८ वैशाख २०८१ शनिबार
खेल

पोर्चुगल र स्विडेनलाई जित्नै पर्ने दबाब

पेरिस— पोर्चुगल र स्विडेनलाई युरोकप २०१६ को नकआउट चरणमा प्रवेश पाउने सम्भावना जिवित राख्न आज राति हुने आफ्नो समूहको अन्तिम खेल जित्नै पर्नै दबाब रहेको छ।

बुधबार राति लियोनमा हुने खेलमा पोर्चुगलले समूह एफअन्तर्गतको अन्तिम खेलमा हंगेरीको सामना गर्दैछ। समूहको पहिलो दुई खेलमा बराबरी गर्दै २ अंक मात्र जोडेको पोर्चुगलले  नकआउट चरणमा प्रवेश पाउने सम्भावना जिवित राख्न पनि बुधबारको खेल जित्नै पर्ने हुन्छ। उता हंगेरी भने दुई खेलबाट ४ अकं जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ। बुधबार रातीको खेलमा जित या बराबरले उसलाई समूह विजेताका रुपमा नकआउट चरणमा पु¥याउने छ,  भने  पोर्चुगल  प्रतियोगिताबाट बाहिरने छ। जारी प्रतियोगितामा उसका स्टार क्रिस्टियानो रोनाल्डोले उल्लेख्य प्रर्दशन गर्न सकेका छैनन्। उनी आइसल्याणसँगको खेलका क्रममा पेनाल्टीमा गोल गर्न चुकेका थिए।

त्यस्तै समूह  एफको सेन्ट डेनिसमा हुने अर्को खेलमा आइसल्याण्ड र अस्ट्रिया भिड्दैछन्। दुई खेलमा सुरुवाती अग्रता लिनुका बाबजुद आत्मघाती गोलका कारण दुई बटामै बराबरीमा रोकिएको आइसल्याण्ड पनि खेल जित्दै अर्को चरणमा प्रवेश गर्न चहान्छ। त्यस्तै दुई खेलमा एक अंक मात्र जोडेको अस्ट्रिया पनि जित निकाल्दै अर्को चरणको सम्भावना कायम राख्न चहान्छ।

उता समुह ईअन्तर्गतको खेलमा इटालीले आयरल्याण्डको सामाना गर्दैछ। ६ अकंका साथ समूहको शीर्ष स्थानमा रहेको इटाली यसअघि नै नकआउट चरणम प्रवेश गिरिसकेकाले उच्च मानोबलका साथ मैदानमा उत्रँदा आयरल्याण्ड भने प्रतियोगीतामा सान्त्वना जित हात पार्न चहान्छ।

पराजित बेल्जियम ३ अंकसहित समूहको दोस्रो स्थानमा रहेको छ र बराबरीले पनि उसका लागि अर्को चरणमा प्रवेश पाउन पर्याप्त हुन्छ। त्यसको विपरीत स्विडेनलाई भने अर्को चरण पुग्नका निम्ति जितको विकल्प छैन। उसको दुई खेलबाट  २ अकं छ र समुहको तेस्रो स्थामा रहेको छ। जारी प्रतियोगितामा उसका स्टार जाल्टन इमराहिमोबिचले उल्लेख्य प्रर्दशन गर्न सकेका छैनन्।

 

प्रकाशित: ८ असार २०७३ ०८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App