेपाल प्रहरी र नागरिकको पहिलो रियालिटी गेम शो ‘पहुँच’ प्रसारण हुने भएको छ। सर्च फर कमन ग्राउण्डले तयार गरिरहेको १३ भागको ‘पहुँच’ रियालिटी शो साउनबाट टेलिभिजनमा प्रसारण हुँदैछ।

रियालिटी शोमा सहभागीहरुले सुरक्षासँग सम्बन्धित विभिन्न बौद्धिक कार्यका मानव हत्या, चोरी डकैती, मानव बेचबिखन तथा तस्करी र सडक सुरक्षालगायत चरणहरु पार गर्नुपर्नेछ। सुरक्षा तथा न्याय क्षेत्रप्रति आमनागरिकलाई जागरण गराउने उदेश्यले रियालिटी शो निर्माण गरिएको हो।

‘प्रहरीले कामका दौरान भोग्ने कठिनाइ तथा दैनिक सामना गर्नुपर्ने चुनौतीहरुबारे नागरिकमा सचेतना जगाउने उद्देश्यसमेत यस रियालिटी शो निर्माण गरेका हौं,’सर्च फर कमन ग्राउण्डका युवाकरराज राजकर्णिकारले भने।

रियालिटी गेम शोलाई निर्देशक छिरिङरितार शेर्पाले निर्देशन गर्दैछन्। यो कार्यक्रममा विभिन्न सामाजिक र राजनीतिक सोच बोकेका मेकअप आर्टिस्ट सोफी श्रेष्ठ, राष्ट्रिय बास्केटबल खेलाडी माया स्याङ्तेन र पूर्व माओवादी लडाकु ज्ञानबहादुर लामालगायत आठ सहभागीहरु छन्। त्यस्तै निश्चल बस्नेत, खगेन्द्र लामिछाने र गौरी मल्ल सहभागीहरुलाई प्रोत्साहन गर्दै रियालिटी शोमा देखिनेछन्।

‘‘पहुँच’रियालिटी शोले नागरिक र प्रहरीबीच एउटा पुलको काम गर्ने छ। नेपाली टेलिभिजनमा यस्तो कार्यक्रम आएको पहिलो पटक हो।’

कार्यक्रमकी प्रस्तोताका रुपमा अभिनेत्री ऋचा शर्मा अनुबन्धित भएकी छिन्। यो रियालिटी शोका विजेताले दुई लाख र अन्य पुरस्कारहरु जित्नेछन्।

प्रकाशित: ८ असार २०७३ ०९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App