coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बिरभद्रजंगका सेना सामाजिक कार्यमा

गुल्मी – गुल्मीमा नेपाली सेना सामाजिक कार्यमा सक्रिय देखिएको छ। सधै सुरक्षामा खटिने नेपाली सेना पछिल्लो समय जिल्लाका विभिन्न सामाजिक कार्यमा सक्रिय हुदै आएको हो।

सेनाले जिल्लाको रेसुङ्गा नगरपालिका–४ को सेउघा निम्न माध्यमिक विद्यायल गुल्मीमा अपाङ्गमैत्री शौचालय निमार्ण गर्नेदेखि रेसुङ्गा नगरपालिका– २ धागिथुम भगवती मन्दिर परिसरमा ५ वटा मन्दिर निर्माण गर्ने सम्मका काम गरेको छ।

 सेउघा निम्न माध्यमिक विद्यालयमा नेपाली सेनाले निमार्ण गरि सम्पन्न गरेको अपाङ्गमैत्री शौचालय बिद्यालयलाई हस्तान्तरण गर्ने तयारी समेत गरेको छ। सेनाले उक्त बिद्यालयमा चार कोठे पक्की शौचालय निमार्ण गरको हो।

बिद्यालयमा शौचालय कसरी सम्पन्न गर्ने भन्ने चिन्तामा रहेको रहेको वेला नेपाली सेनाले शौचालय निर्माण गरेर ठुलो सहयोग पुर्याएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिलाल पन्थीले बताए। गुल्मको टोलीले करिव १ महिना लगाए ४ शौचालय निमार्ण गरिदिएको हो। गुल्मपति जनमत कार्कीले दैनिक ११ जनाको दरले सेनाको टोली खटेर शौचालय निर्माण सम्पन्न गरेको बताए।

यता केही समय अगाडि पनि सेनाले धागिथुम भगवती ब्यवस्थापन समितीको अनुरोधमा मन्दीरहरु निर्माण गरेको मन्दीर व्याबस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले बताए। नयाँ मन्दिर निर्माणका लागि पाँच जना व्यक्तिबाट ६५ हजार सहयोग जुटेको र बाँकी सवै काम सेनाले श्रमदान गरेर निर्माण गरेको थापाले बताए। सेनाले निर्माण गरेका मन्दीरहरु झण्डै १४ लाख लागत बराबरको रहेको उनले बताए।

प्रकाशित: १० चैत्र २०७४ ०७:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App